राजपत्र अनकित
द्धितीय श्रेणी, अप्राविधिक
तर्फका विभिन्न सेवा/समूह, खरिदार
वा सो सरह पदको प्रतियोगितात्मक लिखित परीक्षाको
नमूना प्रश्न Set 1
समय: २ घण्टा ३०
मिनेट पूर्णाङ्क :
१०० उत्रिर्णाङ्क : ४०
तृतीय
पत्र (Paper III): कार्य ज्ञान
सम्बन्धी (job knowledge)
प्रत्येक Section का
प्रश्नहरुको उत्तर बेग्ला बेग्लै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा
उत्तरपुस्तिका रद्द हुनेछ ।
Section (A)-35 अङ्क
तलका
प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।
१)
निजामती सेवा ऐन, २०४९
मा राजपत्राङ्कित विशिष्ट श्रेणीसम्मको सेवाको क्लस्टर सम्बन्धी गरिएको व्यवस्था
उल्लेख गर्नुहोस्। (५)
२) 'नागरिक
बडापत्र सार्वजनिक सेवा प्रवाहको आधार स्तम्भ हो' पुष्टी गर्नुहोस्
। (५)
३)
सार्वजनिक सेवा र सुशासन बीचको अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् । (५)
४)
विद्युतीय शासनको चरणहरु उल्लेख गर्दै नेपालमा यसको वर्तमान अवस्थाबारे चर्चा
गर्नुहोस् । (३+७)
५)
भ्रष्टाचार भनेको के हो ?
भ्रष्टाचार निवारण ऐन, २०५९
मा रिसवत लिए वा दिएमा के-कस्तो सजायको व्यवस्था रहेको छ ? उल्लेख
गर्नुहोस् । (३+७)
Section (B)- 35 अङ्क
तलका
प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।
६) लेखाको
परिचय दिँदै नेपालको सरकारी लेखा प्रणालीमा रहेका रहेका समस्याहरु छोटकरीमा चर्चा
गर्नुहोस् । (२+३)
७)
कम्प्यूटराईज्ड सरकारी लेखा प्रणालीका उद्देश्यहरु उल्लेख गर्नुहोस् । (५)
८) मूल्य
अभिवृद्धि कर प्रणालीलाई के कारणले बैधानिक कर प्रणाली मानिन्छ ? उल्लेख
गर्नुहोस् । (५)
९) लेखा
परीक्षणको आवश्यकताबारे प्रष्ट पार्दै आन्तरिक र अन्तिम लेखा परीक्षणको भिन्नता
उल्लेख गर्नुहोस् । (५+५)
१०)
जिन्सी व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ?
नेपालमा जिन्सी श्रेस्तामा देखिएका
समस्याहरुबारे चर्चा गर्दै उक्त समस्याहरु समाधान गर्न के कस्ता उपायहरु अपनाउन
सकिन्छ ? उल्लेख
गर्नुहोस् । (२+४+४)
Section (C)-30 अङ्क
तलका प्रश्नहरुको
छोटो उत्तर लेख्नुहोस् ।
११)
राजपत्रको परिचय दिँदै यसको यसको महत्वबारे संक्षेपमा चर्चा गर्नुहोस् । (२+३)
१२) उच्च
अदालतका क्षेत्राधिकारबारे उल्लेख गर्नुहोस् । (५)
१३) म्याद
भनेको के हो ? यसका
उद्देश्यहरु उल्लेख गर्दै हदम्याद र म्यादबीचका भिन्नताहरु लेख्नुहोस् । (२+३+५)
१४) नजीर भन्नाले
के बुझ्नुहुन्छ ? नजीरका
प्रकारहरु उल्लेख गर्दै यसका सबल एवं दुर्बल पक्षहरुबारे चर्चा गर्नुहोस् । (२+४+४)
Leave Your Comment