सूर्य एवम् ग्रहहरू पृथ्वीको वरिपरि
घुम्छन् भन्ने विचारको खण्डन गरेबापत जिउँदै जलाइएका वैज्ञानिक को हुन्? - गिआर्डिनो ब्रुनो
एसिया र युरोप दुवै
महादेशमा पर्ने शहर कुन हो ? - इस्तानबुल
अमेरिका चार भूतपूर्व
राष्ट्रपति जर्ज बासिङ्टन, थोमस जेफरसन, अब्राहम लिङ्कन र टेडी
रूजवेल्टको मुखाकृति अङ्कित पहाड कुन हो ?
– माउन्ट रसमोर
नेपालको श्रीलंका
भनी कोशी टप्पुलाई चिनिन्छ भने नेपालको फोकल्याण्ड भनी कुन ठाँउलाई चिनिन्छ ? – सुन्दर हरैचा (मोरङ)
कुहिरोको लोभलाग्दो
दृश्यले पर्यटकहरूलाई मोहित तुल्याउने
प्रसिद्ध पर्यटकीय स्थल “मानुङकोट” कुन जिल्लामा अवस्थित छ ?- तनहुँ
विश्वको सबैभन्दा
गहिरो र पुरानो ताल बैकाल ताल हो, अब भन्नुहोस् यो कहिले विश्व सम्पदा
सूचीमा सूचिकृत भयो? - सन् १९९६
विश्वमा पहिलोपल्ट
परमाणु बम कहिले खसालियो ? - ६ अगस्ट
१९४५ (पहिलो परमाणु बम दोस्रो विश्व
युद्धको दौरान अमेरिकाले ६ अगस्ट १९४५ मा जापानको हिरोसिमा खसालेको थियो ।)
आफ्ना नामका अगाडि
दुई अक्षर US भएका र मुलुकलाइ पनि US नै भनिने
हुदा सोही आधारमा कुन अमेरिकी राष्टपतिलाइ "United States" भनिन्थ्यो ? - युलेसिस एस ग्रान्ट
नेपालको इतिहासमा
सिंहदरबारको विद्रोह भनेर कुन दिनलाइ चिनिन्छ? - वि.सं. २००८ माघ ८
परस्त्रीसँग अनुचित
सम्बन्ध राखेको आरोपमा तलेजुमा काटिएर मारिने राजा को हुन् ? - विश्वजित
मल्ल
रावणले सीता हरेर
लंका लगेपछी सीतालाइ रक्षा गर्ने र माया गर्ने राक्षसी को थिइन् ? - त्रिजटा
एउटी श्रीमती घरमा
हुदाहुदै अर्की ल्याएमा लोग्नेले घर छाड्नुपर्ने चलन कुन जातिमा छ ?- ल्होमी
संस्कृत, नेपाली
र हिन्दी भाषाको देवनागरी लिपीलाई अर्को कुन नामले चिनिन्छ ? - नन्दीनागरी लिपी (देवताको लिपी भएकाले देवनागरी लिपी भनिएको)
नेपाल साहित्य जगतमा
चट्याङ मास्टर भनेर कृष्णमुमारी गौतमलाई चिनिन्छ भने लाटो साथी भनी कसलाई चिनिन्छ ? - विष्णुराज
आत्रेय
नेपाल चलचित्र
संस्थानको स्थापना कहिले भएको हो ? - २०२८ कार्तिक ६ गते
नेपालको पूर्वी
भेगको सभ्यताको थालनी भएको मिथिला क्षेत्र अन्तर्गतको जनकपुरलाई प्राचीन कालमा के
भनिन्थ्यो ? - विदेह
अफगानिस्थानको
आतङ्ककारी समूह तालिवानले लागु गर्न चाहेको महिला स्वतन्त्रता कुन्ठित पार्ने
परम्परागत कानूनलाई के भनिन्छ? - सरिया कानून
मदन पुरस्कार-२०७७
को श्रेष्ठ सूचीमा सूचीकृत कृति करियाका लेखक कृष्ण अविरल हुन् भने कल्प-ग्रन्थका
लेखक को हुन् ? - कुमार नगरकोटी
कुन नगदेबालीलाई
वाणिज्यको खैरो कागज भनिन्छ ? - सनपाट
उछुट्टिएको नेपाल
भनेर कुन ठाँउलाई चिनिन्छ ? - रुपन्देहीको मर्चेवर
चन्द्रमाबाट
ल्याइएको ढुङ्गाको नाम के हो ? - मेयर बसाल्ट
नेपालको इतिहासमा
“नेपालको क्यालीगुला” भनेर कुन शासकलाई चिनिन्छ ? - रण बहादुर शाह
वनस्पतिको पनि जीवन
हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को र कुन देशका हुन् ? - जलदिशचन्द्र बोस, भारत
“हारिन्छ
कि भनेर डराउनाले स्वतः हार्नुपर्दछ” यो भनाई कसको हो ? - जर्ज
बर्नाड शा
कालो सुनको राजधानी
भनी विश्वको कुन शहरलाई चिनिन्छ ? - अजरवैजानको बाकु
‘‘हामी
सबै युनानी हौँ हाम्रो विधान, धर्म, कला,
र साहित्य सबैको मूल जरा युनानमा नै निहित रहेको छ ।’’ (We
are all Greek´s, our laws, our religion, our arts and literature have their
roots in Greece.) यो भनाई कसको हो? - कवि
पि.वि. शेली
नेपालमा सबैभन्दा
पहिले स्थापना भएको उद्योग कुन हो ? - विराटनगर जुट मिल
शिक्षा ऐन, २०२८
को आठौं संशोधन कहिले भयो ? - २०७३ असार १५
राष्ट्रिय पाठ्यक्रम
विकास केन्द्रको स्थापना कहिले भयो ? - २०२८
भदौ ५
काठमाडौ उपत्यका
बाहिर खुलेको पहिलो क्याम्पस कुन हो? - ठाकुरराम कलेज
(वीरगन्ज)
एस.एल.सी मा
सर्वोकृष्ट हुनेको नाम घोषणा गर्ने
परिपाटी कहिले बाट बन्द भएको हो ?- वि.सं. २०६२
मध्यपहाडी
लोकमार्गको सबैभन्दा लामो खण्ड कुन जिल्लामा पर्दछ ? - बाग्लुङ
निजी क्षेत्रको
लगानीमा सम्पन्न नेपालको पहिलो जलविद्युत् आयोजना कुन हो ? - खिम्ती
जलविद्युत् आयोजना
नेपाल टेलिकमले 4G सेवा
सञ्चालन कहिलेबाट गर्यो ? – वि.सं. २०७३ पुस १७ (सन् २०१७ जनवरी १)
१५ औं आवधिक योजना
अनुसार नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय वि.सं. २१०० सम्ममा कति अमेरिकी डलर
पुर्याउनु लक्ष्य लिएको छ ? - १२,१०० (आधार वर्ष २०७५/०७६ मा १०४७ अमेरिकी डलर
रहेको)
नेपाल राष्ट्र
बैङ्कले पोलिमर नोट कहिलेबाट प्रचलनमा ल्याएको हो ? - वि.सं. २०५९ आश्विन
१४
अन्तर्राष्ट्रिय
क्रिकेटको इतिहासमा हालसम्म ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडी ३ जना रहेका छन्, अब
भन्नुहोस्, उनी को को हुन् ? - युवराज
सिंह (भारत), हर्सल गिप्स(दक्षिण अफ्रिका) र कायरन पोलार्ड
(वेष्ट इन्डिज)
जुनकिरीको पुच्छर
कुन तत्त्वका कारणले बल्छ ?- लुसिफेरिन
नेपालको औसत तापमान
वृद्धिदर कति डिग्री रहेको छ ? - ०.०५६
“For A Long Planet”
कुन संस्थाको नारा हो ? - विश्व वन्यजन्तु कोष
(WWF)
मुसा प्रजातिमा
पाइने ‘माइट’ ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनिन्छ ? - स्क्रब
टाइफस (Scrub Typhus)
नेपालको संविधानको
कुन भागमा राजनीतिक दलसम्बन्धी व्यवस्था गरिएको छ ? - भाग २९
सार्कको कान्छो
सदस्य राष्ट्र अफगानिस्तानको सर्वोच्च शिखर कुन हो ? - माउन्ट नोशाक (७४९२ m.)
नेपालमा सबैभन्दा
पहिले स्मार्ट सडक बत्ती जडान गर्ने स्थानीय तह कुन हो ? - ललितपुर
महानगरपालिका
शेयर बजारको
क्षेत्रमा अत्याधिक प्रयोग हुने “IPO” को पूरा रूप के हो ?
- Initial Public Offering
२१ अप्रिल २०११ बाट
सुरूवाद भएको भिडियो कन्फ्रेन्सको चर्चित माध्यय “जुम (Zoom)” का आविष्कारक को हुन् ? - इरिक युयान (Eric Yuan)
भक्ति थापालाई
मन्त्रिपरिषद्ले कहिले राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गर्यो ? - वि.सं.
२०७८ असार १४ गते
कम्प्यूटरको पिता
भनी चाल्र्स ब्याबेजलाई चिनिन्छ भने ल्याकटपका पिता भनी कसलाई चिनिन्छ ? - बिल
मग्रिच (Bill Moggridge)
उछुट्टिएको नेपाल
भनेर कुन ठाँउलाई चिनिन्छ ? - रुपन्देहीको मर्चेवर
चन्द्रमाबाट
ल्याइएको ढुङ्गाको नाम के हो ? - मेयर बसाल्ट
नेपालको इतिहासमा
“नेपालको क्यालीगुला” भनेर कुन शासकलाई चिनिन्छ ? - रण बहादुर शाह
वनस्पतिको पनि जीवन
हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक को र कुन देशका हुन् ? - जलदिशचन्द्र बोस, भारत
“हारिन्छ
कि भनेर डराउनाले स्वतः हार्नुपर्दछ” यो भनाई कसको हो ? - जर्ज
बर्नाड शा
कालो सुनको राजधानी
भनी विश्वको कुन शहरलाई चिनिन्छ ? - अजरवैजानको बाकु
‘‘हामी सबै युनानी हौँ हाम्रो विधान, धर्म, कला, र साहित्य सबैको मूल जरा युनानमा नै निहित
रहेको छ ।’’ (We are all Greek´s, our laws, our religion, our arts and
literature have their roots in Greece.) यो भनाई कसको हो? -
कवि पि.वि. शेली
Leave Your Comment