Logo

Blog Details

सुदूरपश्चिम प्रदेश (Sudurpashchim Province) को परिचय

SS Team 2025-01-28 21:54:51 1827 4
भौगोलिक परिचयः
नेपालको संविधान बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरियो । यी मध्ये साविकका महाकाली अञ्चलका ४ जिल्ला र सेती अञ्चलका ५ जिल्लाको सुदूरपश्चिम प्रदेश कायम भयो । भौगोलिक रुपमा यस प्रदेशले हिमालपहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको (उष्ण मनसुनीदेखि टुन्ड्रा) हावापानी विद्यमान रहेको छ । यो प्रदेश १०९ मिटरदेखी ७१३२ मिटरसम्म उचाई र २८° २२” उत्तरी अक्षांशदेखि ३०° ०९” उत्तरी अक्षांश र ८०°०३” पूर्वी देशान्तरदेखि ८१° २५” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रुपमा अपि हिमाल (७,१३२ मिटर) र होचो भू-भागको रुपमा कैलाली जिल्लामा (१०९ मिटर) रहेको छ ।
नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये सुदुरपश्चिम प्रदेशले १९,99९.28 वर्ग कि.मि. अर्थात् १३.२७% क्षेत्रफल ओगटेको छ । यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग 8393.11 वर्ग कि.मि. (४०.६०%)पहाडी भू-भाग 6748.78 वर्ग कि.मि. (३४.५४%) र तराई भू-भाग 4857.39 वर्ग कि.मि. (२४.८६%) पर्दछ । यस प्रदेशमा पहाडी तथा हिमाली भू-भाग बढी रहेको छ । यो प्रदेश नेपाल राज्यको करिब पश्चिम भागमा पर्दछ । यस प्रदेशको सिमाना पूर्वमा कर्णाली प्रदेशका सुर्खेतदैलेख, कालीकोट र मुगु जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला पर्दछ । पश्चिम र दक्षिणमा भारत, उत्तरमा कर्णाली प्रदेशको हुम्ला जिल्ला तथा मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ । । सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्णाली  प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतराखण्ड राज्य, उत्तरमा कर्णाली प्रदेश चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन्। सुदूर प्रदेशको धरातलीय स्वरूपले हावापानीमा विविधता ल्याएको छ । यहाँ उपोष्ण,समशीतोष्ण,लेकाली र टुन्ड्राप्रकारका हावापानी पाइन्छन् । यहाँ सालाखाला वार्षिक वर्षा २०० मि.मि. भन्दा बढीहुन्छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नदीहरू सेती, बुढिगङ्गा, चौलानी र महाकाली आदि हुन् । यस प्रदेशको घोडाघोडी ताल (कैलाली) विश्व सम्पदा सूचीमा सूचीकृत सिमसार क्षेत्र हो । यसका साथै झिलमिला ताल र बेदकोट ताल (कञ्चनपुर), अलिताल (डडेलधुरा), छतिवान ताल (डोटी) पनि यसै प्रदेशमा पर्छन् । सदूरपश्चिमप्रदेशले हिमाल, पहाड र तराईका तीनओटै धरातलीय स्वरूपलाई समेटेको छ । हिमाली क्षेत्रमा दार्चुलाबझाङ  बाजुरा जिल्ला पर्छन् भने बैतडीडडेल्धुराअछाम,डोटी पहाडी जिल्लाहरू हुनकैलाली  कञ्चनपुर तराई क्षेत्रमा पर्छन् । डडेल्धुरा जिल्लाका केही भागहरू भने भित्रीमधेसमा पर्छन् ।
प्रदेशको राजनैतिक प्रशासनिक विभाजनः
नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप संघीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह७ प्रदेश र संघीय सरकारको रुपमा विभाजन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र ३२ र प्रतिनिधि सभा निर्वाचन क्षेत्र १६ वटा रहेको छ । यो विभाजन मध्ये यस सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका ४ जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर, सेती अञ्चलका बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलाली गरी जम्मा ९ जिल्ला रहेका छन् ।१ उप-महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन् ।
जनसांख्यिकीय विवरण
२०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या 2,91,64,578 मध्ये यस प्रदेशको जनसंख्या २६,९४,७८३ रहेको छ जुन कुल जनसंख्याको ९.२३% हुन आउँछ । यस मध्ये पुरुषको जनसंख्या 1,27,2,786 र महिलाको जनसंख्या 1,42,1,997 रहेको छ। सुदूरपश्चिम प्रदेशमा हिन्दु धर्मालम्बीहरूको बाहुल्य (९७.२%)रहेको छ । यहाँ बौद्ध, इसाई, इस्लाम, प्रकृति र अन्य धर्मालम्बीहरूको पनि बसोबास छ । सुदूरपश्चिम प्रदेशमा नेपालीभाषासँगै दर्जनौँअन्य भाषाहरू पनि बोलिन्छ । यहाँ नेपालमा बोलिने चारै परिवारका भाषाहरू बोलिन्छ । यस प्रदेशकामुख्य भाषाहरू डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर आदि हुन् । सुदूरपश्चिम प्रदेशको औसत साक्षरता दर ६३ प्रतिशत रहेको छ । यहाँको पुरुष साक्षरता दर (७६%) र महिलाको (५२%) छ । सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.५४ रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदुरपश्चिम प्रदेशको जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।
सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या

क्रम

जिल्ला

सदरमुकाम

वि.सं २०६८ को जनसङ्ख्या

घरधुरी सङ्ख्या

जम्मा परिवार सङ्ख्या

जम्मा जनसङ्ख्या (वि.सं २०७८)

पुरुष

महिला

क्षेत्रफल

लैङ्गिक अनुपात

परिवारमा सदस्य

जनसङ्ख्या प्रति किमी

वृद्धि दर

बाजुरा जिल्ला

मार्तडी

१३४९१२.००

२३८९१.००

२८९२२.००

१३८९९८.००

६७६०८.००

७१३९०.००

२१८८.००

९४.७०

४.८०

६४.००

०.२९

बझाङ जिल्ला

जयपृथ्वी

१९५१५९.००

३२९१७.००

३८३६९.००

१८९०९७.००

८८९८८.००

१००१०९.००

३४२२.००

८८.८९

४.९३

५५.००

-०.३०

दार्चुला जिल्ला

दार्चुला

१३३२७४.००

२५२००.००

२९१८६.००

१३५०५६.००

६५३४९.००

६९७०७.००

२६५७.००

९३.७५

४.६६

५१.००

०.१३

बैतडी जिल्ला

दशरथचन्द

२५०८९८.००

४२२८८.००

५०४७२.००

२४४४००.००

११५४२६.००

१२८९७४.००

१५१९.००

८९.५०

४.८४

१६१.००

-०.२५

डडेलधुरा जिल्ला

अमरगढी

१४२०९४.००

२६५०३.००

३१६०८.००

१३९४२०.००

६५९३०.००

७३४९०.००

१५३८.००

८९.७१

४.४१

९१.००

-०.१८

डोटी जिल्ला

दिपायल सिलगढी

२११७४६.००

३६८०६.००

४६१००.००

२०५६८३.००

९५०६६.००

११०६१७.००

२०२५.००

८५.९४

४.४६

१०२.००

-०.२८

अछाम जिल्ला

मङ्गलसेन

२५७४७७.००

३९३७५.००

४९९६९.००

२२९८१६.००

१०६२४०.००

१२३५७६.००

१६८०.००

८५.९७

४.६०

१३७.००

-१.०९

कैलाली जिल्ला

गोदावरी

७७५७०९.००

१८३७०७.००

२००५२८.००

९१११५५.००

४३९७९२.००

४७१३६३.००

३२३५.००

९३.३०

४.५४

२८२.००

१.५४

कञ्चनपुर जिल्ला

भीमदत्त

४५१२४८.००

१०३३७२.००

१११९००.००

५१७६४५.००

२४३५९८.००

२७४०४७.००

१६१०.००

८८.८९

४.६३

३२२.००

१.३२

जम्मा

२५५२५१७.००

५१४०५९.००

५८७०५४.००

२७११२७०.००

१२८७९९७.००

१४२३२७३.००

१९८७४.००

९०.४९

४.६२

१३६.००

०.५०

प्रमुख नदीनाला तथा तालहरुः
यस प्रदेशका प्रमुख नदीहरुमा सेती र महाकाली हुन् । अन्य सहायक नदीहरुमा चमेलीयाबुढीगंगा, दरगंगा, सुर्नाया, ढिकगाड, होपरीगाड, रंगुन, डोटेली गाड, स्पालगाड, खुवटया, मोहना, श्चशसैया, बानरा, आदि हुन् । यस क्षेत्रमा पर्ने प्रमुख तालहरुमा कैलाली जिल्ला घोडाघोडी ताल विश्वसम्पदा सूचीमा सूचिकृत सिमसार क्षेत्रको रुपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणबाट समेत प्रसिद्ध छ । कञ्नपुर जिल्लामा रहेको झिलमिला तालवेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बिचमा रहेको खप्तड ताल यस क्षेत्रको प्रमुख पर्यटकीय आर्कषणको रुपमा रहेको छ ।
प्रमुख धार्मिक स्थलहरुः
यस प्रदेशमा थुप्रै धार्मिक स्थलहरु रहेका छन् । जसमध्ये डोटीको खप्तडअछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोवर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडा बाबा आदि हुन् ।
यस क्षेत्रका प्रमुख मन्दिरहरुमा बाजुरामा बडीमालिकाबझाङमा सुर्मादेबी, जल्फादेवी, मष्टा र दुर्गा, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार, बैतडीको त्रिपुरासुन्दरी, निङ्गलासैनी, जगन्नाथ, ईश्वरी गंगाधाम, कृष्णमन्दिर, महारुद्र, मेलौली भगवती, ग्वालेक केदार र राताशिला, डडेल्धुराको उग्रतारा, भागेश्वर, घण्टेश्वर, डोटीघटाल र बेताल, अछामको बैजनाथ, बर्मादेवी, डोटीको शैलेश्वरी, केदार, लानाकेदारेश्वर, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ र विष्णु मन्दिर, कैलालीको गोदावरी, वनदेवी, बेंहडा बाबा तथा नैनादेवी आदि प्रमुख हुन।
प्रमुख पर्यटकीय स्थलहरुः
यस क्षेत्रका प्रमुख पर्टक स्थलहरुमा खप्तडबुढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारतपर्वत, घनघश्या लेक, भेल्छडा, पाताल भुमेश्वर, रौलाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेदकोट, व्यास हिमाल, सैपाल हिमाल, बडीमालीका, मेलौली भगवती, उग्रतारा मन्दिर, टिकापुर पार्क, अपि हिमाल, रामारोशन क्षेत्र, दोधाराचादनी झोलुङ्गे पुल, कर्णाली पुल आदि पर्दछन ।
सुदूरपश्चिम प्रदेशमा नौ जिल्लारहेका छन् । यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १३.३ प्रतिशत भूभाग ओगटे को छ । यस प्रदेशको सबैभन्दा ठुलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)हुन् । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएको छ ।
यो प्रदेशगत हिसाबले तेस्रो कम मानव विकास सूचकाङ्क रहेको प्रदेश हो । यस प्रदेशमा गौरा पर्व, बडकाइतावार, दसैँ, तिहार धुमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा माघी पर्वले आफ्नै सामाजिक सांस्कृतिक महत्व बोकेको छ ।यहाँका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ आदि हुन् । यस प्रदेशमा देउडा नाचको ठुलो सामाजिक सांस्कृतिक महत्व रहेको छ ।
यस प्रदेशका लगभग ६० प्रतिशतभन्दा धेरै मानिसहरूकृषि पेसामा संलग्न रहेका छन्। यहाँ धान, मकै, गहुँ, कोदो, आलु, दाल, तेलहन आदि बालीहरू उत्पादन हुन्छन् ।कैलाली र कञ्चनपुर जिल्लाहरूमा अन्न बाली, औद्योगिक बाली र नगदे बाली उत्पादन हुन्छन् ।  पहाडी र हिमाली जिल्लाहरूमा अन्न बालीका साथै आलु, जडीबुटी र गैरकाष्ठ उत्पादन हुन्छन् । यस प्रदेशको बझाङ, बाजुरा, दार्चुलाका
हिमाली फाँटहरूमा पशुपालनको सम्भावना रहेकोछ । सुदूरपश्चिम प्रदेशमा थुप्रै उद्योगहरू रहेका छन् ।जसले लगभग दुईप्रतिशत रोजगारीमा योगदान दिएको छ ।  यहाँकोऔद्योगिक केन्द्र धनगढी हो । धनगढी र कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी उद्योगधन्दाको प्रवद्र्धन गर्ने काम अगाडि बढेको छ । यहाँ फर्निचर, खाद्य प्रशोधन, धातु, खनिज र वन्यजन्य कच्चा पदार्थमा आधारित उद्योगहरू छन्।सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढी हो ।
हिमाली फाँटहरूमा पशुपालनको सम्भावना रहेकोछ । सुदूरपश्चिम प्रदेशमा थुप्रै उद्योगहरू रहेका छन् ।जसले लगभग दुईप्रतिशत रोजगारीमा योगदान दिएको छ ।  यहाँकोऔद्योगिक केन्द्र धनगढी हो । धनगढी र कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रलाई विशेष आर्थिक क्षेत्र घोषणा गरी उद्योगधन्दाको प्रवद्र्धन गर्ने काम अगाडि बढेको छ । यहाँ फर्निचर, खाद्य प्रशोधन, धातु, खनिज र वन्यजन्य कच्चा पदार्थमा आधारित उद्योगहरू छन्।सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र धनगढी हो ।
धनगढी सुदूर पश्चिम प्रदेशको औद्योगिक र व्यापारिक केन्द्र हो । यस प्रदेशका अन्य व्यापारिक केन्द्रहरूमा महेन्द्रनगर, टीकापुर, अत्तरिया, डडेलधुरा, दिपायल आदि पर्छन् । गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, यहाँका भारतसँग आउजाउ र व्यापार गर्ने प्रमुख नाकाहरू हुन् । सुदूरपश्चिम प्रदेशको खप्तडर शुक्लाफाँट महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन । अन्य पर्यटकीय स्थलहरूमा बुढीनन्दा, सुर्मासरोबर ताल, पाताल भुमेश्वर, दोगडाकेदार, घोडाघोडी ताल, अजयमेरुकोट, अपिसैपाल हिमाल, अमरगढी, बडीमालीका,रामारोसन क्षेत्र आदि पर्छन् । शुक्लाफाँटा राष्टिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध छ । सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादनकोसम्भावना रहेको छ । यस प्रदेशमा सेती, चौलानी, बुढीगङ्गा र महाकाली नदीबाट जलविद्युत् उत्पादनकोसम्भावनारहेको छ ।
सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा सडक र हवाईमार्गको पूर्वाधार विकास भएको छ । धनगढीबाट पहाडी र हिमाली जिल्लासँग जोड्ने राजमार्ग बनेको छ । यस प्रदेशकोसबै जिल्ला सदरमुकामहरू सडकले जोडिएका छन्। केही पहाडी र हिमाली जिल्लाहरूमा धनगढी र नेपालगञ्जबाट हवाई सेवा सञ्चालन भइरहेको छ । यस प्रदेशको आर्थिक विकास र समृद्धिमा सडक यातायात र हवाई यातायातको भूमिका महत्वपूर्ण रहेको छ ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरू
१) दार्चुला, २) बझाङ ३) बाजुरा ४) बैतडी, ५) डडेल्धुरा, ६)अछाम ७) डोटी  ८)  कैलाली  ९)कञ्चनपुर
 
सुदुर पश्चीम प्रदेश अनर्तगत रहेका स्थानीयतहहरूकाे विवरण
महानगरपालीका – ०
उपमहानगरपालीका – १ धनगढी उप-महानगरपालिका
नगरपालीका – ३३

क्रस

स्थानीय तहको नाम

जिल्ला

वेवसाईट

कार्यालयको ईमेल

बुढीनन्दा नगरपालिका

बाजुरा

 Web Site

info@budhinandamun.gov.np

बडिमालिका नगरपालिका

बाजुरा

 Web Site

info@badimalikamun.gov.np

बुढीगंगा नगरपालिका

बाजुरा

 Web Site

info@budhigangamunbajura.gov.np

त्रिवेणी नगरपालिका

बाजुरा

 Web Site

ito.trivenimun@gmail.com

बुंगल नगरपालिका

बझाङ

 Web Site

info@bungalmun.gov.np

जयपृथ्वी नगरपालिका

बझाङ

 Web Site

info@jayaprithvimun.gov.np

महाकाली नगरपालिका

दार्चुला

 Web Site

info@mahakalimun.gov.np

शैल्यशिखर नगरपालिका

दार्चुला

 Web Site

shailyashikhar.gov@gmail.com

पुर्चौडी नगरपालिका

बैतडी

 Web Site

ito.purchaundi@gmail.com

१०

दशरथचन्द नगरपालिका

बैतडी

 Web Site

dnpbaitadi@gmail.com

११

मेलौली नगरपालिका

बैतडी

 Web Site

info@melaulimun.gov.np

१२

पाटन नगरपालिका

बैतडी

 Web Site

ptnmun@gmail.com

१३

अमरगढी नगरपालिका

डडेल्धुरा

 Web Site

info@amargadhimun.gov.np

१४

परशुराम नगरपालिका

डडेल्धुरा

 Web Site

parshurammun@gmail.com

१५

शिखर नगरपालिका

डोटी

 Web Site

shikharmunicipality@gmail.com

१६

दिपायल सिलगढी नगरपालिका

डोटी

 Web Site

info@dipayalsilgadhimun.gov.np

१७

पंचदेवल विनायक नगरपालिका

अछाम

 Web Site

info@panchadewalbinayakmun.gov.np

१८

साँफेवगर नगरपालिका

अछाम

 Web Site

sanfebagarmun@gmail.com

१९

मंगलसेन नगरपालिका

अछाम

 Web Site

mmunicipalityachham@gmail.com

२०

कमलबजार नगरपालिका

अछाम

 Web Site

Kamalbazarmun@gmail.com

२१

गोदावरी नगरपालिका

कैलाली

 Web Site

info@godawarimunkailali.gov.np

२२

गौरीगंगा नगरपालिका

कैलाली

 Web Site

info@gaurigangamun.gov.np

२३

घोडाघोडी नगरपालिका

कैलाली

 Web Site

ghodaghodimun@gmail.com

२४

लम्किचुहा नगरपालिका

कैलाली

 Web Site

info@lamkichuhamun.gov.np

२५

टिकापुर नगरपालिका

कैलाली

 Web Site

info@tikapurmun.gov.np

२६

भजनी नगरपालिका

कैलाली

 Web Site

info@bhajanimun.gov.np

२७

कृष्णपुर नगरपालिका

कञ्चनपुर

 Web Site

info@krishnapurmun.gov.np

२८

शुक्लाफाँट नगरपालिका

कञ्चनपुर

 Web Site

info@shuklaphantamun.gov.np

२९

बेदकोट नगरपालिका

कञ्चनपुर

 Web Site

info@bedkotmun.gov.np

३०

भिमदत्त नगरपालिका

कञ्चनपुर

 Web Site

info@bheemdattamun.gov.np

३१

दोधारा चाँदनी नगरपालिका

कञ्चनपुर

 Web Site

dcmun1015@gmail.com

३२

पुनर्वास नगरपालिका

कञ्चनपुर

 Web Site

info@punarbasmun.gov.np

३३

बेलौरी नगरपालिका

कञ्चनपुर

 Web Site

belaurimunicipality@gmail.com

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गाउँपालीका – ५४

क्रस

स्थानीय तहको नाम

जिल्ला

वेवसाईट

कार्यालयको ईमेल

हिमाली गाउँपालिका

बाजुरा

 Web Site

info@himalimun.gov.np

गौमुल गाउँपालिका

बाजुरा

 Web Site

ito.gaumulmun@gmail.com

स्वामीकार्तिक खापर गाउँपालिका

बाजुरा

 Web Site

info@swamikartikmun.gov.np

जगन्नाथ गाउँपालिका

बाजुरा

 Web Site

info@jagganathmun.gov.np

खप्तड छेडेदह गाउँपालिका

बाजुरा

 Web Site

icto.chhededaha@gmail.com

साईपाल गाउँपालिका

बझाङ

 Web Site

ito.saipalmun@gmail.com

सूर्मा गाउँपालिका

बझाङ

 Web Site

info@surmamun.gov.np

तालकोट गाँउपालिका

बझाङ

 Web Site

ito.muntalkot@gmail.com

मष्टा गाउँपालिका

बझाङ

 Web Site

ito.mastamun@gmail.com

१०

छबिसपाथिभेरा गाउँपालिका

बझाङ

 Web Site

info@chhabispathiveramun.gov.np

११

दुर्गाथली गाउँपालिका

बझाङ

 Web Site

durgathalimun23@gmail.com

१२

केदारस्युँ गाउँपालिका

बझाङ

 Web Site

kedarasyumun@gmail.com

१३

वित्थडचिर गाउँपालिका

बझाङ

 Web Site

bitthadchirmun@gmail.com

१४

थलारा गाउँपालिका

बझाङ

 Web Site

thalaramun@gmail.com

१५

खप्तडछान्ना गाउँपालिका

बझाङ

 Web Site

info@khaptadchhannamun.gov.np

१६

व्याँस गाउँपालिका

दार्चुला

 Web Site

info@vyansmun.gov.np

१७

दुहुँ गाउँपालिका

दार्चुला

 Web Site

info@duhunmun.gov.np

१८

नौगाड गाउँपालिका

दार्चुला

 Web Site

info@naugadmun.gov.np

१९

अपिहिमाल गाउँपालिका

दार्चुला

 Web Site

info@apihimalmun.gov.np

२०

मार्मा गाउँपालिका

दार्चुला

 Web Site

info@marmamun.gov.np

२१

मालिकार्जुन गाउँपालिका

दार्चुला

 Web Site

info@malikarjunmun.gov.np

२२

लेकम गाउँपालिका

दार्चुला

 Web Site

info@lekammun.gov.np

२३

डीलासैनी गाउँपालिका

बैतडी

 Web Site

drmbaitadi@gmail.com

२४

दोगडाकेदार गाउँपालिका

बैतडी

 Web Site

info@dogdakedarmun.gov.np

२५

सुर्नया गाउँपालिका

बैतडी

 Web Site

surnayagaupalika@gmail.com

२६

पंचेश्वर गाउँपालिका

बैतडी

 Web Site

ito.pancheshwormun@gmail.com

२७

शिवनाथ गाउँपालिका

बैतडी

 Web Site

ito.shivanathmun@gmail.com

२८

सिगास गाउँपालिका

बैतडी

 Web Site

sigasmun@gmail.com

२९

नवदुर्गा गाउँपालिका

डडेल्धुरा

 Web Site

nawadurgaruralmun@gmail.com

३०

अजयमेरु गाउँपालिका

डडेल्धुरा

 Web Site

ajayamerugaupalika@gmail.com

३१

भागेश्वर गाउँपालिका

डडेल्धुरा

 Web Site

ito.bhageshwormun@gmail.com

३२

आलिताल गाउँपालिका

डडेल्धुरा

 Web Site

info@aalitalmun.gov.np

३३

गन्यापधुरा गाउँपालिका

डडेल्धुरा

 Web Site

ganapdhurarm@gmail.com

३४

पूर्वीचौकी गाउँपालिका

डोटी

 Web Site

info@purbichaukimun.gov.np

३५

सायल गाउँपालिका

डोटी

 Web Site

sayal.doti@gmail.com

३६

आदर्श गाउँपालिका

डोटी

 Web Site

aadarshmun@gmail.com

३७

के.आई.सिंह गाउँपालिका

डोटी

 Web Site

kisingh.rm@gmail.com

३८

बोगटान फुड्सिल गाउँपालिका

डोटी

 Web Site

info@bogatanmun.gov.np

३९

बडीकेदार गाउँपालिका

डोटी

 Web Site

doti.badikedar@gmail.com

४०

जोरायल गाउँपालिका

डोटी

 Web Site

info@jorayalmun.gov.np

४१

रामारोशन गाउँपालिका

अछाम

 Web Site

icto.ramaroshanmun@gmail.com

४२

मेल्लेख गाउँपालिका

अछाम

 Web Site

info@mellekhmun.gov.np

४३

चौरपाटी गाउँपालिका

अछाम

 Web Site

chaurpatigaupalika@gmail.com

४४

बान्नीगढी जयगढ गाउँपालिका

अछाम

 Web Site

log.bannigadhi@gmail.com

४५

ढकारी गाउँपालिका

अछाम

 Web Site

info@dhakarimun.gov.np

४६

तुर्माखाँद गाउँपालिका

अछाम

 Web Site

info@turmakhadmun.gov.np

४७

मोहन्याल गाउँपालिका

कैलाली

 Web Site

ito.mohanyalmun@gmail.com

४८

चुरे गाउँपालिका

कैलाली

 Web Site

chure.gaupalika@gmail.com

४९

बर्दगोरिया गाउँपालिका

कैलाली

 Web Site

info@bardgoriyamun.gov.np

५०

जानकी गाउँपालिका

कैलाली

 Web Site

janakiruralmun@gmail.com

५१

जोशीपुर गाउँपालिका

कैलाली

 Web Site

info@joshipurmun.gov.np

५२

कैलारी गाउँपालिका

कैलाली

 Web Site

info@kailarimun.gov.np

५३

लालझाडी गाउँपालिका

कञ्चनपुर

 Web Site

info@laljhadimun.gov.np

५४

बेलडाँडी गाउँपालिका

कञ्चनपुर

 Web Site

info@beldandimun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team