Logo

Blog Details

समावेशीकरण भनेको के हो ? यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् ।

SS Team 2025-02-12 23:15:09 1665 7

समावेशीकरण भनेको के हो यसका क्षेत्रहरु संक्षेपमा उल्लेख गर्नुहोस् ।

उत्तरः समावेशीकरणको परिभाषाः

समावेशीकरण राज्य संयन्त्रमा सबैको सहभागिता हो।

- समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवम् अंगहरुमा सवैको सहभागितको वकालत गर्दछ ।

- महिलादलितगरिब वा पछाडि परेका वर्ग वा समुदायलाई राज्यको नीति निर्माणनिर्णय प्रक्रिया एवम् कार्यसम्पादन प्रक्रियामा अर्थपूर्ण सहभागी गराउने कार्य नै समावेशीकरण हो ।

- यो सुशासनको एक पूर्व शर्त हो ।

समावेशीकरणका क्षेत्रहरुः-

राजनीतिक क्षेत्रः राजनीतिक दल निर्वाचित एवंम् मनोनयन हुने विभिन्न पदमन्त्री आदिमा समावेशीकरण गर्न सकिन्छ ।

प्रशासनिक क्षेत्रः निश्चित समयसम्म प्रशासनिक पदहरुमा समावेशीकरण गर्न सकिन्छ । आरक्षणसकरात्मक विभेद आदिको व्यवस्था गरेर यो गर्न सकिन्छ ।

आर्थिक क्षेत्रः कर छुटऋण सुविधाभूमिको न्यायोचित वितरणसामाजिक सुरक्षा आदिको व्यवस्था गरेर समावेशीकरण गर्न सकिन्छ ।

सामाजिक क्षेत्रः सामाजिक सुरक्षारोजगारी,सामाजिक विभेद एवम् हिंसाको अन्त्य गरेरसमावेशीकरण गर्न सकिन्छ ।

शैक्षिक क्षेत्रः निःशुल्क शिक्षाको व्यवस्थापोशाक एवम् पुस्तक वितरण आदि मार्फत समावेशीकरण वढाउन सकिन्छ ।

सारांशमा भन्नुपर्दाराज्य प्रणालीमा सबैकोपहिचानप्रतिनिधित्वप्रतिष्ठा एवम् पहँच बढाउने एउटा नविनतम अवधारणा का रुपमा समावेशीकरणलाई अघि सारिएको छ । यही मान्यतामा आधारित भएर नेपालमा यसलाई अवलम्वन गरिएको छ । समानुपातिक प्रतिनिधित्वसकारात्मक विभेदआरक्षण, सशक्तिकरणलक्षित कार्यक्रम आदिको व्यवस्था गरी यसलाई व्यवस्थित गर्न खोजिएको छ ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team