नजरमा झुकेको दिललाइ गुलाब चढाउछु
आए सररर सपनाहरु म सगरमाथा चढाउछु
झरेका केशराशी कानमा लजाउदै सिउरिदा
यो आखाको चौतारी म विश्राम चढाउछु
लजाउदै फुस्किन खोज्छ त्यो ज्यानै लिने मुस्कान
त्यो ओठमा ओठको कोमल स्पर्श चढाउछु
फर्केर हेर्दा नजर जुधाइयो फेरि २
मायाको भेटी म नम्बर चढाउछु
बिदाइले हल्लिए यी हातहरु भुइचालो झै
नारी को शक्ति म जीवन चढाउछु
नजरमा झुकेको दिललाइ गुलाब चढाउछु
नारीको शक्ति म उनमा जीवन चढाउछु
हरि मोहन थापा
Leave Your Comment