Logo

Blog Details

मधेश प्रदेश( Madhesh Province) को परिचय

SS Team 2025-01-27 20:57:33 610 0

मधेश प्रदेश तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री ३  देखि २७ डिग्री ७ उत्तरी अक्षांश र ८४डिग्री १ देखि ८७डिग्री १ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा कोशी प्रदेशदक्षिणमा भारतको विहार राज्य,उत्तरमा  कोशी प्रदेश  र बागमती प्रदेश र पश्चिममा बागमती प्रदेश पर्छन् । मधेश प्रदेश मा ८ जिल्लारहेका छन् । मधेश प्रदेशले नेपालको कुल क्षेत्रफलको ६.५ प्रतिशत भूभाग ओगटेको छ।यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला सप्तरी (,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी(,००२व.कि.मि.) हुन् । मधेश प्रदेश को राजधानी जनकपुरमा रहेको छ ।

 

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरुपमा रुपान्तरणका क्रममा नेपालको मिथिला क्षेत्रस्थित मध्यपूर्वी तराइका सप्तरीदेखि पर्सासम्मका आठओटा जिल्लालाई समेटेर मधेश प्रदेश गठन गरिएको हो । नेपालका सातओटा प्रदेश मध्ये मधेश प्रदेश क्षेत्रफलका दृष्टिले सबैभन्दा सानो र जनसङ्ख्याका दृष्टिले सबैभन्दा ठुलो प्रदेश हो । यस प्रदेशको पूर्वमा कोशी प्रदेशपश्चिममा बागमती प्रदेशउत्तरमा कोशी र बागमती प्रदेश तथा दक्षिणमा भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ । कोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षले पूर्वमा मधेश प्रदेश र कोशी प्रदेश बिचको प्रादेशिक सिमांकनको रुपमा काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज बिचको सिमांकन रेखाले पश्चिममा मधेश प्रदेश र बागमती प्रदेश बिचको प्रादेशिक सिमांकनको रुपमा काम गरेको छ । संघीय संसदको प्रतिनिधि सभाका ३२प्रदेश सभाका ६४ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १३६ स्थानीय तह रहेका छन् । सामाजिकसांस्कृतिकजनसाङ्ख्यिक दृष्टिकोणले विशिष्ट विशेषतायुक्त यस प्रदेशमा मैथिलीभोजपुरीनेपाली लगायतका भाषाहरु प्रचलनमा रहेका छन् । प्राचीन कालमा मिथिला क्षेत्रमा शासन गर्ने विदेह वंशको राजधानी पनि मानिने वर्तमान समयको धार्मिक र सांस्कृतिक पर्यटनको केन्द्र जनकपुरधाम मधेश प्रदेशको राजधानीका रुपमा समेत रहेको छ ।

 

मधेश प्रदेश मा मिश्रित जातजातिहरू बसोबास गर्छन् । यस प्रदेशमा यादवमुस्लिमथारुका साथै सीमान्तीकृत र लापोन्मुख समूहका तेली,  कुशवाहचमारधानुकमुसहरकुर्मीदुषादमल्लाहकानु आदि बस्छन् । यस प्रदेशमा पहाडेब्राह्मणक्षेत्रीतामाङका साथै अन्य जातिहरूपनि बसोबास गर्छन्। मधेसको पूर्वी भाग पुरातन राज्य मिथिलाको एक हिस्सा थियो जसको राजधानी जनकपुर थियो र हाल आएर मधेश प्रदेशको राजधानी पनि जनकपुरमा रहेको छ ।

यस प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य रहेको छ । यहाँ इस्लामबौद्ध र इसाई धर्मालम्बीहरूको पनि बसोबास छ । यस प्रदेश मा मैथिली मातृभाषीको बाहुल्य रहेको छ । यसको साथै यहाँ भोजपुरीबज्जिकानेपालीथारुतामाङ आदि भाषाहरू पनि बोलिन्छन् ।अरु प्रदेशको तुलनामा यस प्रदेशको मानव विकास सूचकाङ्कसबैभन्दा कमजोर छ । राष्ट्रिय जनगणना २०७८  अनुसार मधेश प्रदेशमा ६१,१४,६०० रहेको छ । जनसङ्ख्याको विस्तृत विवरणको लागि यहाँ जानुहोस  

 

यस प्रदेशमा रहेका मुस्लिमहरू मस्जिद जाने र नमाज पढ्ने गर्छन् । यस प्रदेशमा विशेषत मैथिली भाषासंस्कार संस्कृति को गहिरो प्रभाव छ साथै भोजपुरी भाषा र संस्कृतीले पनि यहाँको जीवन समुन्नत बनाएको छ ।

आर्थिक रूपमा तराई नेपालको सबैभन्दा उर्वर र उत्पादनशील क्षेत्र हो जहाँ कृषि प्रधान छ। मुख्य कृषि उत्पादनहरू चामलजुटचिनीतोरीतंबाकूजडीबुटी र मसला हुन्। यहाँ अधिकांश कृषिमा आधारित उद्योग छन् । यसबाहेकयो क्षेत्र वनको धनी छ।

सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.५१ रहेको छ । यस प्रदेशमा छठ,इदहोली,दुर्गापूजातिहारविवाह पञ्चमीरामनवमीजुडशीतलचौरचनसिरुवा आदि चाडपर्व मनाइन्छ । गढिमाईरामजानकी मन्दिरछिन्नमस्ताजलेश्वरधनुषाधाम यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् ।

मधेश प्रदेश का लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेसामा लागेका छन् । यस प्रदेशका सबै जिल्लाहरूमा प्रशस्त धानगहुँमकैको उत्पादन हुन्छ । यस प्रदेशलाई नेपालको अन्नको भण्डार पनि भनिन्छ ।यहाँ खाद्यान्नदलहनतेलहननगदे बाली लगाइन्छ । पशुपालन यस प्रदेशको अर्थतन्त्रको अभिन्न अङ्ग हो । यस प्रदेशले देशको २४.९६ प्रतिशत धान र २९.०९ प्रतिशत गहुँ उत्पादन गर्छ ।

मधेश प्रदेश नेपालको प्रमुख माछा उत्पादन केन्द्रको रूपमा विकास भइरहेको छ । यस प्रदेशको प्रमुख औद्योगिक केन्द्र विरगञ्जपथलैया करिडोर हो । यहाँ चिनीचुरोटसाबुनसिमेन्टछड आदि उद्योगहरू रहेका छन् ।

यस प्रदेशका राजविराजलाहानसिराहाजनकपुरबर्दिबासजलेश्वरमलङ्गवागौरवीरगञ्जनिजगढचन्द्रनिगाहपुर आदि सहरी क्षेत्रहरूमा व्यापारहोटल व्यवसायहरू सञ्चालन भइरहेका छन् । वीरगञ्ज नेपालको सब भन्दा ठुलो व्यापारिक नाका हो । यो नाका नेपाल र भारतबिचको प्रवेशद्वार पनि हो । मधेश प्रदेश मा पर्सा राष्ट्रिय निकुञ्ज पर्छ ।

यस प्रदेशमा जनकपुरधामगढिमाईछिन्नमसताकङ्कालनी मन्दिर र विभिन्न ठाउँमा मस्जिदहरू रहेका छन् । यी प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले यस प्रदेशमापर्यटन उद्योग विकासको सम्भावना देखिन्छ । यस प्रदेशको वीरगञ्जमा सुक्खा बन्दरगाह रहेको छ । त्यस्तै रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याएको छ ।

मधेश प्रदेश मा सडकहवाईमार्ग र रेलमार्गको विकास भएको छ । यस प्रदेशको पूर्वपश्चिम भएर महेन्द्र राजमार्ग गएको छ । यहाँ हुलाकी मार्गबी.पी. राजमार्गको केही खण्डत्रिभुवन राजपथका केही खण्ड र महेन्द्र राजमार्गबाट दक्षिणमा रहेका प्रमुख नगरहरूलाई जोडने सडकहरू रहेका छन् ।

बाराको निजगढबाट काठमाडौँ जोड्ने फास्टट्रयाक निर्माण भइरहेको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्ने प्रक्रियामा छ । भारतको जयनगरदेखि प्रदेश नं. २ को जनकपुर र कुर्थासम्म रेल सेवा विस्तारको क्रममा छ भने बर्दिबास हुँदै पथलैया र पश्चिम नेपाल जोड्ने गरी रेल यातायातका पुर्वाधार विकासका कार्य सुरु भएका छन् ।

 

नेपालका प्रदेशहरूमा समावेश जिल्लाहरू

कोशी प्रदेश:

झापा  · इलाम  · पाँचथर  · ताप्लेजुङ  · मोरङ  · सुनसरी  · धनकुटा  · तेह्रथुम  · भोजपुर  · सङ्खुवासभा  · उदयपुर  · खोटाङ  · ओखलढुङ्गा  · सोलुखुम्बु

कर्णाली प्रदेश:

पश्चिम रुकुम  · सल्यान  · सुर्खेत  · दैलेख  · जाजरकोट  · डोल्पा  · जुम्ला  · कालिकोट  · मुगु  · हुम्ला

गण्डकी प्रदेश:

गोर्खा  · तनहुँ  · स्याङ्जा  · लमजुङ  · कास्की  · मनाङ  · मुस्ताङ  · पर्वत  · बागलुङ  · म्याग्दी  · नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०

बागमती प्रदेश:

काठमाडौँ  · ललितपुर  · भक्तपुर  · काभ्रेपलाञ्चोक  · धादिङ  · नुवाकोट  · सिन्धुपाल्चोक  · रसुवा  · रामेछाप  · दोलखा  · सिन्धुली  · मकवानपुर  · चितवन

मधेश प्रदेश:

धनुषा  · महोत्तरी  · सर्लाही  · सप्तरी  · सिराहा  · रौतहट  · बारा  · पर्सा

लुम्बिनी प्रदेश:

नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०  · पाल्पा  · रूपन्देही  · कपिलवस्तु  · अर्घाखाँची  · गुल्मी  · दाङ  · प्युठान  · पूर्वी रुकुम  · रोल्पा  · बाँके  · बर्दिया

सुदूरपश्चिम प्रदेश:

कैलाली  · डोटी  · अछाम  · बाजुरा  · बझाङ  · कञ्चनपुर  · डडेल्धुरा  · बैतडी  · दार्चुला

 

 

मधेश प्रदेश अन्तरगतका स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।

महानगरपालिका संख्या – १उपमहानगरपालिका संख्या – ३महानगरपालिका संख्या – ७३गाउँपालिका संख्या -५९     जम्मा स्थानियतह संख्या – १३६

मधेश प्रदेश अन्तरगतकामहानगरपालिकाहरू- १

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

बिरगंज महानगरपालिका

पर्सा

महानगरपालिका

birgunjmun.gov.np

मधेश प्रदेश अन्तरगतका उपमहानगरपालिकाहरू – ३

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

जनकपुरधाम उपमहानगरपालिका

धनुषा

उपमहानगरपालिका

janakpurmun.gov.np

कलैया उपमहानगरपालिका

वारा

उपमहानगरपालिका

kalaiyamun.gov.np

जीतपुर सिमरा उपमहानगरपालिका

वारा

उपमहानगरपालिका

jeetpursimaramun.gov.np

मधेश प्रदेश अन्तरगतका नगरपालिकाहरू – ७३

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

1

राजविराज नगरपालिका

सप्तरी

नगरपालिका

rajbirajmun.gov.np

2

कञ्चनरुप नगरपालिका

सप्तरी

नगरपालिका

kanchanrupmun.gov.np

3

डाक्नेश्वरी नगरपालिका

सप्तरी

नगरपालिका

dakneshworimun.gov.np

4

बोदेबरसाईन नगरपालिका

सप्तरी

नगरपालिका

bodebarsainmun.gov.np

5

खडक नगरपालिका

सप्तरी

नगरपालिका

khadakmun.gov.np

6

शम्भुनाथ नगरपालिका

सप्तरी

नगरपालिका

shambhunathmun.gov.np

7

सुरुङ्‍गा नगरपालिका

सप्तरी

नगरपालिका

surungamun.gov.np

8

हनुमाननगर कङ्‌कालिनी नगरपालिका

सप्तरी

नगरपालिका

hanumannagarkankalinimun.gov.np

9

सप्तकोशी नगरपालिका

सप्तरी

नगरपालिका

saptakoshimun.gov.np

10

लहान नगरपालिका

सिराहा

नगरपालिका

lahanmun.gov.np

11

धनगढीमाई नगरपालिका

सिराहा

नगरपालिका

dhangadhimaimun.gov.np

12

सिरहा नगरपालिका

सिराहा

नगरपालिका

sirahamun.gov.np

13

गोलबजार नगरपालिका

सिराहा

नगरपालिका

golbazarmun.gov.np

14

मिर्चैयाँ नगरपालिका

सिराहा

नगरपालिका

mirchaiyamun.gov.np

15

कल्याणपुर नगरपालिका

सिराहा

नगरपालिका

kalyanpurmun.gov.np

16

कर्जन्हा नगरपालिका

सिराहा

नगरपालिका

karjanhamun.gov.np

17

सुखीपुर नगरपालिका

सिराहा

नगरपालिका

sukhipurmun.gov.np

18

क्षिरेश्वरनाथ नगरपालिका

धनुषा

नगरपालिका

kshireshwornathmun.gov.np

19

गणेशमान चारनाथ नगरपालिका

धनुषा

नगरपालिका

ganeshmancharnathmun.gov.np

20

धनुषाधाम नगरपालिका

धनुषा

नगरपालिका

dhanushadhammun.gov.np

21

नगराइन नगरपालिका

धनुषा

नगरपालिका

nagrainmun.gov.np

22

विदेह नगरपालिका

धनुषा

नगरपालिका

bidehamun.gov.np

23

मिथिला नगरपालिका

धनुषा

नगरपालिका

mithilamun.gov.np

24

शहीदनगर नगरपालिका

धनुषा

नगरपालिका

shahidnagarmun.gov.np

25

सबैला नगरपालिका

धनुषा

नगरपालिका

sabailamun.gov.np

26

कमला नगरपालिका

धनुषा

नगरपालिका

kamalamun.gov.np

27

मिथिला बिहारी नगरपालिका

धनुषा

नगरपालिका

mithilabiharimun.gov.np

28

हंसपुर नगरपालिका

धनुषा

नगरपालिका

hansapurmun.gov.np

29

जलेश्वर नगरपालिका

महोत्तरी

नगरपालिका

jaleshwormun.gov.np

30

बर्दिबास नगरपालिका

महोत्तरी

नगरपालिका

bardibasmun.gov.np

31

गौशाला नगरपालिका

महोत्तरी

नगरपालिका

gaushalamun.gov.np

32

लोहरपट्टी नगरपालिका

महोत्तरी

नगरपालिका

loharpattimun.gov.np

33

रामगोपालपुर नगरपालिका

महोत्तरी

नगरपालिका

ramgopalpurmun.gov.np

34

मनरा शिसवा नगरपालिका

महोत्तरी

नगरपालिका

manrashiswamun.gov.np

35

मटिहानी नगरपालिका

महोत्तरी

नगरपालिका

matihanimun.gov.np

36

भँगाहा नगरपालिका

महोत्तरी

नगरपालिका

bhagahamun.gov.np

37

बलवा नगरपालिका

महोत्तरी

नगरपालिका

balwamun.gov.np

38

औरही नगरपालिका

महोत्तरी

नगरपालिका

aurahimunmahottari.gov.np

39

ईश्वरपुर नगरपालिका

सर्लाही

नगरपालिका

ishworpurmun.gov.np

40

मलंगवा नगरपालिका

सर्लाही

नगरपालिका

malangwamun.gov.np

41

लालबन्दी नगरपालिका

सर्लाही

नगरपालिका

lalbandimun.gov.np

42

हरिपुर नगरपालिका

सर्लाही

नगरपालिका

haripurmun.gov.np

43

हरिपुर्वा नगरपालिका

सर्लाही

नगरपालिका

haripurwamun.gov.np

44

हरिवन नगरपालिका

सर्लाही

नगरपालिका

harionmun.gov.np

45

बरहथवा नगरपालिका

सर्लाही

नगरपालिका

barhathwamun.gov.np

46

बलरा नगरपालिका

सर्लाही

नगरपालिका

balramun.gov.np

47

गोडैटा नगरपालिका

सर्लाही

नगरपालिका

godaitamun.gov.np

48

बागमती नगरपालिका

सर्लाही

नगरपालिका

bagmatimunsarlahi.gov.np

49

कविलासी नगरपालिका

सर्लाही

नगरपालिका

kawilasimun.gov.np

50

चन्द्रपुर नगरपालिका

रौतहट

नगरपालिका

chandrapurmun.gov.np

51

गरुडा नगरपालिका

रौतहट

नगरपालिका

garudamun.gov.np

52

गौर नगरपालिका

रौतहट

नगरपालिका

gaurmun.gov.np

53

बौधीमाई नगरपालिका

रौतहट

नगरपालिका

baudhimaimun.gov.np

54

बृन्दावन नगरपालिका

रौतहट

नगरपालिका

brindawanmun.gov.np

55

देवाही गोनाही नगरपालिका

रौतहट

नगरपालिका

dewahigonahimun.gov.np

56

गढीमाई नगरपालिका

रौतहट

नगरपालिका

gadhimaimun.gov.np

57

गुजरा नगरपालिका

रौतहट

नगरपालिका

gujaramun.gov.np

58

कटहरिया नगरपालिका

रौतहट

नगरपालिका

katahariyamun.gov.np

59

माधव नारायण नगरपालिका

रौतहट

नगरपालिका

madhavnarayanmun.gov.np

60

मौलापुर नगरपालिका

रौतहट

नगरपालिका

maulapurmun.gov.np

61

फतुवाबिजयपुर नगरपालिका

रौतहट

नगरपालिका

phatuwabijaypurmun.gov.np

62

ईशनाथ नगरपालिका

रौतहट

नगरपालिका

ishnathmun.gov.np

63

परोहा नगरपालिका

रौतहट

नगरपालिका

parohamun.gov.np

64

राजपुर नगरपालिका

रौतहट

नगरपालिका

rajpurmunrautahat.gov.np

65

राजदेवी नगरपालिका

रौतहट

नगरपालिका

rajdevimun.gov.np

66

कोल्हवी नगरपालिका

वारा

नगरपालिका

kolhabimun.gov.np

67

निजगढ नगरपालिका

वारा

नगरपालिका

nijgadhmun.gov.np

68

महागढीमाई नगरपालिका

वारा

नगरपालिका

mahagadimaimun.gov.np

69

सिम्रौनगढ नगरपालिका

वारा

नगरपालिका

simraungadhmun.gov.np

70

पचरौता नगरपालिका

वारा

नगरपालिका

pachrautamun.gov.np

71

पोखरिया नगरपालिका

पर्सा

नगरपालिका

pokhariyamun.gov.np

72

बहुदरमाई नगरपालिका

पर्सा

नगरपालिका

bahudarmaimun.gov.np

73

पर्सागढी नगरपालिका

पर्सा

नगरपालिका

parsagadhimun.gov.np

मधेश प्रदेश अन्तरगतका गाउँपालिकाहरू – ५९

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

अग्निसाइर कृष्णासरवन गाउँपालिका

सप्तरी

गाउँपालिका

agnisairkrishnasawaranmun.gov.np

छिन्नमस्ता गाउँपालिका

सप्तरी

गाउँपालिका

chhinnamastamun.gov.np

महादेवा गाउँपालिका

सप्तरी

गाउँपालिका

mahadevamun.gov.np

तिरहुत गाउँपालिका

सप्तरी

गाउँपालिका

tirahutmun.gov.np

तिलाठी कोईलाडी गाउँपालिका

सप्तरी

गाउँपालिका

tilathikoiladimun.gov.np

रुपनी गाउँपालिका

सप्तरी

गाउँपालिका

rupanimun.gov.np

राजगढ गाउँपालिका

सप्तरी

गाउँपालिका

rajgadhmun.gov.np

बिष्णुपुर गाउँपालिका

सप्तरी

गाउँपालिका

bishnupurmunsaptari.gov.np

बलान-बिहुल गाउँपालिका

सप्तरी

गाउँपालिका

balanbihulmun.gov.np

१०

भगवानपुर गाउँपालिका

सिराहा

गाउँपालिका

bhagwanpurmun.gov.np

११

औरही गाउँपालिका

सिराहा

गाउँपालिका

aurahimunsiraha.gov.np

१२

विष्णुपुर गाउँपालिका

सिराहा

गाउँपालिका

bishnupurmunsiraha.gov.np

१३

बरियारपट्टी गाउँपालिका

सिराहा

गाउँपालिका

bariyapattimun.gov.np

१४

लक्ष्मीपुर पतारी गाउँपालिका

सिराहा

गाउँपालिका

laxmipurpatarimun.gov.np

१५

नरहा गाउँपालिका

सिराहा

गाउँपालिका

narahamun.gov.np

१६

सखुवानान्कारकट्टी गाउँपालिका

सिराहा

गाउँपालिका

sakhuwanankarkattimun.gov.np

१७

अर्नमा गाउँपालिका

सिराहा

गाउँपालिका

anarmamun.gov.np

१८

नवराजपुर गाउँपालिका

सिराहा

गाउँपालिका

nawarajpurmun.gov.np

१९

जनकनन्दिनी गाउँपालिका

धनुषा

गाउँपालिका

janaknandinimun.gov.np

२०

बटेश्वर गाउँपालिका

धनुषा

गाउँपालिका

bateshwormun.gov.np

२१

मुखियापट्टी मुसहरमिया गाउँपालिका

धनुषा

गाउँपालिका

mukhiyapattimusaharmiyamun.gov.np

२२

लक्ष्मीनिया गाउँपालिका

धनुषा

गाउँपालिका

laxminiyamun.gov.np

२३

औरही गाउँपालिका

धनुषा

गाउँपालिका

aurahimundhanusha.gov.np

२४

धनौजी गाउँपालिका

धनुषा

गाउँपालिका

dhanaujimun.gov.np

२५

एकडारा गाउँपालिका

महोत्तरी

गाउँपालिका

ekdaramun.gov.np

२६

सोनमा गाउँपालिका

महोत्तरी

गाउँपालिका

sonmamun.gov.np

२७

साम्सी गाउँपालिका

महोत्तरी

गाउँपालिका

samsimun.gov.np

२८

महोत्तरी गाउँपालिका

महोत्तरी

गाउँपालिका

mahottarimun.gov.np

२९

पिपरा गाउँपालिका

महोत्तरी

गाउँपालिका

pipramun.gov.np

३०

चक्रघट्टा गाउँपालिका

सर्लाही

गाउँपालिका

chakraghattamun.gov.np

३१

चन्द्रनगर गाउँपालिका

सर्लाही

गाउँपालिका

chandranagarmun.gov.np

३२

धनकौल गाउँपालिका

सर्लाही

गाउँपालिका

dhankaulmun.gov.np

३३

ब्रह्मपुरी गाउँपालिका

सर्लाही

गाउँपालिका

brahmapurimun.gov.np

३४

रामनगर गाउँपालिका

सर्लाही

गाउँपालिका

ramnagarmun.gov.np

३५

विष्णु गाउँपालिका

सर्लाही

गाउँपालिका

bishnumun.gov.np

३६

कौडेना गाउँपालिका

सर्लाही

गाउँपालिका

kaudenamun.gov.np

३७

पर्सा गाउँपालिका

सर्लाही

गाउँपालिका

parsamun.gov.np

३८

बसबरीया गाउँपालिका

सर्लाही

गाउँपालिका

basbariyamun.gov.np

३९

दुर्गा भगवती गाउँपालिका

रौतहट

गाउँपालिका

durgabhagawatimun.gov.np

४०

यमुनामाई गाउँपालिका

रौतहट

गाउँपालिका

yamunamaimun.gov.np

४१

आदर्श कोटवाल गाउँपालिका

वारा

गाउँपालिका

aadarshakotwalmun.gov.np

४२

करैयामाई गाउँपालिका

वारा

गाउँपालिका

karaiyamaimun.gov.np

४३

देवताल गाउँपालिका

वारा

गाउँपालिका

devtalmun.gov.np

४४

परवानीपुर गाउँपालिका

वारा

गाउँपालिका

parwanipurmun.gov.np

४५

प्रसौनी गाउँपालिका

वारा

गाउँपालिका

prasaunimun.gov.np

४६

फेटा गाउँपालिका

वारा

गाउँपालिका

phetamun.gov.np

४७

बारागढीगाउँपालिका

वारा

गाउँपालिका

baragadhimun.gov.np

४८

सुवर्ण गाउँपालिका

वारा

गाउँपालिका

suwarnamun.gov.np

४९

विश्रामपुर गाउँपालिका

वारा

गाउँपालिका

bishrampurmun.gov.np

५०

ठोरी गाउँपालिका

पर्सा

गाउँपालिका

thorimun.gov.np

५१

जगरनाथपुर गाउँपालिका

पर्सा

गाउँपालिका

jagarnathpurmun.gov.np

५२

धोबीनी गाउँपालिका

पर्सा

गाउँपालिका

dhobinimun.gov.np

५३

छिपहरमाई गाउँपालिका

पर्सा

गाउँपालिका

chhipaharmaimun.gov.np

५४

पकाहा मैनपुर गाउँपालिका

पर्सा

गाउँपालिका

pakahamainpurmun.gov.np

५५

बिन्दबासिनी गाउँपालिका

पर्सा

गाउँपालिका

bindabasinimun.gov.np

५६

सखुवा प्रसौनी गाउँपालिका

पर्सा

गाउँपालिका

sakhuwaprasaunimun.gov.np

५७

पटेर्वा सुगौली गाउँपालिका

पर्सा

गाउँपालिका

paterwasugaulimun.gov.np

५८

कालिकामाई गाउँपालिका

पर्सा

गाउँपालिका

kalikamaimun.gov.np

५९

जिरा भवानी गाउँपालिका

पर्सा

गाउँपालिका

jirabhawanimun.gov.np

तथ्याङकको श्रोतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team