Logo

विश्व पशु दिवस (World Animal Day )

विश्व पशु दिवस (World Animal Day )
2026-10-04 106 0

विश्व पशु दिवसको पृष्ठभूमि

सन् १९२५ अर्थात्त लगभग ९४ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएक हुन् । सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ । हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।