Logo

Blog Details

शान्ति स्थापना आयोगमा नेपाल कहिले निर्वाचित भएको हो ?

SS Team 2025-03-22 10:51:54 782 1
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना आयोगको सदस्यमा संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल निर्वाचित भएको हो। विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल २०७९ पौषमा पहिलो पटक निर्वाचित भएको थियो। 
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी महिनादेखि लागू हुने गरी दुई वर्षका लागि नेपाल आयोगको सदस्यको रुपमा काम गर्दै आएको छ। शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित हुनु विश्वमा शान्ति निर्माण गर्ने र शान्ति निर्माणमा योगदान दिने देशका रूपमा नेपाललाई चिनाउने महत्त्वपूर्ण अवसर रहेको छ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी महिनादेखि लागू हुने गरी दुई वर्षका लागि नेपाल आयोगको सदस्यको रुपमा काम गर्दै आएको छ। शान्ति स्थापना आयोगको सदस्यमा निर्वाचित हुनु विश्वमा शान्ति निर्माण गर्ने र शान्ति निर्माणमा योगदान दिने देशका रूपमा नेपाललाई चिनाउने महत्त्वपूर्ण अवसर रहेको छ। 
त्यस्तै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनका लागि शीर्ष सेना र प्रहरी योगदानकर्ताका रूपमा पनि नेपाल चयन भएको छ। यस समूहमा नेपालबाहेक भारत, बङ्गलादेश, इथियोपिया र रुवान्डा पनि चयन भएका छन्। नेपालले अन्तर्राष्ट्रिय शान्तिसुरक्षा व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा सहभागी भएर सन् १९५८ देखि योगदान पु-याउँदै आएको छ। नेपाल वर्तमान अवस्थामा शान्ति स्थापनाका लागि ठूलो सङ्ख्यामा सेना र प्रहरी पठाएर योगदान दिने विश्वकै दोस्रो ठूलो योगदानकर्ता हो। 
शान्ति स्थापनाको छ दशक लामो अनुभवमा नेपालले शान्ति स्थापना आयोगलाई विभिन्न आयाममा सघाउँदै आएको थियो। नेपालले मौलिक रूपमा राष्ट्रिय शान्ति प्रक्रियामा प्राप्त गरेको सफलताले विश्वशान्ति र शान्ति आयोगमा सघाउन सहयोग पुगेको विश्वास नियोगले व्यक्त गरेको छ। यसअघि नेपालले सन् २००९ देखि २०१०, २०११ देखि २०१५ र २०१९ देखि २०२० सम्म साङ्गठनिक समितिका सदस्यका रूपमा शान्ति स्थापना आयोगका लागि योगदान पु-याइसकेको छ। 
कुल ३१ सदस्यीय शान्ति स्थापना आयोग विश्वमा विभिन्न कारणले उत्पन्न हुने द्वन्द्व र द्वन्द्व प्रभावित देशको पुनर्निर्माण तथा संस्थागत संरचनाको निर्माणमा सघाउने उद्देश्यसहित सन् २००५ मा स्थापना भएको हो।

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team