Logo

Blog Details

घाटु नाचबारे लेख्नुहोस् ।

SS Team 2025-02-11 17:06:48 497 0

घाटु नाच विशेषत: गुरुङ जातिमा प्रचलित लोकनृत्य हो । विशेष गरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औंसीदेखि मध्ये वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरूङहरूको लोक संस्कृतिमा आधारित एउटा गीती-नाटक हो ।

गण्डकी प्रदेशका विभिन्न भागमा वसोवास गर्ने गुरुङ, मगर , दुरा समुदायमा प्रचलित घाटु नाच बसन्त पञ्चमीका दिन सुरु भई बैसाख पुर्णिमाका दिन समाप्त हुन्छ ।

बसन्त पञ्चमीका दिन तीन चार जना कन्याहरुलाई नुवाईधुवाई गरी तिनलाई बोकेर शुद्ध घरमा लगेर राखिन्छ । पछि तिनमा भाकल गराई गुरु तथा गायन टोली समक्ष राखेर देवीदेवताहरुमा लिन गराईन्छ ।

घाटु जगाई देवि देवताको अंश चढेकी केटीलाई घाटुली भनिन्छ ।

घाटुलिले नाच्दा छिटको गुन्यु, चोली , घलेक , पटुका , लगाउने तथा शिरमा रंगीविरंगीहरु पाताहरु

सजाउँछन् ।

यस नाचमा मादल तथा हातको ताली बजाईन्छ । प्रौढ स्त्री तथा पुरुष गित गायनमा सरिक हुन्छन् ।

 

यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक पाउने गरिएको छ । १६ औँ शताब्दीतिर लमजुङका एक दम्पत्ति राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ ।

 

घाटु नाच दुई प्रकारका रहेका छन्:-

 

१. सति घाटु

 

प्रचलित सति घाटु विमेसै नाचिदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । सति घाटु नाच मातातिर्थ औसी देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ ।

 

२. बाह्रमासे घाटु

 

बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेषगरी गुरुङ समुदाय को गाउँ बस्ती अथवा मगर समुदाय को बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजाअर्चना गर्न पर्दैन

 

घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयबस्तु अनुसार आवश्यक संख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ। घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ ।

 

घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुदा गाउने कलाकार छ दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सति घाटुमा गुरुवाले गितवाटै मंगलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिंगार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्दछन ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team