स्थानीय तह सम्बन्धी जानकारी
२०७३ फागुन २२ गते ⇨ नेपाल सरकारले ७४४ वटा स्थानीय तह कायम गर्ने निर्णय,
२०७३ फागुण २७ गते ⇨ ७४४ वटा स्थानीय तह रहने राजपत्रमा सूचना प्रकाशन,
२०७४ साउन ३१ गते ⇨ सरकारले २ नं. मधेस प्रदेशका ८ वटा जिल्लामा ९ वटा स्थानीय तह थप गरी ७५३ वटा
स्थानीय तह भएको घोषणा,
२०७४ जेठ १७ गते ⇨ मोरङको विराटनगर र पर्साको वीरगञ्जलाई महानगरपालिका बनाउने निर्णय,
२०७४ भाद्र ४ गते ⇨ सरकारले ७५३ वटा स्थानीय तह कायम भएको सूचना राजपत्रमा प्रकाशित, वर्तमान संविधानको भाग ५ को धारा ५६ अनुसार स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभालाई समावेश,
२०७४ भाद्र ५ गते ⇨ नेपालमा ७७ जिल्ला कायम भएको घोषणा तर हाल ७७ औं जिल्लाको रुपमा नवलपुरलाई
मानिएको छ ।
२०७४ भाद्र २५ गते ⇨ रामेछाप, धादिङ्ग गोरखा र पूर्वी रूकुमलाई हिमाली प्रदेशमा सार्ने
सरकारको निर्णय,
२०७४ असोज २५ गते ⇨ ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्रमा लगिएको जसमा ४९ गाउँपालिका र ८ वटा
नगरपालिका रहेका छन । सवै भन्दा बढी बझाङमा ६ वटा पिछडिएका स्थानीय तह रहेका छन ।
२०७४ असोज २९ गते ⇨ स्थानिय सरकार सञ्चालन ऐन २०७४ राष्ट्रपतिद्वारा प्रमाणिकरण
२०७५ फाल्गुण १९ गते ⇨ नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशन गरी म्याग्दी जिल्लालाई हिमाली प्रदेशमा सारेको थियो ।
Leave Your Comment