Logo

विश्व अल्जाइमर्स दिवस/विश्व शान्ति दिवस (World Alzheimer's Day/World Peace Day )

विश्व अल्जाइमर्स दिवस/विश्व शान्ति दिवस (World Alzheimer's Day/World Peace Day )
2026-09-21 96 0

विश्व अल्जाइमर्स दिवस/विश्व शान्ति दिवस (World Alzheimer's Day/World Peace Day )

विश्व अल्जाइमर दिवस यस रोग प्रति जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमर विरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ ।

अल्जाइमर कस्तो रोग हो ?

एउटा अनौठो रोगका बारेमा आज चर्चा गर्न चाह्यौँ आज विश्व अल्जाइमर दिवसको प्रसङ्गमा । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवात कालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा अल्जाइमरका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।

यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ । एकफेर अल्जाइमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रूपमा दीर्घकालीन फर्काई असम्भव प्राय हुन्छ, अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमर वाट हामी जोगिन सक्छौँ । बुढेसकालमा मात्र अल्जाइमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौँ भनेँ त्यो पूर्णतः सत्य नहुन सक्दछ

विश्व शान्ति दिवस

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।