पृष्ठभूमि
विश्व मुस्कान दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार मनाइन्छ।वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !