दक्षिण अमेरिका
परिचय
दक्षिण अमेरिका
उत्तर अमेरिका महादेशको दक्षिणमा स्थित छ। पनामा नहरले यि दुबै महादेशलाई
छुट्याउँछ । यसको पश्चिममा प्रशान्त महासागर (Pacific Ocean ) छ र
पूर्वमा आन्ध्र महासागर (Atlantic Ocean) पर्दछ । दक्षिण
अमेरिका पश्चिमी गोलार्धमा रहेको एउटा महादेश हो , जुन उत्तर
अमेरिकाको दक्षिणपूर्वमा अवस्थित छ । दक्षिण अमेरिका उत्तरमा १३ ० उत्तरी अक्षांश
(गैलिनस केप) देखि दक्षिणमा ५६ ० दक्षिण अक्षांश (हर्न केप) र पूर्वमा ३५ ० पश्चिम
देशान्तर (रेशिको केप) देखि ८१ ० पश्चिम देशान्तर ( परिना केप) सम्म ) विस्तृत छ। क्यारिबियन सागर र पनामा नहर उत्तरमा , पूर्व र उत्तर-पूर्वमा ब्लाइन्ड महासागर , पश्चिममा
प्रशान्त महासागर र दक्षिणमा अन्टार्कटिक महासागर अवस्थित छन् । भूमध्य रेखा यस महाद्वीपको उत्तरी भागबाट जान्छ
र मकर रेखा उष्णकटिबंधीय मध्य भागबाट जान्छ, जसका कारण यसको
अधिकांश भाग उष्णकटिबंधीय क्षेत्रमा पर्दछ । दक्षिण अमेरिकाको उत्तरदेखि
दक्षिणसम्मको लम्बाइ करिब ७,२०० किलोमिटर र पश्चिमदेखि
पूर्वसम्मको चौडाइ ५,१२० किलोमिटर छ। यो विश्वको चौथो ठूलो
महादेश हो, जुन आकारमा भारत भन्दा करिब ६ गुणा ठूलो छ ।
पानामा नहरले यसलाई उत्तर अमेरिकी महाद्वीपबाट पनामाको इस्थमसमा अलग गर्दछ । तर
पनामा देश उत्तरी अमेरिकामा आउँछ । हजार किलोमिटर लामो तटवर्ती रेखा रहेको यस
महादेशको तटीय रेखा सीधा र समतल छ, तटमा टापु, प्रायद्वीप र खाडीहरू कम भएकाले राम्रो बन्दरगाहको अभाव छ। खनिज र
प्राकृतिक सम्पदाले भरिपूर्ण यो महादेशमा तातो र आर्द्र हावापानी, हिमाल, पठार, घना जंगल र
मरुभूमिका कारण विकास हुन सकेको छैन । यहाँ संसारको सबैभन्दा लामो पर्वत श्रृंखला,
एन्डिज पर्वत श्रृंखला , र अग्लो ताल टिटिकाका
छन् । भूमध्य रेखा नजिक रहेको पेरु देशमा चिम्बोरेजो र कोटोपाक्सी नामक विश्वका
अग्लो ज्वालामुखी हिमालहरू छन्, जसको उचाइ लगभग ६,०९६ मिटर छ। अमेजन, ओरिनोको , रियो
डे ला प्लाटा यहाँका प्रमुख नदीहरू हुन्। दक्षिण अमेरिकाका अन्य नदीहरू ब्राजिलको
साओ फ्रान्सिस्को,कोलम्बियाको म्याग्डालेना र अर्जेन्टिनाको
रियो कोलोराडो हुन्। यस महादेशमा ब्राजिल फकल्याण्ड टापुहरूभनेर चिनिन्थ्योडच
गुयाना(पहिलेसुरिनाम(ब्रिटिश, फ्रेन्च), गुयाना, भेनेजुएला, कोलम्बिया,
इक्वेडर, पेरु, बोलिभिया,
पाराग्वे, उरुग्वे, चिली,अर्जेन्टिना,
- क्षेत्रफल १,७७,९८,५०० वर्ग कि.मि,
- कुल स्थलिय भूभागको ११.९
प्रतिशत भुभाग ओगटेको,
- जनसंख्याः–६ प्रतिशत
- उत्तर दक्षिण लम्वाई ७,४४२ कि.मि.
- पूर्व पश्चिम चौडाई ५,२२१ कि.मि.
अवस्थीती
- १२ डिग्री उत्तरी अक्षांश देखि ५६ डिग्री
दक्षिणी अक्षांश
- ३५ डिग्री पश्चिमी देशान्तर
देखि ८० डिग्री पश्चिमी देशान्तरसम्म
चार दिशाः–आप्र–आक्या–कु
- पुर्वमा आन्ध्र महासागर
- पश्चिममा प्रशान्त महासागर
- उत्तरमा आन्ध्र महासागर कै
क्यारिबियन सागर
- दक्षिणमा कुमेरु
महासागर/अन्टार्कटिका महादेश
विशेषताहरु
- चौथो ठूलो महादेश ।
- पंक्षीको महादेश ।
- धेरै भाग दक्षिण
गोलाद्र्धमा पर्ने,
विविध जानकारी
दक्षिण अमेरिका लामो
समयसम्म यूरोपेली उपनिवेशबाट गुज्रिएको थियो । कोलम्बसले अमेरिका पत्ता लगाएपछि
यूरोपबाट स्पेनिस र पोर्चुगालीहरू बसाइँ सरी दक्षिण अमेरिका पुगेका थिए ।
यिनीहरूले दक्षिण अमेरिकाका आदिवासीलाई परास्त गरी त्यहाँको इन्का सभ्यता लोप गराए
र आफ्नो सभ्यता तथा शासन स्थापित गरे । त्यसैले दक्षिण अमेरिकी मानिसको जीवनशैली
मौलिक नभई यूरोपको प्रभाव रहेको छ ।
- द. अमेरिका महादेशका दुई भूपरीवेष्ठित मुलुकहरुः–
बोलिभिया र पाराग्वे,
- विश्वको सबैभन्दा उचाईमा
रहेको राजधानीः–बोलिभियाको राजधानी लापाज,समुन्द्र
सतहबाट ३,६५८ मिटर उचाईमा रहेको
- बोलिभिया नै त्यस्तो
राष्ट्र हो जसमा दुई राजधानी रहेका छन् । एउटा लापाज र अर्को सुक्रे ,
- विश्वमै धेरै सैनिक विद्रोह
हुने मुलुक बोलिभिया,
- दक्षिण अमेरिकाको सबैभन्दा
उच्च भूभागः–माउण्ट एकान्कागुवा, ६,९६२ मी., अर्जेन्टीना, एण्डीज
पर्वतमाला
- होचो भागः– Penisula
Valdes , –४० मि.
- सबैभन्दा ठूलो राष्ट्र
ब्राजील, क्षेत्रफल ८५,४७,४०४ वर्ग कि.मि, राजधानीः–ब्रासिला, जनसंख्या २० करोड,
- यो महादेशको सबैभन्दा सानो
राष्ट्र ट्रिनिदाद एण्ड टोवागा, क्षेत्रफल ५,१२४ वर्ग कि.मि.,
- यो महादेशमा १२ वटा
राष्ट्रहरु रहेका,
- ठुलो हिमनदी पेरिटो मेरिनो,
- ठुलो तालः–माराकाइबा,
क्षेत्रफल,१३५०० वर्ग कि.मि., भेनेजुएला
- विश्वकै ठुलो नदीः–अमेजन,
६,२९६ कि.मि.
- घाँसे मैदानः–पम्पाज
- प्रमुख पर्वतमालाः–एण्डीज,
७,२०० मि. कोलम्बीया देखि चिली सम्म ६
राष्ट्रमा फैलिएको,
- एण्डीज पर्वतमालाबाट
सिर्जित मरुभुमीः–पारागेनिया
- एण्डीज पर्वतमाला उत्तरमा
ट्रिनी द्धिपबाट दक्षिणमभा स्टानन द्धिपसम्म फैलिएको,
- ठुलो मरुभुमीः–पाटागोनिया
मरुभुमी, अर्जेन्टीना
- गर्मि हुने
ठाउँः–अर्जेन्टिनाको रिकाडाभीया
- जाडो हुने
ठाउँः–अर्जेन्टीनाको सर्मिएन्टो
- विषम हावापानीको
देशः–अर्जेन्टीना
- जलस्रोतमा विश्वकै धनी
देशः–ब्राजिल
- विश्वमा सबैभन्दा धेरै कफी
उत्पादन गर्ने देशः–ब्राजिल
- विश्वको सबैभन्दा अग्लो
झरनाः–एन्जेल, भेनेजुएला(९७९ मि.) द. अमेरिका
- द. अमेरिकाको सबैभन्दा
उचाईमा रहेको तालः–टिटिकाका, पेरु,३८१० मि.
- विश्वको सबैभन्दा लामो
देशः–चिली
- दक्षिण अमेरिकाका नदिहरु
एण्डीज पर्वतबाट सुरु भई आन्ध्र महासागरमा खस्छन्,
- द. अमेरिकालाई भौगोलिक
आधारमा तिन भागमा विभाजन गरिएकोः–एण्डीज पर्वत श्रेणी, मध्य
समतल भुमि र पुर्वी उच्च भुमि)
- एण्डीज पर्वत श्रेणी
द.अमेरिकाको पश्चिममा पर्दछ ।
- पृथ्वीको केन्द्रबाट
सबैभन्दा अग्लो बिन्दु–चिम्बोराजो इक्वेडरमा पर्ने
- इक्वेडेरियल क्षेत्रमा
गर्मि र चिस्याईलो पाईन्छ ।
- अटाकामा मरुभुमि क्षेत्र
चिलीमा वर्षा शुन्य मात्रामा पाईन्छ ।
- प्रमुख नदीहरुः–अमेजन
ओरिन्को, पराना,पाराग्वे, उरुग्वे, रियोग्राण्डो।
- प्रमुख शहरहरुः–ब्रासिला,
रियो दि जेनेरियो–ब्राजिल, व्युनर्स
आयर्स–अर्जेन्टीना, बोगोटा–कोलम्बीया, लापाज–बोलिभिया, साल्भाडोर
- प्रमुख देशहरुः–ब्राजिल,
अर्जेन्टीना, चिली, कोलम्बीया, पेरु, उरुग्वे,भेनेजुएला, पाराग्वे, इक्वेडोर,
गुयना ।
- प्रमुख उद्योगहरुः–कोको,
कफि, उखु, खाद्यन्न,
रबर सम्बन्धी
- खनिज पदार्थः–सुन, चाँदी, हिरा, टिन,
ताँवा
- प्रमुख जातीहरुः–पुर्तगाली,
उत्पत्तीका आधारमा युरापेली जाती, रेड
इण्डीयन, काला जाती, निग्रो,
म्युलेटोस, मेस्टीजोसको मिश्र प्रजाती
- विश्व सम्पदाका स्थलहरु
मारासाईट र कोपन द. अमेरिकामा पर्ने ।
Leave Your Comment