Logo

Blog Details

विश्वको इतिहास ( World History)

SS Team 2025-01-21 23:07:28 699 1

१. प्राचीनकालीन सभ्यताहरूको विकास कहाँ भएको पाइन्छ? नदीको किनारमा
२. विश्व इतिहासलाई कति भागमा विभाजन गरिएको पाइन्छ? ५ भागमा
३. विश्व इतिहासलाई विभाजित गरिएका भागहरु के-के हुन? प्राग ऐतिहासिक युग, प्राचीन ऐतिहासिक युग, मध्य युग, आधुनिक युग र समकालीन योग
४. प्राग ऐतिहासिक युगलाई अर्को के नामले चिनिन्छ? हिम युग
५. प्राग ऐतिहासिक युगलाई कति भागमा विभाजन गरिएको पाइन्छ र ती के के हुन्? २ भागमा; पूर्व पाषाण युग र नव पाषाण युग
६. मिश्रको सभ्यता कहिले सुरु भएको मानिन्छ? ई. पू ३४००
७. विश्वको सबैभन्दा पुरानो सभ्यता कुन सभ्यतालाई मानिन्छ? मिश्रको सभ्यतालाई
८. मिश्रको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो? नाइल नदी
९. रोमन सभ्यता कुन नदी किनारमा विकसित भएको थियो? टाइबर
१०. मेसोपोटामियाको सभ्यता कुन नदी किनारमा विकसित भएको थियो? टिग्रिस र युफ्रेटस
११. बर्षमा 365 दिन हुन्छन् भन्ने मान्यताका साथ क्यालेन्डर निकाल्ने प्रचलन सभ्यताबाट सुरुवात भएको हो? रोमन सभ्यता
१२. मेसोपोटामियाको सभ्यता मा पुरोहित र मन्दिरलाई के का रूपमा लिइन्थ्यो? ज्ञानको केन्द्र
१३. सिन्धु घाँटीको सभ्यता कुन नदीको किनारमा विकसित थियो? सिन्ध र राभि
१४. सिन्धु घाँटीको सभ्यता विकसित भएको ठाउँ हाल कहाँ पर्दछ? पाकिस्तानको हडप्पा र मोहेन्जोदारो
१५. कुन सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको थियो? सिन्धुघाँटी
१६. प्रस्तर कलाको शुरुवात कहाँबाट भएको हो? मिश्र
१७. ग्रीसको प्राचीन सभ्यतालाई अर्को के नामले चिनिन्छ? यूनानी सभ्यता
१८. सर्वप्रथम नाटक लेख्ने र रंगमंचन गर्ने कार्यको थालनि कहाँबाट भएको हो? युनान
१९. दायाँबाट बायाँ लेख्ने लिपि विकास कुन सभ्यतामा भएको हो? मेसोपोटामिया
२०. भारतीय महाद्वीपमा विकसित भएको वैदिक सभ्यतालाई के भनिन्छ? आर्य सभ्यता
२१. युरोपमा प्राचीन युगको अन्त्य कहिले भएको मानिन्छ? सन् ४७६
२२. आजभन्दा 10,000 वर्षदेखि 6,000 बर्ष पूर्वको समयलाई कुन युग मानिन्छ? नव पाषाण युग
२३. ऐतिहासिक प्रमाण प्राप्त हुन नसकेको मानव इतिहासको प्रारम्भिक चरणलाई के भनिन्छ? प्राग ऐतिहासिक युग
२४. ईशापूर्व तेस्रो शताब्दीदेखि इशाको पाँचौ शताब्दी संयोग लाई के भनिन्छ? प्राचिन ऐतिहासिक युग
२५. ढुङ्गाको औजार बनाउन थालेदेखि आजभन्दा 11,000 वर्ष पूर्वको समयलाई कुन युग मानिन्छ? पूर्व पाषाण
२६. सिन्धुघाँटीको सभ्यताको बारेमा खोज गर्ने पहिलो इतिहासविद् को हुन्? Lord Alexander Cunningham
२७. विश्व इतिहासमा रोमन साम्राज्यको पतन  सन् 476 देखि फ्रान्सको राज्यक्रान्ति सन् 1789 सम्मको अवधिलाई के नाम दिइएको छ? मध्यकाल
२८. मध्य युगमा इसाई र इस्लाम धर्मावलम्बीहरुको बिच भएको धर्मयुद्ध लाई कुन नामले चिनिन्छ? क्रुसेड
२९. चिनियाँ सभ्यताको विकास कहिले भएको मानिन्छ? ई. पू 2852
३०. मानव सभ्यता सम्बन्धी इतिहासमा सबैभन्दा बढी विकसित र महत्वपूर्ण सभ्यता कुनलाई मानिन्छ? ग्रीसको प्राचीन सभ्यता
३१. सबैभन्दा पहिले सिमेन्टको प्रयोग कुन सभ्यतामा भएको थियो? रोमको सभ्यता
३२. मध्य युगको धर्म सुधार आन्दोलनका प्रमुख प्रवर्तक  को थिए? Martin luther
३३. डेटोटिक लिपि विकास कुन सभ्यता मा भएको थियो? मिश्रको सभ्यता
३४. पत्थरका मुद्राको विकास कुन सभ्यता मा भएको थियो? मेसोपोटामियाको सभ्यता
३५. इस्लाम धर्मको उदयलाई कुन युगको देन मानिन्छ? मध्य युगको
३६. सुमेरियन सभ्यतामा प्रमुख देवताको रुपमा केलाई लिइन्थ्यो? सूर्य र चन्द्रमा
३७. एमोराइटहरुले विकास गरेको सभ्यतालाई के भनिन्छ? बेबिलोनियन सभ्यता
३८. मध्य युगलाई अर्को के नामले चिनिन्छ? सामन्ती युग
३९. नगर योजना विकासको सुरुवात कुन सभ्यताको विशेषता मानिन्छ? सिन्धुघाटीको सभ्यता
४०. यूनानी सभ्यतामा राजालाई के भनिन्थ्यो? पोलिस
४१. पुर्नजागरण कालमा पत्ता लागेका देशहरूको कुन कुन हुन्? अमेरिका, जर्मनी र फिलिपिन्स
४२. सुर्य एवं ग्रहहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने विचारको खण्डन गरेबापत जिउँदै जलाइएका वैज्ञानिक को हुन्? गिआर्डिनो ब्रुनो
४३. चीनको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो? यागासी ह्वाङ्गहो र सिकियाङ नदिको किनारमा
४४. कुन क्रान्तिपश्चात् मध्य युगको अन्त्य भएको मानिन्छ? फ्रान्सको राज्य क्रान्ति
४५. २८२ धारा भएको हम्वुरावीको कानुन संहितालाई कुन सभ्यताको महत्वपूर्ण उपलब्धि मानिन्छ? मेसोपोटामियाको सभ्यता
४६. सुमेरियनहरुको कानून संग्रह कुन देवताका नाममा गरिएको थियो? जियस
४७. मध्यकालमा देशको सम्पूर्ण जमिनको मालिक को हुने व्यवस्था थियो? राजा
४८. यूनानी सभ्यतामा प्रमुख बाली के थियो? गहुँ
४९. कुन चहिँ सभ्यतामा सार्वजनिक सेवामा सर्व प्रथम प्रतियोगितात्मक प्रणाली अपनाइएको थियो? चिनियाँ सभ्यता
५०. मिश्रको इतिहासमा कसको युगलाई स्वर्ण युग भनिन्छ? अमनहोटेप चतुर्थ

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team