१. वि.सं. १९६१ मा चन्द्र शमशेर ज.ब.राको शासनकाल देखि वैसाख १ गतेलाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात गरिएको हो। वि.सं. १९५९ देखि चन्द्र शमशेरले विक्रम संवत्लाई नेपालको आधिकारिक पात्रोको रूपमा चलाउन थालेका थिए।
२. वि.सं. १९८१ बैसाख १ चन्द्र शमशेर ज.ब.राले नेपालमा दास प्रथाको औपचारिक उन्मुलन गरेका थिए। चन्द्र शमशेरले १९८१ मंसिर १४ मा घोषणा गरी १९८१ वैशाख १ गते (सन् १९२४) देखि पूर्ण रूपमा दास प्रथा अन्त्य गराएका थिए।
३. वि.सं. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थियो। वि.सं. २००५ बैशाख १ गते मोहन शमशेर ज.ब.रा नेपालका अन्तिम राणा प्रधानमन्त्री भएका थिए।
४. वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो। वि.सं. २०१८ मा १४ अञ्चल ७५ जिल्ला बनाइनु अघि राजा राजेन्द्र वीर विक्रम शाह र भीमसेन थापाको पालामा १० जिल्ला र वीर शमशेरको पालामा नेपाल ३५ जिल्ला (तल्लो भेग/तराईका २० र पहाडका १५) मा विभाजित थियो, जसलाई पछि राजा महेन्द्रले पुनर्संरचना गरेका हुन्।
नोटः (वीर शम्शेरको पालामा ३२ जिल्ला र धनकुटा, पाल्पा र डोटी, ३ गौँडामा विभाजित थियो।)
५. वि.सं. २०१९ बैसाख १ गतेको दिन पूर्व पश्चिम महेन्द्र राजमार्गको शिलान्यास नवलपरासीको गैँडाकोट मा राजा महेन्द्रद्वारा गरिएको थियो।
६. वि.सं. २०३० बैसाख १ गतेको दिन सल्यान र जाजरकोट छुट्टाछुट्टै दुई जिल्लामा विभाजित भएका थिए।
७. वि.सं. २०३४ बैसाख १ गते नेपाललाई विफरमुक्त देश घोषणा गरिएको थियो।वि.सं. २०३४ बैसाख १ गतेदेखि नेपालमा व्यक्तिगत घटना दर्ताको थालनी भएको थियो।
८. गौरीशंकर हिमाललाई आधार मानेर वि.सं. २०४२ बैसाख १ देखि नेपालको प्रमाणिक समयको निर्धारण भएको थियो।
९. प्रधामन्त्री मरिचमान सिंह श्रेष्ठले वि.सं. २०४५ बैसाख १ गतेदेखि १२ बजे तोप पडकाउने चलनको अन्त्य गराएका थिए।
१०. वि.सं. २०५१ बैसाख १ देखि काठमाण्डौ उपत्यकामा सवारी प्रदुषण जाँच सुरु भएको हो।
११. वि.सं. २०५६ बैसाख १ देखि काठमाडौं उपत्यकामा वातावरणमैत्री 'सफा टेम्पो' (विद्युतीय सवारी) सञ्चालनमा आएको थियो।
१२. वि.सं. २०६१ वैशाख १ (अप्रिल १३, २००४) देखि नै नेपालमा मोबाइल फोनका लागि ९८ बाट सुरु हुने एघार अङ्कको नम्बर प्रणाली आधिकारिक रूपमा लागू गरिएको हो।त्यसअघि मोबाइल नम्बरहरू थोरै अङ्कका हुने गर्थे। बढ्दो प्रयोगकर्ताको सङ्ख्या र भविष्यको मागलाई मध्यनजर गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले यो प्रणाली ल्याएको थियो। अहिले हामीले प्रयोग गर्ने एनसेल, नमस्ते लगायतका सबै मोबाइल सेवाप्रदायकको नम्बर यही प्रणालीमा आधारित छन्।
१३. वि.सं. २०६८ बैशाख १ देखी नेपालमा पहिलो पटक मेसिन रिडेबल पासपोर्ट (MRP) को वितरण सुरु गरिएको थियो।
१४. वि.सं. २०७८ बैसाख १ देखी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा 'मेरो कित्ता' प्रणालीको सुरुवात गरी जग्गाधनी पुर्जा अनलाइनबाटै हेर्न र प्रिन्ट गर्न मिल्ने व्यवस्थाको थालनी भएको थियो।
१५. सिराहाको लहान नगरपालिकामा रहेको यो फूलबारीमा वैशाख १ गते मात्र 'हारम'को रूखमा सुनाखरी फुल्ने गर्दछ, जसलाई वैशाख १ को मुख्य आकर्षण मानिन्छ। सिरहाको लहानस्थित सलहेश फूलबारीमा रहेको सलहेश फूल (सुनाखरी)को फूल हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने र साँझसम्ममा ओइलाउने गर्दछ। यसलाई सलहेश र मालिनीको प्रेम कथासँग जोडेर हेरिन्छ।
१६. नेपालले हरेक वर्ष नयाँ वर्षको पहिलो हप्तालाई वन्यजन्तु संरक्षणप्रति जागरूकता फैलाउन 'राष्ट्रिय वन्यजन्तु सप्ताह'को रूपमा मनाउँदै आएको छ।
१७. घरजग्गा लिखत रजिस्ट्रेसन दिवस: नेपालमा हरेक वर्ष वैशाख १ गते घरजग्गा लिखत रजिस्ट्रेसन दिवस मनाइन्छ।
१८. व्यक्तिगत घटना दर्ता सप्ताह: वैशाख १ देखि ७ गतेसम्म देशभर व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ) सप्ताह मनाइन्छ।
१९. राष्ट्रिय वन्यजन्तु सप्ताह: वैशाख १ देखि ७ गतेसम्म वन्यजन्तु संरक्षणबारे चेतना फैलाउन राष्ट्रिय वन्यजन्तु सप्ताह मनाइन्छ।