Logo

Blog Details

विश्व गैरसरकारी संस्था दिवस

SS Team 2025-02-28 13:34:47 396 0

पृष्ठभूमि

सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र सङ्घको चार्टरको एक अनुच्छेदमा पहिलो पटक "गैरसरकारी सङ्गठन" शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी सङ्गठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैर नाफा मूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो। त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक सहर वा जिल्लामा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन्।

World NGO Day is a recognized international holiday that takes place on February 27 every year. World NGO Day seeks to promote a stronger synergy between NGOs and the public and business sectors by encouraging individuals to get more actively involved in NGOs (Charities, NPOs, CSOs).  

थुप्रै यस्ता गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मूलभूत उद्देश्य भने "साथ र सहयोगको उत्सव मनाउ" भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर-सरकारी संस्थाले समाजमा पुराएको योगदान र अन्य गतिविधिहरूको महत्त्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ।

सन् २०२५ को एनजिओ समीकरण

यस वर्ष अमेरिकी सहयता नियोग यूएसएआइडीको सहयोग कटौतीको घोषणासँगै नेपाल लगायत विश्वभरिका विकासोन्मुख देशहरूमा एनजिओ समीकरण बिग्रेको अवस्था छ । यद्यपि सामाजिक काम भन्नासाथै सदैव दातृ निकायकै भरमा गरिन पर्छ भन्ने छैन तसर्थ वर्ष २०२५ सही अर्थमा एनजिओको समाजसेवाको उत्कट द्रष्टव्य जाँच्ने र आत्ममुल्याकंन गर्ने वर्ष पनि हो ।

विश्व गैरसरकारी संस्था दिवसको सन् २०२५ को नारा चाँही दिगो भविष्यको निर्माणका लागि जरैदेखिको तहमा चलायमान गराऔं अर्थात् “Empowering Grassroots Movements for a Sustainable Future” हो।

 

नेपालमा गैरसरकारी संस्थाहरू

 

समाज कल्याण परिषद् स्थापना भएको ४४ वर्ष पुरा भएर ४५ औं वर्षमा प्रवेश गरेको छ । 'आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं' भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको यस संस्थाले यही असोज ६ गते 'सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास संघसंस्थाको रोजाइ' भन्ने मूल नाराका साथ ४५ औं स्थापना दिवस तथा सामाजिक सेवा दिवस मनाउन गइरहेको छ । सेवाभाव जस्तो पवित्र उद्देश्यबाट प्रेरित भएर स्थापना भएको समाज कल्याण परिषद्ले आफ्नो स्थापना कालदेखि नै विभिन्न उद्देश्यले स्थापना भएर मुलुकभर कार्यरत गैरसरकारी संस्थाहरूको योगदानलाई संस्थागत गर्दै आइरहेको छ ।

वि.सं. २०३४ साल असोज ६ गते 'सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्'को रूपमा स्थापना भएको गैरसरकारी संघसंस्थाको नियमनकारी संस्था २०४९ सालमा 'समाज कल्याण ऐन २०४९' जारी भएपछि यसको नाम परिवर्तन भएर 'समाज कल्याण परिषद्' भएको हो । नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन समाज कल्याण परिषद्ले गरिरहेको छ । समाज कल्याण ऐन २०४९ को अधीनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिएर काम गरिरहेका छन् । परिषद् स्थापना भएपश्चात् गैरसरकारी संस्थाहरूको संख्या द्रुतगतिमा वृद्धि हुन थाले । २०४९/५० पछि नेपालमा एनजिओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पुराएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो। यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैर-सरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन्। हाल परिष‌द्मा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू करिब १३५ वटा र गैर सरकारी संस्थाहरू ५७ हजार वटा आबद्ध भएका छन् । सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्ड लगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन् ।

गैरसरकारी संघसंस्थाहरूको स्वीकृति, सहजीकरण, समन्वय र ती संस्थाहरूले सञ्चालन गर्ने कार्यक्रमको अनुगमन, मूल्यांकन र सुपरिवेक्षण गर्नका निम्ति 'समाज कल्याण ऐन २०४९' अनुसार स्थापित परिषद् एक स्वायत्त निकाय हो। यसरी स्थापित भएको परिषद् करिब पाँच दशकको संघारमा आइपुगेको छ ।

आफ्नो पाँच दशक लामो गौरवशाली इतिहास बोकेको परिषद्ले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालित सामाजिक क्रियाकलापलाई प्रभावकारी रूपले सञ्चालन गर्न विभिन्न तवरले सहजीकरण गर्दै आइरहेको छ । गैरसरकारी संस्थाहरू र यसमा आवद्ध समाजसेवीहरूको सत्कार्यको सम्मानका लागि एवं समाजसेवालाई एक पवित्र सेवाका रूपमा जनमानसमा स्थापित गर्ने उद्देश्यले वि. सं. २०३६ सालदेखि प्रत्येक वर्षको असोज ६ गते सामाजिक सेवा दिवस मनाउन थालिएको हो ।

सूचना र प्रविधिको विकासले सिंगो विश्व एउटा गाउँमा परिणत भइरहेको सन्दर्भमा पूँजवादीसंस्कृति र व्यक्तिवादी प्रवृति हुर्कदै गरेको अवस्था छ । गैर सरकारी संस्थाहरू समाजको आवश्यकता हुन्, झन् नेपाल जस्तो विकाशको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय रहने गरेको छ।

 

सन्दर्भ सामग्रीहरू

1.     https://ne.wikipedia.org/

2.     NGO Federation of Nepal

3.      https://www.hamropatro.com/

4.     समाज कल्याण परिषद् वार्षिक प्रतिवेदन २०८०/०८१ 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team