Logo

Blog Details

राष्ट्रिय जनगणना २०७८ सम्बन्धि जानकारी

SS Team 2025-03-08 09:03:42 8862 14

राष्ट्रिय जनगणना २०७८ विशेष सम्बन्धि  जानकारी ।।

• नेपालको जनसंख्याः २,९१,६४,५७८

• महिला : ५१.१३ प्रतिशत
• पुरुष : ४८.८७ प्रतिशत
• लैङ्गिक अनुपात: प्रति १०० जना महिलामा पुरुष ९५.५९
• औसत जनसंख्या वृद्धिदर : ०.९२ प्रतिशत
• सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला : भक्तपुर
• सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला : रामेछाप
• जनसंख्या वृद्धिदर ऋणात्मक र धनात्मक भएका जिल्लाको संख्या: ऋणात्मक ३४ र धनात्मक ४३
• जनघनत्व : १९८ जना प्रति वर्ग किलोमिटर
• जनघनत्व सबैभन्दा धेरै भएको जिल्ला काठमाडौं
• जनघनत्व सबैभन्दा कम भएको जिल्ला : मनाङ
• जनघनत्व सबैभन्दा धेरै भएको प्रदेश मधेस
• जनघनत्व सबैभन्दा कम भएको प्रदेश: कर्णाली
• १५-५९ वर्ष समूहको जनसंख्या ६१.९६ प्रतिशत
• १४ वर्ष वा सो भन्दा कम उमेरको जनसंख्या २७.८३ प्रतिशत
• ६० वर्ष वा सो भन्दा माथिको उमेरको जनसंख्या १०.२१ प्रतिशत
• परिवारको औसत आकार : ४.३७ जना
• परिवारको औसत आकार सबैभन्दा धेरै र कम भएको जिल्ला क्रमशः रौतहट र दोलखा
• नगरपालिकामा बसोबास गर्नेको जनसंख्या ६३.१९ प्रतिशत
• गाउँपालिकामा बसोबास गर्नेको जनसंख्या : ३६.८१ प्रतिशत
• सबैभन्दा धेरै जनसंख्या भएका ५ जिल्ला काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी
• सबैभन्दा कम जनसंख्या भएका ५ जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
• तराईको जनसंख्या : ५३.६१ प्रतिशत
• हिमालको जनसंख्या : ६.०८ प्रतिशत
• पहाडको जनसंख्या : ४०.३१ प्रतिशत
• सबैभन्दा धेरै र कम जनसंख्या भएको प्रदेश क्रमशः बागमती र कर्णाली
• जनसंख्याको आधारमा प्रदेशको क्रम (धेरैबाट थोरै) बागमती, मधेस, लुम्बिनी, कोशी, सुदूरपश्चिम, गण्डकी र कर्णाली)
• साक्षरता दर : ७६.२ प्रतिशत
• पुरुष साक्षरता दर : ८३.६ प्रतिशत
• महिला साक्षरता दर ६९.४ प्रतिशत
थप जानकारी 💥
१. जेष्ठ नागरिक (६०+) को जनसंख्या निरन्तर बृद्धि भएको छ । विसं २०७८ सालमा जेष्ठ नागरिकको जनसंख्या १०.२% पुगेको छ । विसं २०४८ सालमा उक्त जनसंख्या कुल जनसंख्याको ५.७% रहेको थियो ।


२. महिलाको स्वामित्वमा रहेका घर/जग्गा वा दुवै भएका परिवार संख्याअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी (२८.४%) र सबैभन्दा कम (११.८%) सुदुरपश्चिम प्रदेशमा महिलाको नामा घर जग्गा रहेको पाइएको छ । यो सूचकलाई महिला सशक्तिकरणको महत्पूर्ण सूचकको रुपमा दिगो विकासको लक्ष्यले लिएको छ ।


३. ७५३ ओटा स्थानीय तहमध्ये ३१९ ओटा स्थानीय तहको बार्षिक जनसंख्या बृद्धिदर नकारात्मक रहेको छ । प्रतिशतको हिसावले करिव ४३ प्रतिशत स्थानीय तह हुन आउँछ । प्रदेशमध्ये सबैभन्दा गण्डकी प्रदेशमा ७८ ओटा स्थानीय तहमा बार्षिक जनसंख्या बृद्धिदर नकारात्मक रहेको छ ।

४. कुन प्रदेशमा कति जातजाती रहेका छन तथा प्रदेशमा बोलिने मातृभाषा संख्या कति छ ? राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार तलको चार्टमा दिइएको छ ।
५. दशवर्ष (२०६८-२०७८) को अवधिमा बालबालिका (०-१७ वर्ष) को संख्या १२ लाख (-११%)लेे घटेको र सोमध्ये बालिकाको संख्या ७ लाख (-१३%) ले घटेको छ ।

. देशमा १०+ उमेर समूहका कुल महिलामध्ये एक महिला ८.० प्रतिशत र विधुवा महिलाको ६.६ प्रतिशत हिस्सा रहेको छ । एकल महिला अन्तर्गत विधुवा महिला, छुट्टिएर बसेका महिला, पारपाचुके गरेका महिला र ३५ वर्षभन्दा बढी विवाह नगरी बसेका महिला समावेश गरिएको छ ।


. नगरपालिका तथा गाउँपालिकाको जनसंख्या र सहरी तथा ग्रामीण क्षेत्र वर्गीकरणअनुसार जनसंख्याको तुलनात्मक प्रस्तुति । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या २७.१ % रहेको छ ।

. २०६८ र २०७८ राष्ट्रिय जनगणनाअनुसार जनसंख्याको संरचना बुढ्यौली तर्फ उन्मुख हुदै गएको छ। अझैपनि जनसांख्यिक लाभांश उल्लेख्निय छ । पिरामिडले अव धेरैसमय रहदैन भन्ने स्पष्ट देखिएको छ ।

. प्रवृत्तिका आधारमा हिमाल र पहाडबाट तराई क्षेत्रमा बसाइँसराइले जनसङ्ख्यालाई हिमाल र पहाड क्षेत्रमा जनसंख्या व्यवस्थापन गर्न कठिनाइ भएको र तराई क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको छ।

१०.राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकभरका कुल ६६,६०,८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत देखिन्छ भने कोशी प्रदेशमा २७.२३, बागमती प्रदेशमा २३.१९, गण्डकीमा २५.२३ प्रतिशत, लुम्बिनीमा २६.९६ र कर्णालीमा २२.२० प्रतिशत रहेको छ।

११. एकल महिलाको आर्थिक अवस्थासम्बन्धी विवरण

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा ९ लाख ९७ हजार ६ सय ६२ जना महिलाहरु एकल रहेका छन् ।यिनै एकल महिलाको आर्थिक अवस्था हेर्ने हो भने पारपाचुके गरेका ५३.६% महिलाहरू अक्सर रोजगार भएको देखिएको छ। यसैगरी पारपाचुके गरेका ४.८ प्रतिशत महिलाहरू अक्सर बेरोजगार रहेको देखिएको छ भने सबैभन्दा धेरै अर्थात् २१.३% विधवा महिलाहरु अक्सर निस्क्रिय रुपमा रहेका छन् । यस्तै ५२.५% विधवा महिलाहरु आर्थिक रुपले निष्क्रिय रहेका र आर्थिक क्रियाकलाप नखुलेका विधवा महिलाहरू ०.३% र पारपाचुके गरेका, छुट्टिएका र ३५ वर्षभन्दा माथिका अविवाहित महिलाहरू क्रमश ०.४% का दरले रहेको देखिएको छ।

१२. विधवा महिलाको प्रजनन सम्बन्धी विवरण
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा १५-४९ वर्ष उमेर समूहमा विधवा रहेका महिलाहरु १ लाख २६ हजार ४ सय ९८ जना छन् । १५-४९ वर्ष उमेरका यिनै विधवा महिलाहरु मध्ये १०.७ प्रतिशतको सन्तान नै नभएको देखिएको छ । यस्तै १६.८ प्रतिशत विधवाको एक मात्र सन्तान, ३०.४ प्रतिशतका दुई सन्तान र २१.६ प्रतिशत विधवा महिलाका तीन सन्तान भएको देखिन्छ । यस्तै ११.५ प्रतिशत विधवा महिलाका चार सन्तान, ५.२ प्रतिशतका पाँच सन्तान र ३.९ प्रतिशत विधवा महिलाहरूको ६ वा सोभन्दा बढी सन्तान रहेको पाइएको छ ।

१३. उमेर समूह अनुसार एक्लै बस्ने विधवा महिलाहरुको विवरण

मुलुकमा विधवा महिलाहरूको उमेर बढ्दै जाँदा, एक्लै बस्ने विधवा महिलाहरूको अनुपात पनि बढ्दै जाने महत्त्वपूर्ण प्रवृत्ति रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५७.४ प्रतिशत विधवाहरू ६५ वर्ष र सो भन्दा माथिको उमेरमा एक्लै बस्ने गरेको देखिएको छ। यसरी नै ५०-६४ बर्ष उमेर समूहमा एक्लै बस्ने बिधवा महिलाहरु ३४.५ प्रतिशत रहेका छन् भने ३५-४९ बर्ष उमेर समूहमा एक्लै बस्ने बिधवा महिलाहरु ७.५ प्रतिशत रहेका छन् । यस्तै १०-३४ बर्ष उमेर समूहमा एक्लै बस्ने बिधवा महिलाहरु ०.७ प्रतिशत मात्र रहेका छन् ।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team