Logo

Blog Details

म्याग्नाकार्टा (Magnacarta Libertatum)

Self Study Team 2025-04-09 16:33:08 784 2
      बेलायतमा लामो समय देखि शक्तिका लागि राजा र धर्मगुरुहरु विच संघर्ष चलिआएको थियो । यस्तो संघर्षमा बेलायतका शोषित जनताले धर्मगुरुहरुलाई साथ दिए । अन्ततः ततकालिन बेलायती राजा जोनले राज्य भन्दा पनि माथि मौलिक अधिकार छ जुन अनतिक्रम्य छ र यसलाई स्वयं राज्य तथा राजाले पनि अतिक्रमण गर्न सक्दैनन् भन्ने मूल सिद्धान्तलाई आत्मासाथ गर्न पुगे र बेलायती जनतालाई सार्वभौमसत्ता सुम्पन पुगे । यसै घटनालाई विश्वको ईतिहासमा Magna -Carta (महाअधिकारपत्र) भनिन्छ ।
म्याग्नाकार्टामा भएका प्रमुख विशेषताहरुः
#       ब्यक्तिलाई स्वतन्त्रताको अधिकार दिने विश्वकै प्रथम दस्ताबेज,
#       सार्वभौमसत्ता जनतामा निहित,
#       ऐन बनाउने र पारित गर्ने अधिकार संसदलाई हुने,
#       संवेधानिक राजतन्त्रको स्थापना,
#       संसदको स्वीकृति विना कुनैपनि प्रकारका करहरु लगाउन नपाइने,
#       राजाले नियमित रुपमा संसदको बैठक बोलाउनु पर्ने,
#       जनतालाई स्वतन्त्रता, सम्पत्ती जस्ता मौलिक अधिकारको प्राप्ती,
#       राजकीय सेनाको आर्थिक प्रवन्ध संसदको स्वीकृतिले मात्र हुने,
#       कानुन बमोजिक बाहेक कुनै पनि ब्क्तिलाई थुनामा राख्न र देश निकाला गर्न नपाइने,
#       विना ढिलाई र निश्पक्ष रुपमा न्याय प्रदान गरिने,
#       कनुन बमोजिम बाहेक कसैलाई पनि सजाय नगरिने आदि ।
#       राजा जोन भन्दा पूर्व बेलायतको गद्दि कसले सम्हालेका थिए ? – राजा रिचार्ड
#       म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ? – राजा जोन
#       राजा जोनले म्याग्नाकार्टामा कहिले हस्ताक्षर गरेका थिए ? – सन् १२१५ जुन १५
#       म्याग्नाकार्टामा कुन ठाउंमा हस्ताक्षर भएको थियो ? – रेनिमेड नामक गाउँ
#       म्याग्नाकार्टाको प्रमुख विशेषता के हो ? – विश्वमै मानव अधिकारका सम्वन्धमा भएको प्रमुख दस्तावेज
#       ब्यारोन धर्मगुरुहरुले राजा जोनलाई सत्ताच्युत गरी कसलाई गद्दिमा बसाले ? – फ्रान्सका राजकुमार लुईस
#       राजा जोनको मृत्यु कहिले भएको थियो ? – सन् १२१६ मा
#       ब्यारोन धर्मगुरुहरुले राजा लुइसलाई सत्ताच्यूत गरी कसलाई गद्दिमा बसाले ? – हेनरी तृतिय (Henry lll)
#       Magna -Carta लाई कहिले संशोधन गरियो ? – सन् १२२५ मा
#       संशोधित Magna -Carta मा हस्ताक्षर गर्ने राजा को थिए ? – Henry lll
#       Magna -Carta मा कतिवटा धाराहरु रहेका थिए ? – ६३ वटा
#       हालसम्म पनि Magna -Carta का कतिवटा मूल प्रति संग्रहित छन् ? – ४ (चार)
#       म्याग्नाकार्टा बेलायती नागरिकहरुको नागरिक अधिकारको प्रत्याभूति गर्ने पहिलो महत्वपूर्ण दस्तावेज हो ।
#       Magnacarta Libertatum को शाब्दिक अर्थ के हुन्छ ? –स्वतन्त्रताको महाअधिकारपत्र
#       धार्मिक मामलामा हस्तक्षेप गर्ने र स्वेच्छाचारितापूर्वक कर उठाउने राजकीय सत्ता विरुद्ध पोपको तत्वावधानमा बेलायती जनताले गरेको विद्र्रोहको परिणामस्वरुप जारी हुन पुगेको दस्तावेज कून थियो ?                                                                             –म्याग्नाकार्टा
#       पश्चिमाहरुले कुन दस्तावेजलाई मानवअधिकारको विकासको प्रारम्भिक बिन्दूको रुपमा लिएको पाइन्छ ? –म्याग्नाकार्टा
#       गौरवमय क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?                      –रक्तहीन क्रान्ति
#       म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ? –बेलायती नागरिकहरुको स्वतन्त्रताको प्रथम बडापत्र
#       म्याग्नाकार्टा कहिले जारी भएको हो ?                                     –सन् १२१५ मा
#       म्याग्नाकार्टालाई कस्तो दस्तावेज मानिन्छ ? –मानवअधिकार विकासको प्राचीन दस्तावेज
#       म्याग्नाकार्टालाई कुन सभ्यताको प्रभावको रुपमा लिइन्छ ?            –ग्रिक सभ्यता
#       म्याग्नाकार्टा कुन भाषामा लेखिएको थियो ?                                     –ल्याटिन
#       म्याग्नाकार्टा कुन भाषाबाट लिइएको शब्द हो ?                                –ल्याटिन
#       म्याग्नाकार्टाको मस्यौदा कसले तयार पारेका थिए ?             –व्यारोन पादरीहरुले
#       म्याग्नाकार्टामा कुन राजाले हस्ताक्षेर गरेका हुन् ?                         –जोन द्वितीय
#       राजा जोन द्वितीयभन्दा पहिले बेलायतको गद्दीमा को बसेको थियो ?          –रिचर्ड
#       म्याग्नाकार्टामा राजा जोन द्वितीयले कहिले हस्ताक्षेर गरेका थिए ?   –१५ जुन १२१५
#       म्याग्नाकार्टामा हस्ताक्षेर भएको स्थान ?   –लण्डनदेखि १९ माइल दक्षिणपश्चिम रन्नीमेड -Runnymede) भन्ने गाँउमा, Thames River को किनारमा,
#       म्याग्नाकार्टामा हस्ताक्षेर गरे तापनि राजाले यसका प्रावधान नमान्दा बेलायतका व्यारोन्सले राजालाई हटाई कसलाई राजा बनाएका थिए ? –फ्रान्सका राजकुमार लुइस आठौंलाई
#       लुइस आठौं पछि बेलायतमा को राजा भए ?                              –हेनरी तृतीय
#       म्याग्नाकार्टालाई कुन राजाले संशोधन र पूर्णता प्रदान गरेका थिए ?    –हेनरी तृतीय
#       म्याग्नाकार्टामा पहिलो संशोधन कहिले भएको थियो ?– 12 November 1216 (Henry III)
#       म्याग्नाकार्टामा दोस्रो संशोधन कहिले भएको थियो ?– February 1217 (Henry III)
#       हेनरी तृतीय (-Henry III)ले म्याग्नाकार्टामा कहिले तेस्रो संशोधन गरी पूर्णता दिएका थिए ?– 1225
#       राजा एडवर्ड प्रथमले म्याग्नाकार्टामा कहिले चौथो संशोधन गरे ?             –1297
#       म्याग्नाकार्टालाई बेलायतको संवैधानिक इतिहासमा स्वतन्त्रताको कति औं वडापत्र मानिन्छ ? –प्रथम
#       म्याग्नाकार्टा,बिल अफ राइट्स र पेटिसन अफ राइट्स बेलायती संविधानका बाइबल हुन् योभनाई कसको ? –पिट द एल्डर
#       हेनरी द्वितीयको समयमा बेलायतका पोप को थिए ?                  –इन्नोसेन्ट तृतीय
#       जोन द्वितीयको जन्म कहिले भएको थियो ?                        –२४ डिसेम्बर११६६
#       जोन द्वितीय कहिले राजा भएका थिए ?                                –६ अप्रिल ११९९
#       जोन द्वितीय को मृत्यु कहिले भएको थियो ?                       –१८ अक्टोवर १२१६
#       राजा जोन द्वितीयलाई के नाम समेतले चिनिन्छ ?                   –जोन लेकल्याण्ड
#       जोन द्वितीयका बाबुको नाम के थियो ?                                    –हेनरी द्वितीय
#       जनप्रतिनिधीको स्वीकृतिविना कर लगाउननपाइने भन्ने अवधारणाको विकास कुन दस्तावेजबाट आएको हो ? –म्याग्नाकार्टा
#       म्याग्नाकार्टा दस्तावेज ककसको संघर्षको प्रतिफल हो ?            –राजा र पादरी
#       बेलायतमा राजा र जनताबीच संघर्ष हुनु पूर्व ककसबीच संघर्ष भएको थियो ? –राजा र धर्मगुरुहरुबीच
#       म्याग्नाकार्टा जारी हुने आधारशीलाका रुपमा कुन घटनालाई मानिन्छ ?–सत्ताको लागि राजा र धर्मगुरुहरुबीच भएको संघर्ष
#       प्राकृतिक अधिकारलाई विभिन्न तरिकाबाट व्याख्या गर्ने क्रममा युरोपमा इशाई धर्मको प्रभूत्व रहेको समयमा प्राकृतिक कानूनलाई मुख्य रुपले कुन कानूनको रुपमा व्याख्या गरिएको थियो ?–ईश्वरीय कानून
#       राजा र धर्मगुरुहरु बीचको संघर्षमा बेलायती जनताले कसलाई साथ दिएका थिए ?–धर्मगुरुहरुलाई
#       बेलायतमा कून राजाको शासनकालमा राजाको शक्ति बढाउने क्रममा अत्यधिक कर लागू गरेपछि पोपको साथै शोषित जनतापनि राजा विरुद्ध एकत्रित हुन थाले ? –राजा रिचर्ड
#       म्याग्नाकार्टामा हस्ताक्षेर गर्न राजा जोनलाई बाध्य पार्ने व्यक्ति को थिए ? –अंग्रेजी व्यारोन्स
#       हालसम्म सुरक्षित रहेका म्याग्नाकार्टाका ४ वटा मूल प्रतिहरुमध्ये दुई वटा लण्डनस्थित ब्रिटिश लाइब्रेरीमा रहेका छन् भने अन्य दुई प्रति कहाँ रहेका छन् ? –एउटा Salisbury Cathedral र अर्को Lincoln Cathedral मा
#       म्याग्नाकार्टाको मस्यौदा कसले तयार पारेका थिए ?             –व्यारोन पादरीहरुले
#       म्याग्नाकार्टामा अनुसूची बाहेक कतिवटा धाराहरु रहेका छन् ?                   –६३
#       म्याग्नाकार्टाको धारा १ मा के कुरा उल्लेख छ ?                     –चर्चको स्वयत्तता
#       प्रत्येक व्यक्तिलाई कानून अनुसार नै दण्ड दिइने कुरा म्याग्नाकार्टाको कुन धारामा छ ?  –३९
#       म्याग्नाकार्टाको कुन धारामा राजाका मन्त्री तथा कर्मचारीले कानून जान्नु र मान्नुपर्दछ भनी लेखिएको छ ?   –५४
#       म्याग्नाकार्टाको कुन चाँही धारामा हामी (राजा) ले न्यायको अधिकार बेच्ने छैनौं भनी लेखिएको छ ?–४०
#       म्याग्नाकार्टाको परिणामस्वरुप प्रचलनमा आएको पहिलो असाधारण क्षेत्राधिकार (रिट) कुन हो ?                   –बन्दीप्रत्यक्षीकरण
#       बेलायतमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी कानून कहिले बन्यो ?           – सन् १६७९
#       बन्दी प्रत्यक्षीकरण म्याग्नाकार्टाको कुन बुँदासँग सम्बन्धित छ ?              – ३९ औं
#       List of Participants in Magna carta, 1225 :
1.     Barons : 25
2.     bishops : 12
3.      abbots : 20
#       म्याग्नाकार्टाको मस्यौदा कहिले गरिएको थियो ?९सन् १२१३ मा Archbishop Langton ले लेखेका, ब्यारोन्सले प्रस्ताव गरेबमोजिम ) ।
#       म्याग्नाकार्टामा जोन द्वितीयले हस्ताक्षेर गर्दा उनको कतिऔं शासन वर्ष चलेको थियो ? –सत्रौं
#       गौरवमय क्रान्तिः
#       संसदको निर्वाचनमा राजाको हस्तक्षेप, दैवी अधिकारको सिद्धान्त विषयमा मतभेद, राजा जेम्स द्वितीयको अदूरदर्शिता तथा कठोर दमन नीतिविरुद्ध सन् १६८८ मा बेलायतमा भएको क्रान्तिलाई गौरवमय क्रान्ति भनिन्छ । जसको परिणामस्वरुप बेलायतमा संवैधानिक राजतन्त्रको स्थापना, संसदको सर्वोच्चता र वैदेशिक सम्बन्धमा परिवर्तन आयो ।
#       गौरवमय क्रान्ति के हो ? –विना रक्तपात बेलायतको राजगद्दीमा वंश परिवर्तन भएको घटना
#       बेलायतमा गौरवमय क्रान्ति कहिले भएको थियो ?                         –सन् १६८८
#       बेलायतको गौरवमय क्रान्ति केको विरुद्ध थियो ? –तत्कालीन शासकको निरंकुशता विरुद्ध
#       गौरवमय क्रान्तिको समयमा बेलायतमा राजा को थिए ?                 –जेम्स द्वितीय
#       James II कुन वंशका थिए ? –स्टुअर्ट
#       स्टुअर्ट वंशका सबै शासक कुन सिद्धान्तका आधारमा शासन चलाउदथे ? –दैवीसिद्धान्तको आधारमा
#       गौरवमय क्रान्ति कोको बीचको शक्ति संघर्षको परिणाम थियो ? –राजा र संसदबीचको
#       गौरवमय क्रान्तिमा पराजीत भई राजा James II भागेर कहाँ गए ?            –फ्रान्स
#       गौरवमय क्रान्तिपछि बेलायतीहरुले कसलाई राजा बनाए ? –हल्याण्डका विलियम अफ ओरेन्ज र मेरी
#       गौरवमय क्रान्तिको परिणामस्वरुप जारी भएको दस्तावेज कुन हो ? –बील अफ राइट्स् (अधिकारपत्र)
#       बील अफ राइट्स् (अधिकारपत्र) मा विलियम अफ ओरेन्ज र मेरीले कहिले हस्ताक्षेर गरे ?  –१६ डिसेम्वर १६८९

यस्तै अन्य अध्ययन सामग्रीका लागि यहाँ क्लिक गरी रजिष्टर गर्नु होस् । 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team