पृष्ठभूमि
थुप्रै शिक्षा हासिल गर्यौ हामीले, अहिले २१ औ शताब्दीमा छौ हामी, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्धिकता अझै हाम्रो
समाजमा भएको भेदभावले दर्साउँदछ। प्राय अरू सामाजिक मुद्दा जस्तो भेदभाव
अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि
नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो
विडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न
हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र सङ्घले शून्य भेदभाव दिवस मनाउने गर्दछ।
यो UNAIDS को विशेष पहलमा मनाउन सुरु गरिएको दिवस हो।
"To protect everyone's health, protect everyone's
rights"सन् २०२५ को शून्य भेदभाव दिवसको नारा चाँही सबैको
स्वास्थ र अधिकारको रक्षा गर्ने भन्ने रहेको छ । UNAIDS ले
मुख्य जनसंख्या र एचआईभी संग बाँचिरहेका मानिसहरूको अपराधिकरणले कसरी जीवन बचाउँछ
र एड्स महामारीको अन्त्यलाई अगाडि बढाउन मद्दत गर्छ भनेर यस वर्ष प्रकाश पार्दैछ।
UNAIDS मुलत एचआइभी पीडितको सहयोगमा केन्द्रित
संस्था हो। एचआइभी पीडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित
भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन् भन्ने उद्देश्यको
साथ UNAIDS को पहलमा शून्य भेदभाव दिवस २०१४ देखि मनाउन सुरु
गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पीडितसँग मात्र हैन, समाजमा
चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।
Leave Your Comment