पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसको अर्थ: ॐ द्रोण पुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात शत्रुता हरणको क्षमता होस्, राजा नहुनको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् ।।सूर्य पुत्र झैँ दानी होस्, भीमको जस्तो बल होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
ॐ जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्छिन् । जो हरेक अन्धकारको निदान गर्न सक्छिन् । समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्छिन् । यो जगत को रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।
आज हामी अहिंसाको धारणालाई अगाडि बढाउन मद्दत गर्ने व्यक्तिको जन्मदिन मनाउँछौँ , जुन व्यक्तिले गत शताब्दीमा शान्ति र सद्भावका विषयमा ठुलो प्रभाव पारेको भन्ने बताइन्छ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।अक्टोबर २, अर्थात् विश्व अहिंसा दिवस, विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।
गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि को एउटा कृति अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।