यो वर्षा र झरी साथै, बादल छ आकाशमा ।
साँच्चै के छैन र ! कस्तो मालामाल छ आकाशमा ।। १।।
अमृत वर्षा भए मात्र, जीवन धन्य यो बन्दछ
बादलु भित्रको घैला, छ्यालब्याल छ आकाशमा ।।२।।
निस्कनु पर्छ लौ चाँडै, सारा भोक मेटाउन
सबको पेटको रित्तो, सवाल् छ आकाशमा ।।३।।
खेत खेत गराबाट, गुञ्जिदैछ मीठो धुन
डमरु र मृदङ्गको, सुरताल छ आकाशमा ।।४।।
जाँऔं हिंड खुसी खोज्न, किसानको मुहारमा
उल्लासमय भयो यस्तो, हालचाल छ आकाशमा ।।५।।
जनार्दन कट्टेल
Leave Your Comment