Logo

Blog Details

पारिस्थितिक प्रणाली

SS Team 2025-02-24 22:09:33 991 0

पारिस्थितिक प्रणाली

        पृथ्वीमा रहेका जैविक र अजैविक तत्वहरु बीचको अन्तरक्रिया एवम् अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ ।

        वातावरणमा रहेका हावा, पानि, ढुङ्गा, माटो, प्रकाश जस्ता निर्जीव वस्तु र सजीव बिचको अन्तरसम्बन्धबाट बनेको निरन्तर,स्थायी र स्वचालित प्रणालीलाई पारिस्थितिक प्रणाली भनिन्छ।

कस्तो अन्तरसम्बन्ध ?

        हरिया वनस्पतिले माटाबाट पानी, लवण, वायुमण्डलबाट कार्बन डाइअक्साइड प्राप्त गरी सूर्यको प्रकाशको उपस्थितिमा पातमा रहेको हरितकणमा खाना बनाउँछ ।

        जीवहरूले सास फेर्न वातावरणबाट अक्सिजन लिन्छन्र कार्बन डाइअक्साइड ग्याँस फाल्छन्‌, जुन बिरुवाले खाना बनाउन प्रयोग गर्छन्

        पोखरीमा हुने जलकम्भी तथा अन्य जलीय वनस्पतिहरूले पोखरीमा भएको पानी, माटोबाट आवश्यक तत्वहरू सोसेर लिन्छन्

        सबै जीवहरू मरेपछि यिनीहरूको शरीर विच्छेदकद्वारा कृहिन्छ र ससाना अणुमा परिणत हुन्छ जसलाई बिरुवाले सोसेर लिन्छन्

        यसरी वातावरणमा रहेका सजीव र निर्जीव वस्तुहरूबिच अन्तरसम्बन्ध कायम भएको हुन्छ।

        वातावरणको महत्वपूर्ण पक्ष इकोसिस्टम हो, जुन जैविक र अजेविक तत्वहरु मिली बनेको हुन्छ ।

        अजैविक तत्व अन्तर्गत हावा, पानी, माटो, सूर्य, उर्जा आदि पर्दछन्भने जैविक तत्त्वअन्तर्गत उत्पादक, उपभोक्ता र विच्छेदक पर्दछन्

        जैविकको लागि अजैविक तत्वहरु उपयुक्त तरिकाबाट निरन्तर उपलब्ध भई इकोसिस्टम सञ्चालन भइरहन्छ ।

        हरिया वनस्पतिहरू उत्पादक हुन्भने तिनलाई खाएर आफनो जीवन निर्वाह गर्ने उपभोक्ता हुन्

        ईकोसिस्टममा विच्छेदकले मरेका वस्तुलाई सडाउने, गलाउने गर्छ र माटामा मिलाउँछ । यसलाई विरुवाहरूले प्रयोग गरी खाना बनाउँछन्

        कुहिएर माटामा मिलेका जैविक तत्त्वहरू विरुवा हुर्किन र बढ्न प्रयोग हुन्छन्

        जनावर र बिरुवाहरूबिच कार्बन डाइअक्साइड र अक्सिजन ग्याँस निरन्तर साटफेर हुने गर्दछ ।

विशेषता

     एउटा निश्चित भौगोलिक सीमा हुन्छ । तलाउ ,नदी,मरुभूमी,घाँसे मैदान,महासागर सम्म ।

       जैविक र अजैविक वस्तुबीचको तालमेल भएको हुन्छ । जीवहरु बाँच्नका लागि जैविक अजैविक तत्वमा भर पर्छन् ।

       a functional unit/dynamic /active process ( निर्जीव मात्रै भएर हुदैन । सजिब बस्तु पनि हुनुपर्छ अनि सक्रिय हुन्छ ।)

       जिबहरु freedom हुनुपर्छ । मानबिय हस्तक्षेप कम । Open Space हुनुपर्छ ।

       ३ वटा पक्ष अनिवार्य हुनैपर्छ । ऊर्जा,जैविक अजैविक पक्ष ।

       Energy Flow Process हुन्छ ।

 

पारिस्थितिक पद्वतिमा मुख्य २ प्रकारका तत्वहरू रहेका हुन्छन्

१। जैविक तत्वहरू-

उत्पति हुने, बृद्धि र विकास भई जीवनको अन्त्यमा मरेपछि कुहिने सड्ने अनि माटोमै मिल्ने  सजिव जन्तु, वनस्पति तथा सृक्ष्मजीवहरूलाई जैविक तत्त्व भनिन्छ ।यिनीहरूलाई खाना प्राप्त गर्ने प्रक्रियाका आधारमा तीन भागमा बाँडिन्छ; उत्पादक,उपभोक्ता र विच्छेदक ।

 २। अजैविक तत्वहरू 

अजैविक तत्वहरू भन्नाले पारिस्थितिक पद्धतिमा रहेका निर्जीव तत्वहरू पर्दछन्। जस्तै:- हावा, पानी, माटो, प्रकाश, जलवाष्प, ताप, खनिज पदार्थ, आदि ।

 

 

 उत्पादक/ स्वपोषक/ Autotrophic/Producer

पारिस्थितिक पद्धतिमा रहेका हरिया वनस्पतिहरू जसले आफ्नो खाना आफैँ निर्माण गर्दछन्र उपभोक्ताका लागि समेत खाना प्रदान गर्दछन्तिनीहरूलाई उत्पादक भनिन्छ । यिनिहरूले सूर्यको प्रकाशको उपस्थितिमा वातावरणमा भएको हावा र जराबाट सोसेको पानीको प्रयोग गरी खाना बनाउँछन्। अरु सजिवमा भर पर्दैनन् । यिनिहरुले उत्पादन गरेको उर्जा माथिल्लो तहका जिवले उपयोग गर्दछन् ।

धान, गहुँ, मकै, कोदो, तोरी, फापर, आँप, केरा, सुन्तला, स्याउ, नास्पाती आदि सबै बिरुवा भएको हँदा यी वनस्पतिहरू पनि उत्पादक हुन्

 

उपभोक्ता /परपोषक Consumer/Heterotrophic

पारिस्थितिक पद्धतिमा रहेका जीवहरू जुन खानाको लागि अन्य जीवमा भर पर्दछन् तिनीहरूलाई उपभोक्ता भनिन्छ । जस्तै :- किरा, फटयाङ्गा, गाई, बाख्रा, जरायो, वाघ आदि । बोटबिरुवा र तिनबाट प्राप्त अन्न,फलफूल खाएर बाँच्ने भएकाले हामी मानिस पनि उपभोक्ता हौ ।सबै जनावरहरू उपभोक्ता हुन्छन्। उपभोक्ताहरू पनि शाकाहारी, मांसाहारी र सर्वहारी हुन्छन्

उपभोक्तालाई मुख्यतया तीन भागमा बाँड्न सकिन्छ ।

        प्राथमिक उपभोक्ता : खानाको लागि वनस्पतिमा भर पर्ने जीवलाई प्राथमिक उपभोक्ता भनिन्छ ।शाकाहारी जीवहरू पर्दछन्। जस्तै: गाइ, भैंसी, खरायो, जरायो आदि ।

         द्वितिय उपभोक्ता : खानाको लागि प्रत्यक्ष रूपमा प्राथमिक उपभोक्तामा भरपर्ने जीवलाई द्वितिय उपभोक्ता भनिन्छ । यिनीहरूमध्ये कुनै मांसाहारी त कनै सर्वहारी हुन्छन्।जस्तै- विरालो, सर्प, स्याल आदि । 

        तृतिय उपभोक्ता : सजीवहरू जुन खानाका लागि प्राथमिक उपभोक्ता र द्वितीय उपभोक्तामा भर पर्दछन्‌, त्यसलाई तृतीय उपभोक्ता भनिन्छ । यी सजीवहरू शारीरिक रूपले बिकसित र बलिया हुन्छन्साथै पूर्ण रुपमा मांसाहारी हुन्छन्

 

विच्छेदक

मरेका जनावर तथा वनस्पतिको शरीर कुहाएर, सडाएर, गलाएर माटामा मिसाउन सहयोग गर्ने जीवहरूलाई विच्छेदक भनिन्छ । यस अन्तर्गत सुक्ष्मजीवहरू ब्याक्टेरिया, फन्जाई आदि पर्दछन्। विच्छेदकले आफ्नो इन्जाइम प्रयोग गरी वस्तुलाई गलाउँछन्र अन्तमा घुलनशील ससाना कणहरूमा परिणत गरिदिन्छ । जसलाई बिरुवाका जराले सोसेर लिन्छ ।बिरुवाहरूले आवश्यक पौष्टिक तत्त्वहरू माटाबाट प्राप्त गर्दछन्। यसकारण विच्छेदकहरूले इकोसिस्टम सन्तुलन कायम राख्न मदत गर्छन्

 

पारिस्थितिक प्रणालीलाई २ भागमा वर्गिकरण गर्ने गरिन्छ ।

) स्थलीय पारिस्थितिक पद्धति (Terrestrial Ecosystem) 

) जलीय पारिस्थितिक पद्धति (Aquatic Ecosystem)

जलिय पारिस्थितिक पद्धति

पानी भएको ठाउँमा कायम हुने पारिस्थितिक पद्धतिलाई जलिय पारिस्थितिक पद्धति भनिन्छ । पानीमा रहेको जैविक, अजैविक तत्वहरू तथा पानीका स्रोतहरूबीच एउटा स्थाई प्रकारको प्रणाली कायम भई जलीय पारिस्थितिक पद्धतिको निर्माण भएको हुन्छ । जस्तै : पोखरीको पारिस्थितिक पद्धति ।

स्थलिय पारिस्थितिक पद्धति

जमिनमा भएको ठाउँमा पाइने जैविक र अजैविक तत्वहरू बीच कायम रहेको प्रणालीलाई स्थलिय पारिस्थितिक पद्धति भनिन्छ । जस्तै :- चौरमा हुने, जङ्गलमा हुने,पहाड,मरुभूमी आदि स्थानमा हुने पारिस्थितिक पद्धतिहरू ।

पारिस्थितिक पिरामिड

कुनै पनि पारिस्थितिक पद्धतिका उत्पादकहरू, प्राथमिक उपभोक्ता, द्रितिय उपभोक्ता, र तृतिय उपभोक्ताहरूका संख्या, पिण्ड र शक्तिको मात्रा बीच निश्चित सम्बन्ध देखाउने गरी बनाइएको पिरामीड आकारको चित्रलाई

पारिस्थितिक पिरामिड भनिन्छ । यो संख्या पिरामिड,पिण्ड पिरामिड र शक्ति पिरामिड गरि ३ प्रकारको हुन्छ ।

Pyramid of number संख्या पिमामिड

निश्चित क्षेत्रमा रहने जिवहरुको संख्याको आधारमा निर्माण हुन्छ ।

सामान्यतया समुन्द्र र जमिनमा एकै हुन्छ । ठाडो हुन्छ ।

Parasitic , tree को Inverted

Pyramid of biomass जीव  पिण्डको पिरामिडको बनावट

जीवको तौलको Weight आधारमा निर्माण ।

स्थल र जलमा गरि २ प्रकारको हुन्छ ।

)स्थलमा हुने जीव पिण्डको पिरामिड

उत्पादक वनस्पति तथा रुखहरूको जीव पिण्ड सवैभन्दा वढी हुन्छ । त्यसपछि प्राथमिक, द्वितिय, तृतिय उपभोक्ताहरूको जीवपिण्ड क्रमश : कम हुँदै जान्छ र ठाडो प्रकारको जीव पिण्डको पिरामीड वन्दछ । स्थलिय जीवपिण्डको पिरामिड सुल्टो हुन्छ ।

)जलिय पारिस्थितिक पद्धतिको जीवपिण्डको पिरामिड

जलिय पारिस्थितिक पद्धतिमा जलिय विरुवाहरू/जिवहरु उत्पादक हुन्। तिनीहरूको जीवपिण्ड सवैभन्दा कम हुन्छ । क्रमश अन्यको बढ्दै जान्छ । उल्टो हुन्छ ।phytoplankton zooplankton fish wheel



जिव शक्तिको पिरामिड Pyramid of Energy

Energy Flow हेरिन्छ । १०% का दरले प्रवाह हुन्छ । ten percent law of Linderman. सबै ecosystem मा सिधा हुन्छ ।

खाद्यश्रंखला

कुनै पारिस्थितिक पद्धतिमा रहेका सजीवहरूमा खाद्य पदार्थ एक जीववाट अर्को जीवमा सर्दै जाने क्रियालाई खाद्य श्रृंखला भनिन्छ ।

पारिस्थितिकीय प्रणालीको हास भनेको मानव सृजित कारणहरु(प्रत्यक्ष वा अप्रत्यक्ष) ले निम्ताएको पारिस्थितिकीय प्रणालीको नकारात्मक प्रवत्ति हो । जैविक विविधता, पारिस्थितिक अखण्डता र अन्त्यमा मानवीय मूल्यमा दीर्घकालीन हानि गर्दछ।

 

पारिस्थितिकीय प्रणालीको हास

       पारिस्थितिकीय प्रणालीको हास भनेको मानव सृजित कारणहरु(प्रत्यक्ष वा अप्रत्यक्ष) ले निम्ताएको पारिस्थितिकीय प्रणालीको नकारात्मक प्रवत्ति हो ।

       जैविक विविधता, पारिस्थितिक अखण्डता र अन्त्यमा मानवीय मूल्यमा दीर्घकालीन हानि गर्दछ।

 

हासको कारण

•   वन विनास,

•   वातावरण प्रदुषण,

•   जलबायु परिवर्तन,

•   जैविध विविधता विनास,

•   प्राकृतिक साधनको अधिक दोहन,

•   औधोगिक ग्यासको उत्सर्जन,

•   अप्राकृतिक विकास निर्माण,

•   बाढी,पहिरो,भुक्षय र ज्वालामुखी लगायतका प्राकृतिक प्रकोप,

•   विश्वव्यापीकरण, औद्योगिकीकरण, सहरीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण आदिको अव्यवस्थित उपयोग

•   बासस्थान विनाश,चोरी सिकारी, चरिचरण, डढेलो आदि

•   बढ्दो सवारी साधन, आणविक भट्टीको प्रयोग

नकरात्मक प्रभाव

•   जैविक विविधता नष्ट हुँदै जान्छ । प्रजाती लोप हुन्छन् ।

•   मानव र प्रकृतिबिच द्वन्द्व बढ्छ ।

•   पारिस्थितिक सेवा घट्दै जान्छ ।

•   संक्रामक रोगहरु देखापर्न थाल्छ ।मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव,

•   मानिसको जीवनको गुणस्तर घट्दैजान्छ ।

•   GDP को आधा हिस्सा प्रकृतिसँग सम्बन्धीत छ । घट्दै जान्छ ।

•   मौसमको स्वरुपमा परिवर्तन,

•   खानेपानी र खाद्यान्न हाहाकार ।कृषि उत्पादनमा ह्रास, खाद्य संकट देखापर्छ ।

•   खाद्य श्रृङ्खला कमजोर हुन्छ ।

उपाय

•   दिगो विकासमा जोड दिने,

•   जलवायु परिवर्तनको मुद्धामा विश्वसमुदाय जुट्ने,

•   जनसंख्या,वसाईसराई र शहरीकरणको व्यवस्थापन

•   वृक्षारोपण कार्य गर्ने

•   दुर्लभ वन्य तथा जीवजन्तुको संरक्षण गर्ने

•   वातावरणीय चेतना र शिक्षा फैलाउने,

•   रासायनिक मल,किटनाशक औषधि र आणविक हतियारको प्रयोग रोक्ने,

•   हरित विकास कार्यक्रमलाई अवलम्वन गर्ने,

•   डढेलो नियन्त्रण, गरि वनसम्पदा जगेर्ना गर्ने 

•   वातावरण प्रदुषण नियन्त्रण गर्ने

•   प्राकृतिक साधनको दोहन रोक्ने,

•     संवेदनशिल पारिस्थितिक प्रणालीलाई Ecosystem Restoration गर्ने

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team