नि:शुल्क कोरियन भाषा सिकाइ (Learning Korean Language) 한국어 배우기
नि:शुल्क कोरियन भाषा सिकाइ (Learning Korean Language) 한국어 배우기
513 1
Price: Rs. 0
Start On: 05 Feb, 2025
End On : 06 Feb, 2026
Duration: 365 Days
Files: 0
Videos: 0
कमिटेड कामदारहरुको रोजगारदातालाई पुनःप्रवेश सम्बन्धीजानकारी गरिन्छ ?
रोजगार अनुमति प्रणाली (Employment Permit System) अर्थात इ.पि.एस. भनेको के हो?
इ.पि.एस. प्रणाली भनेको कोरीयन कामदार नपाएका कोरीयाका साना तथा मझौला कम्पनीहरुलाई कानुनी रुपमा विदेशी कामदार प्रयोग गर्न अनुमति दिने प्रणाली हो । हाल यस प्रणाली अन्तर्गत निम्न ३ किसिमका कामदार कोरीया गैरहेका छन ।
कोरीयन भाषा परीक्षा ( इ.पि.एस. टपिकं) दिएर जाने नब प्रवेसी कामदार ।
कोरीयामा इ.पि.एस. अन्तर्गत ३ वर्ष काम गरेपछि पुन रोजगारी प्राप्त गरी थपिएको अबधि भित्रै स्वैच्छीक रुपले फर्केकाले कम्प्युटरमा आधारीत विशेष कोरीयन भाषा परिक्षा दिई पुन रोजगारीमा जाने कामदार ।
कार्यस्थल परिवर्तन नगरी ४ बर्ष १० महिना काम गरी रोजगारदातासँग श्रम सम्झौता गरेर फर्केका इमान्दार बिदेशी कामदारका लागि पुन रोजगारी सम्बन्धी बिशेष ब्यवस्था अन्तर्गत पर्ने कामदार ।
ई. पि. एस. अन्तर्गत कोरीया जान के प्रकृया पुरा गर्नु पर्दछ?
बैदेशिक रोजगार विभाग, ई पि एस कोरिया शाखाले सामान्यत प्रत्येक वर्ष कोरियन भाषा परिक्षा (EPS TOPIK) को लागी आवेदन माग गर्दै सूचना प्रकाशित गर्दछ । भाषा परीक्षाका लागी आवेदन दिने व्यक्तिहरुले २०० पुर्णाड०कको परिक्षा दिनु पर्ने हुन्छ । सो भाषा परिक्षामा सफल हुने व्यक्तिहरुले मात्र दक्षिण कोरीयामा ई पि एस अन्तर्गत रोजगारीको लागी रोजगार आवेदन पेश गर्न पाउने व्यवस्था छ । रोजगार आवेदन फारामका साथ पासपोर्ट, प्रहरी प्रतिवेदन र स्वास्थ्य प्रतिवेदन समेत संलग्न गर्नु पर्दछ । रित पुर्वक भरिएका रोजगार आवेदनहरुलाई मानव संशाधन विकास सेवा कोरीया(एच. आर. डि. कोरीया ) ले स्वीकृत गरी रोजगार चाहनेहरुको रोष्टरमा नाम समावेश गर्दछ र सोही रोष्टमध्ये रोजगारदाताको छनौटमा परी श्रम सम्झौता प्राप्त भएका व्यक्तिहरुले कोरीयामा रोजगार अवसर प्राप्त गर्दछन् ।