महानवमी व्रत/राष्ट्रिय चलचित्र दिवस/अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ( Maha Nawami Vrata/National Film Day/International Day of Older Persons )
ॐ ह्रीं चामुण्डायै विच्चे नमोः
नमःनवरात्रिको नवौँ दिनआज नवरात्रिको नवौँ दिन ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धि धात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्ति स्वरूप सिद्धि धात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता छ ।सिद्धि धात्रीदेवी पुराणमा उल्लेख भएअनुसार यिनै देवीको असीम कृपाका कारण शिवजी स्वयंले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा विराजमान यी देवीको प्रिय वस्तु कमलको फूल हो । यिनको साधना गर्नाले यस लोक र परलोक दुवैमा मोक्ष प्राप्त गर्ने विश्वास छ ।शक्ति स्वरूप सिद्धि धात्री प्रसन्न भएर वरदान दिएमा साधक–साधिकाको कुनै पनि इच्छा बाँकी नहुने गरी सम्पूर्ण इच्छा पूरा गरिदिने भनी मार्कण्डेय पुराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, इशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको व्याख्या गरिएको छ ।आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनका रूपमा पनि लिइन्छ र इन्जिनहरू, गाडी, कारखाना आदिमा बलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो । शक्तिस्वरूपा देवीहरूले असुरहरूलाई खोजी–खोजी संहार गरेपछि बाँचेका असुरहरू जनावरका रूपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरूलाई बलि चढाइने किंवदन्ती छ ।नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यालय लगायतका ठाउँमा आज कलपूर्जा, हतियार र गाडीहरूको विशेष पूजासहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । बलि दिन आज उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्त काली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराही लगायतका शक्ति पीठहरूमा धेरै घुइँचो हुन्छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने चलन छ । वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।
राष्ट्रिय चलचित्र दिवस
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
१४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्यो।
नेपालमा ज्येष्ठ नागरिक
संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत (करिब २५ लाख) रहेको थियो र यो अनुपात बढ्दो छ ।