भूगोलका प्रकार
मानव भूगोलका प्रकार दुई
सामाजिक भूगोलका
प्रकार
महादेश : - महादेश आपसमा जोडिएको पृथ्वीको ठूलो भूभाग हो। एक महादेशमा थुप्रै साना-ठूला देशहरू हुन्छन्। संसारमा कतिवटा महादेश छ भन्ने कुरामा सबैको एकैमत भने छैन। महादेशहरूले पृथ्वीको कुल भुभागको २९.७ प्रतिशत हिस्सा ओगटेको छ । सामान्यतया सातवटा महादेश छ भनिन्छ।
कोही उत्तर अमेरिका र दक्षिण अमेरिका एकै महादेश हो भन्ने मान्यता राख्दछन्। कोही भने युरोप र एसिया अलग महादेश नभईकन युरेशिया भनिने महादेशका दूई भाग हुन् भन्दछन्। कोही त अझ युरेशिया र अफ्रिका पनि अलग नभएर युरेफ्रेशिया भनिने एक महादेश हो भन्दछन्।
१.एसिया महादेश (Asia Continent)
विश्वको सबैभन्दा ठूलो महादेश
४८ वटा भन्दा बढी देशहरू, भुपरिवेष्टित राष्ट्रको संख्या - १२ ओटा
अधिकाश भू-भाग उत्तरी गोलार्द्धमा रहेको
अक्षांश -१०डिग्री दक्षिणी अक्षांश देखि ७८ डिग्री उत्तरी अक्षांशसम्म
देशान्तर - २५ डिग्री पूर्वी देशान्तर देखि १८० डिग्री पूर्वी देशान्तर पार गरी १७०डिग्री पश्चिमी देशान्तरसम्म फैलिएको
उत्तर-दक्षिण चौडाइ - सरदर ८६०० कि.मि.
पूर्व पश्चिम लम्बाइ - सरदर ९६०० कि.मि.
क्षेत्रफल - ४,३९,९९,००० वर्ग कि.मि.(२९.९२%)
जनसङ्ख्या - ५४ %
एसिया महादेशमा
विश्वको सर्वाधिक अग्लो चुचुरो - सगरमाथा
विश्वको फराकिलो पठार - तिब्बतको पठार
विश्वको सबैभन्दा अग्लो पठार - पामिर पठार(५ हजार मि. उचाइमा, संसारको छनो पनि भनिने)
विश्वको गहिरो ताल - बैकाल ताल,
विश्वको सबैभन्दा ठूलो ताल - क्यास्पियन ताल (इरान रअ रुसको सिमानामा पर्दछ)
विश्वको सर्वोच्च स्थानमा रहेको ताल - तिलिचो ताल
विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ - चेरापुंजी (असाम भारत)
विश्वको सबैभन्दा धेरै जाडो हुने ठाउँ - भरखोयान्स् (रुस)
विश्वको अग्लो पर्वतमाला - हिमालय पर्वतमाला आदि पर्दछन् ।
उपनाम - विषमताको महादेश ,विविधताको महादेश मानिसको घर, सबै भन्दा ठूलो,भौगर्भिक रुपमा कान्छो
एसिया महादेशको
गहिरो भाग- मृत सागर (समुद्री सतह भन्दा ४२२ मिटर गहिरो)
सबैभन्दा ठूलो देश - चीन (क्षेत्रफल तथा जनसंख्याका आधारमा)
ठूलो देश- चीन, सानो देश - माल्दिभस
सबैभन्दा बढी टापु भएको देश - इण्डोनेशिया
सबैभन्दा बढी चिया उत्पादन गर्ने देश - भारत
ठूलो मरुभूमि - गोबि मरुभुमी(२४ लाख वर्ग कि.मि.चीन रअ मंगोलियाको सिमानामा पर्दछ)
घाँसे मैदान - स्टेप्स
प्रमुख पर्वतमाला - कुनलुन सान (३००० कि.मि., चीन)
धेरै हुलाक घर (Post office) भएको देश - भारत आदि हुन।
सिमाना
पुर्वमा - प्रशान्त महासागर
पश्चिमा - युरोप महादेश
उतरमा - सुमेरु महासागर
दक्षिणमा - हिन्दमहासागर
युराल पर्वतले एसिया र युरोप महादेशलाई छुट्याएको छ।
बेरिङ सागरले एसिया र उतर अमेरिका महादेशलाई छुट्याएको छ।
२. अफ्रिका महादेश (Africa Continent)
विश्वको दोस्रो ठूलो महादेश
सबैभन्दा बढी देश (५४ वटा)
भुपरिवेष्टित राष्ट - १६ ओटा
उत्तर-दक्षिण चौडाई - सरदर ८,००० कि.मि.
पूर्व-पश्चिम लम्बाई - सरदर ७,४४० कि.मि.
क्षेत्रफल - २,९७,८५,००० वर्ग कि.मि.(२०.४%)
जनसंख्या - १६%
अक्षांश - ३७ डिग्री उत्तरी अक्षांश देखि ३५ डिग्री दक्षिणी अक्षांशसम्म
देशान्तर - २० डिग्री पश्चिमी देशान्तर देखि ५० डिग्री पूर्वी देशान्तर सम्म फैलिएको
अफ्रिका महादेशको
ठूलो देश- सुडान, सानो देश - सेसेल्स
सबैभन्दा ठूलो ताल - भिक्टोरिया ताल
सर्वोच्च शिखर - किलिमन्जरो (५८९५ मि.)
सबैभन्दा ठूलो घाँसेमैदान - भेल्ट
प्रमुख पर्वतमाला - एटलस (२५०० कि.मि.,मोरक्को, अल्जेरिया र टुनिऐसिया)
सबै भन्दा होचो भाग - लेक असल
सर्वोच्च शिखर एवम् ज्वालामुखी पर्वत - किलिमन्जरी (समुद्र सतहबाट ५८९५ मि. उचाई)
सबैभन्दा बढी जनसंख्या भएको सहर - लागोस (नाइजेरिया)
सबैभन्दा चिसो हावापानी पाइने देश- मोरक्को
अफ्रिका महादेशमा
विश्वकै सबैभन्दा लामो नदी - नाइल(६,६९० कि.मि इजिप्ट)
सबैभन्दा ठूलो हीरा खानी - किम्बर ले माइन,
स्वर्ण उत्पादक नगर - जोहान्सवर्ग,
विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ - अल अजिजिया (लिबिया)
विश्वको सबैभन्दा ठूलो मरुभूमि - सहारा मरुभुमी आदि पर्दछन् ।
उपनाम- विविधताको महादेश, कालो/अँध्यारो महादेश, प्राचीन महादेश,
सिमाना
पुर्वमा - लालसागर
पश्चिममा - आन्ध्रामहासागर
उत्तरमा - भुमध्ये सागर
दक्षिण - कुमेरु महासागर
यो महादेशलाई भूमध्य रेखाले बीचमा काटेको छ ।
यो महादेश उत्तरी र दक्षिणी गोलार्द्धमा फैलिएको छ ।
उत्तर अमेरिका (North America Continent)
विश्वको तेस्रो ठूलो महादेश (२९ वटा देशहरु )
उत्तर-दक्षिण लम्बाइ - सरदर ७२०० कि.मि.
पूर्व-पश्चिम चौडाइ - सरदर ४८०० कि.मि.
क्षेत्रफल - २,४३,२०,००० वर्ग कि.मि.(१६.९%)
जनसंख्या - (७.४%)
अक्षांश - १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म
देशान्तर - २० डिग्री पश्चिमी देशान्तरदेखि १६० डिग्री पश्चिमी देशान्तरसम्म
उत्तर अमेरिका महादेशको
ठूलो देश - क्यानडा, सानो देश - सेन्ट किड्स एन्ड नेभिस
सर्वोच्च शिखर - मेकिन्ने (६१९४ मि. , अलस्का र USA)
सबै भन्दा अग्लो चुचुरो - माउन्ट म्याकिन्ले(६,१९४ मि. अमेरिका)
सबैभन्दा होचो भाग - मृत्यु उपत्यका (Death Valley)
सबैभन्दा लामो नदि - मिसिसिपी मिसौरी(६,२४०कि.मि)
सबैभन्दा ठुलो मरुभुमी - ग्रेट वसिन(५ लाख वर्ग कि.मि.)
घाँसेमैदान - प्रियरिज
प्रमुख पर्वतमाला - रकि (४८००कि.मि. USA, क्यानडा)
उतर अमेरिका महादेशमा
विश्वको सबैभन्दा ठूलो ताजा पानीको ताल -सुपेरियर ताल
विश्वको सबैभन्दा ठूलो गुम्बज - एस्ट्रोम
बुड बफेलो नेशनल पार्क - क्यानडा (जंगली भैंसिको लागि प्रख्यात)
सिमाना
पुर्वमा - आन्ध्रामहासागर
पश्चिममा - प्रशान्त महासागर
उतरमा - सुमेरु महासागर
दक्षिणमा - पानामा नहर
उपनाम - नयाँ संसार (New World)/पश्चिमी गोलार्धको महादेश
भुपरिवेष्ठिता नभएको,बढी समुन्द्री किनारा भएको
उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको यो महादेश उत्तरी
गोलार्द्धमा अवस्थित
अमेरिगो विस्मुक्की नामक साहसी यात्रीकोकोकोकोको नाम बाट नाम राखिएको महादेश
क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा यो महादेश पत्ता लागाएका
उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई प्रेयरिज भनिन्छ।
उत्तर र दक्षिण अमेरिकालाई पनामा नहरलेले छुट्याएको छ।
दक्षिण अमेरिका (South America Continent)
विश्वको चौथो ठूलो महादेश
१२ भन्दा बढी देशहरू रहेको
भुपरिबेष्ठित राष्ट्रको संख्या - २ (वोलिभिया र पाराग्ये)
थोरै भाग उत्तरी र धेरै भाग दक्षिण गोलार्द्धमा फैलिएको
अक्षांश - १२ डिग्री उत्तरी अक्षांशदेखि ५६ डिग्री दक्षिणी अक्षांश सम्म
देशान्तर - ३५ डिग्री पश्चिमी देशान्तर देखि ८० डिग्री पश्चिमी देशान्तर सम्म
उत्तर दक्षिण - लम्बाइ - ७४४२ कि.मि.
पूर्व-पश्चिम - चौडाइ - ५२२१ कि.मि. (उत्तरपट्टिको फराकिलो भागमा)
क्षेत्रफल - १,७७,९८,५०० वर्ग कि.मि.(११.९%)
जनसंख्या - (५.४%)
दक्षिण अमेरिका महादेशमा
विश्वको सबैभन्दा लामो पर्वतमाला - एण्डिज (कोलम्बिया देखि चिलिसम्म)
विश्वको सबैभन्दा उचाइमा रहेको राजधानी - लापाज(बोलिभिया)
विश्वको सबैभन्दा ठूलो नदी - अमेजन
विश्वको सबैभन्दा ठूलो झरना - एन्जेल (भेनेजुएला)
विश्वको जलस्रोत र कफिको धनी राष्ट्र - ब्राजिल
दक्षिण अमेरिका महादेशको
ठूलो देश - ब्राजिल, सानो देश - टृनिडाड
अग्लो ताल - टिटिकाका(३८१० मि. उचाइमा)
ठूलो ताल - माराकाइबा
सर्वोच्चशिखर - एकाङ्कागोवा(६९९२ मि. ,अर्जेन्टिना )
ठूलो मरुभुमी - पोटागोमिया (६लाख २० हजार वर्ग कि.मि.)
घाँसेमैदान - पम्पाज(अर्जेन्टिना )
प्रमुख पर्वतमाला - एण्डिज (७२०० कि.मि., चीन, अर्जेन्टिना, पेरु,वोलिभिया)
उपनाम - भुमध्ये र मकर रेखाले काटेको, पक्षिहरुको महादेश
सिमाना
पुर्वमा - पानामा नहर र आन्ध्रा महासागर
पश्चिममा- प्रशान्त महासागर
उत्तरमा - पानामा नहर र आन्ध्रा महासागर
दक्षीणमा - कुमेरु महासागर
उत्तर - दक्षिण अमेरिकालाई पानामा नहरले छुट्याएको छ।
अन्टर्कटिका महादेश (Antarctica Continent)
पाँचौं ठूलो महादेश
कुनै पनि देश नभएको महादेश
दक्षिण ध्रुवीय क्षेत्र वरपर फैलिएको
क्षेत्रफल - १,३०,००,००० वर्ग कि.मि.(८.९%)
अक्षांश - ६६ डिग्री देखि ९० डिग्री दक्षिणी अक्षांशमा फैलिएको
पुर्व - पश्चिम लम्बाई - ३९००कि.मि.
उत्तर - दक्षिण चौडाई - ३१५० कि.मि.
अन्टर्कटिका महादेशको
सर्वोच्च शिखर - कोस्कियुसो
ठूलो मरुभुमि - ग्रेड भिक्टोरिया (६लाख ५० हजार वर्ग कि. मि)
घाँसे मैदान - डाउस
प्रमुख पर्वतमाला - माउन्ट एल्स वर्थ (३५०० कि.मि.)
सिमाना - चारै तिर कुमेरु महासागरले घेरेको
सधैंभरि हिउँले ढाकिरहने महादेश
(संसारको ९० प्रतिशत हिउँ यो महादेशमा रहेको पाईन्छ )
उपनाम - हिमचादर,दक्षिणी धुर्विय
मानव बसोबास नभएको महादेश
सबैभन्दा पछि पत्ता लागेको महादेश
(नोट: यो महादेशमा विभिन्न देशहरूले अनुसन्धानका लागि केही भाग आ-आफ्नो कब्जामा राखेका छन)
युरोप महादेश (Europe Continent)
विश्वको छैटौ ठूलो महादेश
५० भन्दा बढी देशहरु रहेका
भुपरिवेष्ठित राष्ट्रको संख्या - १८ ओटा (सबै भन्दा बढी )
अक्षांश - ३९ डिग्री उत्तरी अक्षांश देखि ७१ डिग्री उत्तरी अक्षांशसम्म
देशान्तर - ६५ डिग्री पूर्वी देशान्तर देखि २० डिग्री पश्चिमी देशान्तरसम्म
पूर्व-पश्चिम लम्बाइ - ६४०० कि.मि.
उत्तर-दक्षिण चौडाइ - ४८०० कि.मि.(बीचको फराकिलो भागमा)
क्षेत्रफल - १,०४,९८,००० वर्ग कि.मि.(६.८%)
जनसंख्या - (०.५%)
युरोप महादेशको
ठूलो देश - रूस सानो देश - भ्याटिकन सिटि
सर्वोच्च शिखर - माउन्ट एल्ब्रुज (५६३३ मि. रसिया)
घाँसे मैदान - स्टोस
प्रमुख पर्वतमाला - आल्पस(१२००कि.मि. स्विजरल्याण्ड)
प्रसिद्ध नदी - एनिसि (७५०६ कि. मि.जुन ७ भन्दा बढी देश भएर बहन्छ)
प्रमुख सहरहरू - लण्डन, पेरिस, मस्को, जेनेभा, रोम, बर्लिन, हेग आदि
स्केण्डेनेभियन क्षेत्रमा पर्ने देशहरु - नर्वे, स्वीडेन डेनमार्क आइसल्याण्ड र फिनल्याण्डलाई (स्केण्डेनेभियन क्षेत्र युरोपमा पर्दछ)
Buffer Zone of Europe - बेल्जियम
उपनाम-भित्री समुद्रहरूले घेरिएको महाद्वीप', 'लामो समुद्री किनारा भएको महाद्वीप', 'प्रायद्वीपको प्रायद्वीप', उत्तरी गोलार्धको महादेश, मरुभुमी नभएको महादेश, भुमध्ये रेखाले नछोएको महादेश, बढी भुपरिवेष्ठित भएको महादेश
सिमाना
पुर्वमा- एसिया महादेश
पश्चिममा- आन्ध्रा महासागर
उत्तरमा -सुमेरु महासागर
दक्षिणमा - भुमध्ये सागर
युरिप महादेश पूरै भाग उत्तरी गोलार्द्धमा फैलिएको छ।
युरोप महादेशको युक्रेनलाई 'Bread Basket of the World' भनिन्छ।
अष्ट्रेलिया महादेश (Australia Continent)
विश्वको सबैभन्दा सानो महादेश
पूरैभाग दक्षिणी गोलार्द्धमा फैलिएको
अक्षांश - १० डिग्री दक्षिणी अक्षांशदेखि ४० डिग्री दक्षिणी अक्षांशसम्म
देशान्तर - १४४ डिग्री पूर्वी देशान्तरदेखि १८० डिग्री पूर्वी देशान्तरसम्म
पूर्व-पश्चिम लम्बाइ - करिब ३९०० कि.मि.
उत्तर-दक्षिण चौडाइ - करिब ३१५० कि.मि.
क्षेत्रफल - सरदर ७६,८६,३०० वर्ग कि.मि.(५.३%)
जनसंख्या - ०.५%
अष्ट्रेलिया महादेशको
सबैभन्दा होचो स्थान - आइरा ताल
(समुद्री सतहभन्दा १६ मिटर गहिरो)
खोज - ऐवेत तस्मान र जेम्स कुकले गरेका
ठूलो ताल - आइरा
सर्वोच्च शिखर - भिन्सन्प्यासिव
सबैभन्दा लामो पर्वत श्रृंखला - ग्रेट डिभाइडिङ रेन्ज (३६०० कि.मि.)
ठूलो नदि - मरे डार्लिङ (३७५०कि.मि.)
ठूलो मरुभुमी - ग्रेट भिक्टोरिया
ठूलो देश - अष्ट्रेलिया सानो देश - नाउरु
सर्वाधिक उन उत्पादन हुने महादेश
विशिस्ट जिवजन्तुहरु - कंगार, कोला, वियर, जंगली कुकुर, डिगो, वालावी, बोम्बाट आदि
उपनाम - विचित्रताको महादेश, कंगारुको महादेश, पातल कुवाको महादेश, Island Continent (टापु महादेश)
सिमाना
पुर्वमा - प्रशान्त महासागर
पश्चिममा- हिन्द महासागर
उत्तरमा- हिन्द महासागर
दक्षिणमा - कुमेरु महासागर
यस महादेशको उत्तर-पूर्वतर्फ केही पर समुद्री भागमा झण्डै २००० कि.मि. लामो विशाल मुगाको ढिस्को रहेको छ। यो डिस्का मुगा भन्ने समुद्री किराको हाडखोडबाट बनेको हो ।
(नोट: यहाँ अष्ट्रेलिया, न्यूजिल्याण्ड, पपुवा न्यू गिनी लगायत अन्य १० भन्दा बढी टापु राष्ट्रहरू छन्।)
Leave Your Comment