Logo

Blog Details

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८

SS Team 2025-01-28 07:44:47 1242 3

राष्ट्रिय जनगणना

राष्ट्रिय जनगणना नेपालको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक हिस्सा हो। यसले हरेक दश बर्षको अन्तरालमा राष्ट्रिय र स्थानीय स्तरमा आधारभुत  जनसंख्या तथ्यांक तयार गर्दछ। यसले राष्ट्रिय आवधिक बिकाश लक्ष्य तथा दिगो बिकाश लक्ष्यका अनुगमन र मुल्यांकन संग सम्बन्धित केहि सामाजिकजनसांख्यिक  र आर्थिक  सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ।

नेपालमा राष्ट्रिय योजना आयोग अन्तर्गत रहेको  केन्द्रीय तथ्यांक बिभाग जनगणना संचालन    ब्यबस्थापन सम्बन्धी सम्पूर्ण क्रियाकलापको योजना  तर्जुमा तथा कार्यान्वयन लगायत तथ्यांकको  संकलनप्रशोधनसम्पादनतालिकीकरण र नतिजा प्रकासनका लागि उत्तरदायी छ।

नेपालको पहिलो जनगणना बिक्रम संबत  १९६८ मा गरिएको थियो। यद्यपि नेपालको पहिलो आधुनिक जनगणना बिक्रम संबत २००९/११ मा सम्पन्न भएको थियो जस्मा   करीब ८० लाख जनसंख्याको  गणना गरिएको थियो। पछिल्लो बि.सं. २०६८  मा सम्पन्न  गरिएको जनगणनामा करिब २ करोड ७० लाख व्यक्तिहरुको  गणना गरिएको  थियो।

संविधानको धारा २८१  अन्तर्गतको प्रावधानहरुमा भनिएको छ: "नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनासँगै महिला तथा दलित समुदायको विशेष अधिकारको व्यवस्थाको कार्यान्वयन र त्यसको प्रभाव सम्बन्धमा मानव विकास सूचकांकको आधारमा समीक्षा तथा पुनरावलोकन गर्नेछ"। धारा ८४ (२) अनुसार  समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिलादलितआदिवासी जनजातिखस आर्यमधेसीथारूमुस्लिमपिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ। धारा २८६ (५ ) अनुसार  निर्वाचन क्षेत्र निर्धारण आयोगबाट  निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानून बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ।

 

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना२०७८

 

नेपालको राष्ट्रिय जनगणना२०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो। वि.सं. २०७८ जेठ २५ देखि असार ८ सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो। जनगणनाका नतिजा अनुसार हाल नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो। नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

 

जनगणना प्रतिवेदन

जनगणना २०७८ अनुसारनेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।

जनसङ्ख्या

जम्मा

,९१,६४,५७८

पुरुष

,४२,५३,५५१

महिला

,४९,११,०२७

साक्षरता

जम्मा

७६.२%

पुरुष

८३.६%

महिला

६९.४%

जनघनत्व

प्रति किमी

१९८

लैङ्गिक अनुपात

प्रति १०० पुरुष

९५ महिला

मुख्य नतिजाः

·       कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका१४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका १०.२१ प्रतिशत रहेको छ।

·       प्रति परिवार सदस्य औसतमा ४.३७ जना रहेको छप्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जनापहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।

·       नगरपालिकाहरुको जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भनेगाउँपालिकाहरुको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ ।

·       सबैभन्दा बढी जनसंख्या भएका जिल्लाहरुः काठमाडौंमोरङरूपन्देहीझापा र सुनसरी जिल्ला रहेका छन्।

·       सबैभन्दा कम जनसंख्या भएका जिल्लाहरुः मुस्ताङडोल्पारसुवा र हुम्ला जिल्ला रहेका छन्।

·       तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना)पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ।

·       सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।

·       ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन्।

·       कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठदाउरा प्रयोग गर्ने गरेका छन्।

·       जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुगेको छ। बत्ती बाल्नका लागि सौर्य ऊर्जामट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६०.६र ०.६ प्रतिशत रहेका छन् ।

·       साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ।

·       ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।

·       कुल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ।

·       ३१.५५ प्रतिशत परिवारमा महिला परिवार मूली रहेका छन्।

·       विवाहित पुरुष र महिलाहरु उनीहरुको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन्।

·       पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष रहेको छजसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।

·       कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ ।

·       ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।

·       सबै भन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन्।

·       आर्थिक काममा संलग्न मध्ये सबैभन्दा धेरै कृषिवन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन् ।

नतिजा

जम्मा जनसङ्ख्या: २,९१,९२,४८०

क्षेत्रफल

घरधुरी सङ्ख्या

जम्मा घरपरिवारको सङ्ख्या

जम्मा जनसङ्ख्या (२०७८)

पुरुष

महिला

लैङ्गिक अनुपात

परिवारमा सदस्य

वृद्धि दर

जनसङ्ख्या प्रति वर्ग किमी

नेपाल

,६४३,९४५.००

,७६१,०५९.००

२९,१९२,४८०.००

१४,२९१,३११.००

१४,९०१,१६९.००

९५.९१

४.३२

०.९३

१९८.००

भौगोलिक क्षेत्र

हिमाल

३७९,३८४.००

४१६,४८०.००

,७७८,१०४.००

८७७,६६६.००

९००,४३८.००

९७.४७

४.२७

-०.०२

३४.००

पहाड

,३९७,५३७.००

,९७४,६९८.००

११,७४८,५४८.००

,७२१,३२९.००

,०२७,२१९.००

९४.९२

३.९५

०.२९

१९२.००

तराई

,८६७,०२४.००

,३६९,८८१.००

१५,६६५,८२८.००

,६९२,३१६.००

,९७३,५१२.००

९६.४७

४.६५

१.५६

४६१.००

प्रदेशहरू

कोशी प्रदेश

,०८२,४६२.००

,२०३,९३०.००

,९७२,०२१.००

,४२५,२६६.००

,५४६,७५५.००

९५.२३

४.१३

०.८८

१९२.००

मधेश प्रदेश

९६७,९२७.००

,१९०,१५४.००

,१२६,२८८.००

,०७८,२२३.००

,०४८,०६५.००

१००.९९

५.१५

१.२०

६३६.००

बागमती प्रदेश

,१६१,२८४.००

,५७५,०९७.००

,०८४,०४२.००

,०३३,५७४.००

,०५०,४६८.००

९९.४५

३.८६

०.९२

३००.००

गण्डकी प्रदेश

५७९,९४२.००

६७८,१७६.००

,४७९,७४५.००

,१८०,४६०.००

,२९९,२८५.००

९०.८५

३.६६

०.३०

११६.००

लुम्बिनी प्रदेश

,००६,४५०.००

,१५५,५२३.००

,१२४,२२५.००

,४५७,४८४.००

,६६६,७४१.००

९२.१५

४.४३

१.२५

२३०.००

कर्णाली प्रदेश

३३१,८२१.००

३७१,१२५.००

,६९४,८८९.००

८२८,३०७.००

८६६,५८२.००

९५.५८

४.५७

०.७३

६१.००

सुदूरपश्चिम प्रदेश

५१४,०५९.००

५८७,०५४.००

,७११,२७०.००

,२८७,९९७.००

,४२३,२७३.००

९०.४९

४.६२

०.५०

१३६.००

 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team