Logo

Blog Details

कर्णाली प्रदेश (Karnali Province)

SS Team 2025-01-28 21:29:42 896 2
 नेपालको संविधानको धारा ५६ अनुसार संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तह रहने व्यवस्था छ । सोही प्रावधान अनुसार हालको एक संघ, ७ प्रदेश र ७५३ वटा स्थानीय तह रहेका छन् । नेपालको सात सङ्घीय प्रदेशहरू मध्ये एक हो। नेपालको सबैभन्दा ठूलो यस प्रदेशको कुल क्षेत्रफल २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) रहेको छ। कर्णाली प्रदेशले देशको १८.९७% ओगटेको छ। यसको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा गण्डकी प्रान्त, पश्चिममा सुदूरपश्चिम प्रान्त र दक्षिणमा लुम्बिनी प्रान्तको सिमाना छ। १,५४,८८६ जनसङ्ख्या भएको वीरेन्द्रनगर प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो। यस प्रदेशको नाम कर्णाली नदीबाट आएको हो, जुन यस प्रदेशबाट बग्छ। २०७४ फागुन १३, आइतवार मा बसेको प्रदेश सभा को बैठकले प्रदेशको नाम कर्णाली पारित गरेको छ। कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६,८८,४१२ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।
कर्णाली प्रदेशको जनसङ्ख्या

क्रम

जिल्ला

सदरमुकाम

वि.सं २०६८ को जनसङ्ख्या

घरधुरी सङ्ख्या

जम्मा परिवार सङ्ख्या

जम्मा जनसङ्ख्या (वि.सं २०७८)

पुरुष

महिला

क्षेत्रफल

लैङ्गिक अनुपात

परिवारमा सदस्य

जनसङ्ख्या प्रति किमी

वृद्धि दर

डोल्पा जिल्ला

दुनै

३६७००.००

७९९५.००

९४२९.००

४२९५९.००

२१२७६.००

२१६८३.००

७८८९.००

९५.१२

४.५६

५.००

१.५१

मुगु जिल्ला

गमगढी

५५२८६.००

११७९१.००

१२५३५.००

६६६५८.००

३३४४८.००

३३२१०.००

३५३५.००

१००.७२

५१.३२

१९.००

१.००

हुम्ला जिल्ला

सिमिकोट

५०८५८.००

१०३१३.००

११४८४.००

५५४९६.००

२७९८२.००

२७५१४.००

५६५५.००

१०१.७०

४.८३

१०.००

०.८४

जुम्ला जिल्ला

चन्दननाथ

१०८९२१.००

२२४०५.००

२४५०१.००

११९३७७.००

५९८३६.००

५९५४१.००

२५३१.००

१००.५०

४.८७

४७.००

०.५८

कालिकोट जिल्ला

मान्मा

१३६९४८.००

२२९२९.००

२६९५६.००

१४४९१७.००

७२२४३.००

७२६७४.००

१७४१.००

९९.४१

५.३८

८३.००

०.५४

दैलेख जिल्ला

नारायण

२६१७७०.००

४८७७६.००

५५७०८.००

२५३३१९.००

१२१६७५.००

१३१६४४.००

१५०२.००

९२.४३

४.५५

१६९.००

-०.३१

जाजरकोट जिल्ला

खलङ्गा

१७१३०४.००

३४३०९.००

३८०५४.००

१८९३६५.००

९३७९५.००

९५५७०.००

२२३०.००

९८.१४

४.९८

८५.००

०.९६

पश्चिमी रूकुम जिल्ला

मुसिकोट

१५५३८३.००

३४००७.००

३७७०८.००

१६६३५४.००

८१०६३.००

८५२९१.००

१२१३.००

९५.०४

४.४१

१३७.००

०.६५

सल्यान जिल्ला

सल्यान

२४२४४४.००

५१९८४.००

५५४००.००

२३८६६८.००

११४९५३.००

१२३७१५.००

१४६२.००

९२.९२

४.३१

१६३.००

-०.१५

१०

सुर्खेत जिल्ला

वीरेन्द्रनगर

३५०८०४.००

८७३१२.००

९९३५०.००

४१७७७६.००

२०२०३६.००

२१५७४०.००

२४५१.००

९३.६५

४.२१

१७०.००

१.६८

जम्मा

,५७०,४१८

३३१८२१.००

३७११२५.००

१६९४८८९.००

८२८३०७.००

८६६५८२.००

३०२०९.००

९५.५८

४.५७

६१.००

०.७३

 
 
पश्चिममा सुदूरपश्चिमप्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । यस प्रदेशमा १० जिल्ला रहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १९ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला डोल्पा (७,८८९व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ । यो प्रदेश क्षेत्रफलको हिसाबले सब भन्दा ठुलो र जनसङ्ख्याका आधारमा सानो प्रदेश हो । कर्णालीप्रदेशको भूबनावट मुख्यहिमाल, मध्यपहाड, महाभारत लेक, चुरेपर्वत र उपत्यका आदि मिली बनेको छ । यस प्रदशको सबैभन्दा अग्लो भाग चुरेन हिमाल (७३४८ मि.) हो । कर्णाली प्रदेशको धरातलीय स्वरूप र उचाइले हावापानीमा विविधताल्याएको छ ।
 
यस प्रदेशको उत्तरी क्षेत्रमा लेकाली र टुन्ड्रा, पहाडी क्षेत्रमा समशीतोष्ण र भित्रीमधेसमा उपोष्ण हावापानी पाइन्छ । यहाँको औसत वार्षिक तापक्रम २६ डिग्री. सम्म पुग्छ भने न्यूनतम तापक्रम ०डिग्री भन्दा कम हुन्छ । यहाँको हिमाली जिल्लाहरूमा हिउँदमा हिउँ पर्छ । यहाँ सालाखाला वार्षिक वर्षा १४७९ मि.मी. भन्दा बढीहुन्छ । कर्णाली प्रदेशमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठुली भेरी, सानी भेरी, तिला आदिनदी बहन्छन् ।कर्णाली प्रदेश ताल तलैयामा पनि धनी छ । रारा ताल, फोक्सुन्डो ताल र कुपिन्डे दह यस प्रदेशका मुख्य हुन् । सामाजिक, सांस्कृतिक र भाषिक विविधताकर्णाली प्रदेशकोसम्पत्ति हो । यस प्रदेशमा क्षेत्री, ब्राह्मण, ठकुरी, मगर, थारु, राउटे, राजी, बादी, गुरुङ आदि जातजातिहरूको बसोबास छ ।
त्यस्तै यस प्रदेशमा लोपन्मुख तथा सीमान्तीकृत समूहका थारु, बादी, राउटे, राजी आदिको पनि बसोबास रहेको छ । कर्णाली प्रदेशमा हिन्दु धर्म मान्ने मानिसहरूको बाहुल्य (९५%), रहेको छ । यहाँ बौद्ध, इसाई र अन्यधर्मालम्बीहरू पनि रहेका छन् । यहाँ नेपाली भाषा बोल्नेहरूको बाहुल्य रहेको छ । खस भाषा, काइके मगर भाषा पनि यहाँ बोलिन्छन् ।कर्णाली प्रदेशको साक्षरता दर (५८.४९) पतिशत रहेको छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.५३ रहेको छ । यो प्रदेश दोस्रो कम मानव विकास सूचकाङ्क भएको प्रदेश हो । यस प्रदेशमा ल्होसर, दसैँ तिहार, जनैपूर्णिमा, साउने सक्रान्ती चाडपर्व मनाइन्छ । चन्दननाथ, शे गुम्बा, देउती बज्यै, त्रिपुरासुन्दरी, पञ्चदेवल यहाँका यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् ।
यस प्रदेशमा मस्टो देवताको पूजा गर्ने समुदाय पनि छन् । यहाँको डोल्पो जातीमा लासलाई काटेर गिद्धलाई खुवाउने अनौठो परम्परा रहेको पाइन्छ । यसरी यो प्रदेश सामाजिक सांस्कृतिकरूपमा समुन्नत छ । कर्णालीप्रदेशको मुख्य आर्थिक केन्द्र सुर्खेत हो । यस प्रदेशमा जलविद्युत्, खानी, कृषि र वन सम्पदाको क्षेत्रमा राम्रो सम्भावना रहेको छ । कर्णाली प्रदेशका करिव ७५ प्रतिशतमानिसहरू कृषि पेसामा संलग्न छन्। यस प्रदेशको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । मार्सी धान, कोदो‚ फापर‚ चिनो‚ उवा, स्याउआदि यहाँका मुख्यउपादन हुन् । सल्यानको कपुरकोट पश्चिमी क्षेत्रको एक मुख्य तरकारी उत्पादन निकासी गर्ने केन्द्र हो ।
यस प्रदेशमा प्रशस्त घाँसे मैदानहरू रहेका छन् । ऋतुप्रवास पशुपालनव्यवसाय कर्णाली प्रदेशमा परम्परादेखि चल्दैआएको छ । यहाँ पशुपालन व्यवसायलाई पैतृक व्यवसायको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन कहिकहि अझै पनि हुँदै आएको छ । कर्णाली प्रदेशमा थोरै मात्रउद्योगहरू छन् ।रोजगारीमा यी उद्योगहरूको योगदान नगण्य छ । यसप्रदेशमा साना तथा घरेलु उद्योगहरू धेरै छन् । कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र विरेन्द्रनगर हो । यसका साथै जुम्ला खलङ्गा, छिन्चु, चौर झारी, दुनै आदि व्यापारिक केन्द्रहरू छन् । यो प्रदेशबाट सूर्खेत नेपालगञ्जहुँदै भारतसँग व्यापार हुँदै आएको छ । कर्णाली प्रदेशमा पर्यटन उद्योगको विकासको प्रशस्त सम्भावना रहेको छ । यस प्रदेशमा काँक्रेविहार, सेफोकसुन्डो ताल, राराताल, चन्दनाथ, मानसरोवर पदयात्रा आदिलाई एकीकृत रूपमा विकास गर्नसके कर्णाली प्रदेश पर्यटक गन्तव्यको केन्द्र हुन सक्छ ।
कर्णाली प्रदेशमा जलविद्युत् उत्पादनको पनि प्रशस्त सम्भावना रहेको छ । भेरी डाइभर्सन बहुद्देश्यीय परियोजना यसै प्रदेशमा पर्छ । ठुली भेरी, सानी भेरी, कर्णाली, तिला, हुम्ला कर्णालीलगायत थुप्रै नदीहरूबाट विद्युत् उत्पादन गर्न सकिन्छ । कर्णालीप्रदेशमा सडक पूर्वाधारकोविकास त्यति राम्रो भएको छैन तर हवाई यातायात भने धेरै जिल्लाहरू चालु छ । नेपालगञ्ज र प्रदेश राजधानी सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला आदि जिल्लामा हवाईयातायात चालु छ ।यस प्रदेशमाहुम्ला बाहेक सबै जिल्ला सदरमुकामलाई सडक यातायातले छोएको छ ।
कर्णाली  प्रदेश अन्तरगतका जिल्ला तथा स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।
१) रुकुम (पश्चिम भाग) २)  सल्यान ३) सुर्खेत ४) दैलेख ५) जाजरकोट ६) डोल्पा ७) जुम्ला ८) हुम्ला ९) कालिकोट १०) मुगु
 
कर्णाली  प्रदेश अन्तरगतका स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।
नगरपालीका – २५

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

मुसिकोट नगरपालिका

रुकुम (पश्चिम भाग)

नगरपालिका

musikotmunrukum.gov.np

चौरजहारी नगरपालिका

रुकुम (पश्चिम भाग)

नगरपालिका

chaurjaharimun.gov.np

आठबिसकोट नगरपालिका

रुकुम (पश्चिम भाग)

नगरपालिका

aathbiskotmun.gov.np

शारदा नगरपालिका

सल्यान

नगरपालिका

shaaradamun.gov.np

बागचौर नगरपालिका

सल्यान

नगरपालिका

bagchaurmun.gov.np

बनगाड कुपिण्डे नगरपालिका

सल्यान

नगरपालिका

bangadkupindemun.gov.np

बीरेन्द्रनगर नगरपालिका

सुर्खेत

नगरपालिका

birendranagarmun.gov.np

भेरीगंगा नगरपालिका

सुर्खेत

नगरपालिका

bherigangamun.gov.np

गुर्भाकोट नगरपालिका

सुर्खेत

नगरपालिका

gurbhakotmun.gov.np

१०

पञ्चपुरी नगरपालिका

सुर्खेत

नगरपालिका

panchapurimun.gov.np

११

लेकवेशी नगरपालिका

सुर्खेत

नगरपालिका

lekbeshimun.gov.np

१२

नारायण नगरपालिका

दैलेख

नगरपालिका

narayanmun.gov.np

१३

दुल्लु नगरपालिका

दैलेख

नगरपालिका

dullumun.gov.np

१४

चामुण्डा विन्द्रासैनी नगरपालिका

दैलेख

नगरपालिका

chamundabindrasainimun.gov.np

१५

आठबीस नगरपालिका

दैलेख

नगरपालिका

aathabismun.gov.np

१६

भेरी नगरपालिका

जाजरकोट

नगरपालिका

bherimun.gov.np

१७

छेडागाड नगरपालिका

जाजरकोट

नगरपालिका

chhedagadmun.gov.np

१८

नलगाड नगरपालिका

जाजरकोट

नगरपालिका

tribeninalgaadmun.gov.np

१९

ठूली भेरी नगरपालिका

डोल्पा

नगरपालिका

thulibherimun.gov.np

२०

त्रिपुरासुन्दरी नगरपालिका

डोल्पा

नगरपालिका

tripurasundarimundolpa.gov.np

२१

चन्दननाथ नगरपालिका

जुम्ला

नगरपालिका

chandannathmun.gov.np

२२

खाँडाचक्र नगरपालिका

कालिकोट

नगरपालिका

khandachakramun.gov.np

२३

रास्कोट नगरपालिका

कालिकोट

नगरपालिका

raskotmun.gov.np

२४

तिलागुफा नगरपालिका

कालिकोट

नगरपालिका

tilagufamun.gov.np

२५

छायाँनाथ रारा नगरपालिका

मुगु

नगरपालिका

chhayanathraramun.gov.np

गाउँपालीका – ५४

क्रस

स्थानीय तहको नाम

जिल्ला

स्थानीय तह

वेव पोर्टल

बाँफिकोट गाउँपालिका

रुकुम (पश्चिम भाग)

गाउँपालिका

banphikotmun.gov.np

त्रिवेणी गाउँपालिका

रुकुम (पश्चिम भाग)

गाउँपालिका

trivenimunrukum.gov.np

सानी भेरी गाउँपालिका

रुकुम (पश्चिम भाग)

गाउँपालिका

sanibherimun.gov.np

कालिमाटी गाउँपालिका

सल्यान

गाउँपालिका

kalimatimun.gov.np

त्रिवेणी गाउँपालिका

सल्यान

गाउँपालिका

trivenimunsalyan.gov.np

कपुरकोट गाउँपालिका

सल्यान

गाउँपालिका

kapurkotmun.gov.np

छत्रेश्वरी गाउँपालिका

सल्यान

गाउँपालिका

chhatreshworimun.gov.np

सिद्ध कुमाख गाउँपालिका

सल्यान

गाउँपालिका

siddhakumakhmun.gov.np

कुमाख गाउँपालिका

सल्यान

गाउँपालिका

kumakhmalikamun.gov.np

१०

दार्मा गाउँपालिका

सल्यान

गाउँपालिका

darmamun.gov.np

११

चौकुने गाउँपालिका

सुर्खेत

गाउँपालिका

chaukunemun.gov.np

१२

बराहताल गाउँपालिका

सुर्खेत

गाउँपालिका

barahatalmun.gov.np

१३

चिङ्गाड गाउँपालिका

सुर्खेत

गाउँपालिका

chingadmun.gov.np

१४

सिम्ता गाउँपालिका

सुर्खेत

गाउँपालिका

simtamun.gov.np

१५

भगवतीमाई गाउँपालिका

दैलेख

गाउँपालिका

bhagawatimaimun.gov.np

१६

गुराँस गाउँपालिका

दैलेख

गाउँपालिका

guransmun.gov.np

१७

डुंगेश्वर गाउँपालिका

दैलेख

गाउँपालिका

dungeshwormun.gov.np

१८

नौमुले गाउँपालिका

दैलेख

गाउँपालिका

naumulemun.gov.np

१९

महावु गाउँपालिका

दैलेख

गाउँपालिका

mahabumun.gov.np

२०

भैरवी गाउँपालिका

दैलेख

गाउँपालिका

bhairabimun.gov.np

२१

ठाँटीकाँध गाउँपालिका

दैलेख

गाउँपालिका

thantikandhmun.gov.np

२२

बारेकोट गाउँपालिका

जाजरकोट

गाउँपालिका

barekotmun.gov.np

२३

कुसे गाउँपालिका

जाजरकोट

गाउँपालिका

kushemun.gov.np

२४

जुनीचाँदे गाउँपालिका

जाजरकोट

गाउँपालिका

junichaandemun.gov.np

२५

शिवालय गाउँपालिका

जाजरकोट

गाउँपालिका

shibalayamun.gov.np

२६

डोल्पो बुद्ध गाउँपालिका

डोल्पा

गाउँपालिका

dolpobuddhamun.gov.np

२७

शे फोक्सुन्डो गाउँपालिका

डोल्पा

गाउँपालिका

shephoksundomun.gov.np

२८

जगदुल्ला गाउँपालिका

डोल्पा

गाउँपालिका

jagdullamun.gov.np

२९

मुड्केचुला गाउँपालिका

डोल्पा

गाउँपालिका

mudkechulamun.gov.np

३०

काईके गाउँपालिका

डोल्पा

गाउँपालिका

kaikemun.gov.np

३१

छार्का ताङसोङ गाउँपालिका

डोल्पा

गाउँपालिका

chharkatangsongmun.gov.np

३२

कनकासुन्दरी गाउँपालिका

जुम्ला

गाउँपालिका

kankasundarimun.gov.np

३३

सिंजा गाउँपालिका

जुम्ला

गाउँपालिका

sinjamun.gov.np

३४

हिमा गाउँपालिका

जुम्ला

गाउँपालिका

himamun.gov.np

३५

तिला गाउँपालिका

जुम्ला

गाउँपालिका

tilamun.gov.np

३६

गुठिचौर गाउँपालिका

जुम्ला

गाउँपालिका

guthichaurmun.gov.np

३७

तातोपानी गाउँपालिका

जुम्ला

गाउँपालिका

tatopanimun.gov.np

३८

पातारासी गाउँपालिका

जुम्ला

गाउँपालिका

patarasimun.gov.np

३९

पचालझरना गाउँपालिका

कालिकोट

गाउँपालिका

pachaljharanamun.gov.np

४०

सान्नी त्रिवेणी गाउँपालिका

कालिकोट

गाउँपालिका

sannitrivenimun.gov.np

४१

नरहरिनाथ गाउँपालिका

कालिकोट

गाउँपालिका

narharinathmun.gov.np

४२

शुभ कालीका गाउँपालिका

कालिकोट

गाउँपालिका

kalikamunkalikot.gov.np

४३

महावै गाउँपालिका

कालिकोट

गाउँपालिका

mahawaimun.gov.np

४४

पलाता गाउँपालिका

कालिकोट

गाउँपालिका

palatamun.gov.np

४५

मुगुम कार्मारोंग गाउँपालिका

मुगु

गाउँपालिका

mugumkarmarongmun.gov.np

४६

सोरु गाउँपालिका

मुगु

गाउँपालिका

sorumun.gov.np

४७

खत्याड गाउँपालिका

मुगु

गाउँपालिका

khatyadmun.gov.np

४८

सिमकोट गाउँपालिका

हुम्ला

गाउँपालिका

simkotmun.gov.np

४९

नाम्खा गाउँपालिका

हुम्ला

गाउँपालिका

namkhamun.gov.np

५०

खार्पुनाथ गाउँपालिका

हुम्ला

गाउँपालिका

kharpunathmun.gov.np

५१

सर्केगाड गाउँपालिका

हुम्ला

गाउँपालिका

sarkegadmun.gov.np

५२

चंखेली गाउँपालिका

हुम्ला

गाउँपालिका

chankhelimun.gov.np

५३

अदानचुली गाउँपालिका

हुम्ला

गाउँपालिका

adanchulimun.gov.np

५४

ताँजाकोट गाउँपालिका

हुम्ला

गाउँपालिका

tajakotmun.gov.np


Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team