नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ।
राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि *फागुन १२ गतेको दिन मनाउन थालिएको हो । २०६२/०६३ को आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भयो । देशमा लोकतन्त्र आयो । त्यसपछि राजाले शुरुवात गरेका धेरै कार्यक्रमहरु मनाउन छोडियो । त्यही कारण माघ १२ मा मनाउँदै आएको राष्ट्रिय शिक्षा दिवस पनि मनाउन हुँदैन, नयाँ मिति तय गर्नुपर्छ भन्ने आवाज उठ्यो । त्यसैले २०६३ सालमा राष्ट्रिय शिक्षा दिवस मनाइएन ।२०६४ सालदेखि नयाँ मिति अन्तर्गत अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मा मनाउने निर्णय भयो । २०७६ सालसम्म सेप्टेम्बर ८ मै दिवस मनाइयो । गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपाली होइन, हामीले फरक मिति तय गर्नुपर्छ भनेर स्थगित गरे । तर नयाँ मिति तय गरेनन् । त्यसपछि २०७७ र २०७८ सालमा दिवस मनाइएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेका थिए । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस विसं २०३१ साल देखि २०६२ साल सम्म फागुन १२ गते मनाइदै आएकोमा गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा हाल संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको छ ।