Logo

Blog Details

नविनतम समसामयिक प्रश्नोत्तर

SS Team 2025-02-26 21:47:25 1227 19

नविनतम समसामयिक प्रश्नोत्तरः 

१.      पशुपतिस्थित विद्युतीय शवदाह कार्य कहिले देखि निःशुल्क गरिएको हो ? –वि.सं. २०८१ साउन १ 

२.      ट्राभल वेबसाइट ट्रिप एड्भाइजरद्वारा प्रकाशित उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मा पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ? –काठमाडौँ

३.      नेपालमा फाइब–जी सेवाको आन्तरिक परीक्षण सुरुवात कहिलेदेखि भएको हो ? – वि.सं. २०७९ माघ २२

४.     नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो ? – धुलिखेल नगरपालिका (काभ्रेपलाञ्चोक) 

५.     विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २०८१ भदौ ११ मा भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेको हो । 

६.     मिस्टर नेपाल–२०२४ को उपाधि पाउने को हुन् ?  –सन्तोष लोक्सम (झापा) 

७.     संघीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ? – आव २०७७/७८–२०८७/८८

८.     २०८१ मङ्सिर १३ मा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले पश्चिम सेतीको विद्युत उत्पादन क्षमता ७५० मेगावाटबाट बढाई कति कायम गर्ने निर्णय गरेको छ ? – ८०० मेगावाट 

९.      प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ? –वि.सं. २०८१ मङ्सिर १७ (चार दिवसीय) 

१०.    मिस युनिभर्स–२०२४ को ताज चुम्न सफल प्रतिभा को हुन् ?  –भिक्टोरिया केजर थेलभिग

११.    विश्व स्वास्थ्य सगं ठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ? –५० एक्युआईभन्दा तल 

१२.   नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालन कहिले गरियो ? –वि.सं. २०८० चैत १८ 

१३.    मिस नेपाल वल्र्ड २०२४ विजेता सुन्दरी को हुन् ?  – आस्माकुमारी केसी (मिस नेपाल अर्थः सुमना केसी र मिस नेपाल इन्टरनेसनल करुणा रावत घोषित भए ।) 

१४.   इतिहासकार प्राडा तुलसीराम वैद्यको निधन कहिले भएको हो ?  –वि.सं. २०८१ साउन २

१५.   सार्क साहित्य पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?  –बंगबन्धु शेख मुजिबुर रहमान

१६.   फादर अफ लाइब्रेरी साइन्स‘  भनी कसलाई चिनिन्छ ? – यसआर रगनाथ

१७.   पूर्वसभामुख दमननाथ ढुंगानाको निधन कहिले भएको हो ?  – वि.सं.२०८१ मङ्सिर २

१८.   हालै नेपालको भ्रमण गर्ने भारतीय स्थल सेनाध्यक्ष को हुन् ?  –उपेन्द्र द्विवेदी (२०८१ मङ्सिर ५–९ तदनुरूप सन् २०२४ नोभेम्बर २०–२४) 

१९.   श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा चयन हुने राजनीतिक व्यक्तित्व को हुन् ? –हरिनी अमरासूर्या (सन् २०२४ नोभेम्बर) 

२०.   जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? –वि.सं. २०८१ मङ्सिर ३–५ (सन् २०२४ नोभेम्बर १८–२०), काठमाडौँ 

२१.   नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो विसं २०८१ मङ्सिर २

२२.   दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ?  –वि.सं. २०८१ भदौ २५

२३.   पद्मश्री साहित्य पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? –प्रा. कृष्ण गौतम (उपन्यासः अद्वैत)

पद्मश्री साधना सम्मानः चिन्तक पवन कुमार चामलिङ

पद्मश्री गौरव पुरस्कारः प्राडा केदारभक्त माथेमा

पुरस्कारको राशिः जनही तीन लाख रुपियाँ

२४.   युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत बेस्ट बैंकिङ नेपाल र बेस्ट बैंकिङ इएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल गरी दुई विधामा सम्मानित हुन सफल नेपाली बैंकिङ कुन हो ? –ग्लोबल आइएमइ बैंक (सन् २०२४ सेप्टेम्बर)

२५.   सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले ग¥यो ? –वि.सं. २०८१ भदौ ६  वि.सं. २०८० कात्तिक २७ को मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

२६.   सूचनाको हक सम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?  – स्विडेन 

२७.  बंगलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा को चयन भएका छन् ?  –मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता)

२८.   नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली चौँथो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?  –वि.सं. २०८१ असार ३०

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team