Logo

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको नमूना प्रश्न Set 1

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको नमूना प्रश्न Set 1
1 Users Already Enrolled This Exam Set.
580 0
Price: Rs. 0
Total MCQ Sets: 0
Total MCQ Questions: 0
Available Videos: 0
Available PDF : 0
Validity: 1 Year From The Date of Purchase
* Bookings Are Non-Refundable

अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक

परीक्षाको नमूना प्रश्न Set 1

 

समयः २ घण्टा ३० मिनेट                                           उत्तीणांडू: ४०                                            पूर्णाङ्क : १००

 

 

द्वितीय पत्र : समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन

 

निम्न प्रश्नहरुको उत्तर लेख्नुहोस् ।

 

खण्ड (A) (नेपालको सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था = 35 Marks

 

१.      तराई प्रदेशको विशेषताका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् । (५)

२.      नेपालको सबैभन्दा ठूलो तालको नाम र उक्त ताल रहेको स्थान उल्लेख गर्दै नेपालको आर्थिक विकासमा यहाँ रहेका तालतलैया के -कस्तो भूमिका निर्वाह गर्न सक्छन् ? उल्लेख गर्नुहोस् । (१+४)

३.      दक्ष जनशक्तिको परिचय दिँदै मुलुकको विकासमा यसको आवश्यकताबारे प्रश्ट पार्नुहोस् । (२+३)

४.     नेपालमा मानिने छठ पर्वको बारेमा उल्लेख गर्नुहोस् ।  (५)

५.     औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योगलाई कति प्रकारमा वर्गिकरण गरिएको छ ? उल्लेख गर्नुहोस् । (५)

६.     नेपालको जनगणनाको संक्षिप्त ईतिहास प्रस्तुत गर्दै राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्याको विशेषता उल्लेख गर्नुहोस् । (५+५= १०)

 

खण्ड (B) संवैधानिक व्यवस्था र सरकार = 35 Marks

 

७.     संविधान भनेको के हो ? असल संविधानका गुणहरु उल्लेख गर्नुहोस् । (२+३= ५ )

८.     संघीय र एकात्मक शासन प्रणालीबीचका मूलभूत भिन्नताहरु उल्लेख गर्नुहोस् । (५)

९.      नेपालमा नागरिक समाजका सवल र दुर्बल पक्षहरुबारे समीक्षा गर्नुहोस् । (५)

१०.    नजीर भनेको के हो ? न्यास सम्पादनमा नजीरको आवश्यकताबारे प्रष्ट पार्नुहोस् । (५)

११.    निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० मा महिलाका लागि भएका सकारात्मक विभेद सम्बन्धी व्यवस्थाको बारेमा उल्लेख गर्नुहोस् । (५)

१२.   सुशासनको परिचय दिँदै सुशासनको आधारभूत पक्ष र आवश्यकता उल्लेख गर्नुहोस् । (२+४+४=१०)

 

खण्ड (C) सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन 30 Marks

 

१३.    कार्यालयको आवश्यकाताबारे संक्षेपमा उल्लेख गर्नुहोस् । असल संचार प्रणालीका गुणहरुबारे चर्चा गर्नुहोस् । (२ + = ५)

१४.   नेपालका लेखापरीक्षणको सम्बन्धमा रहेका समस्याहरुबारे चर्चा गर्नुहोस् । (५)

१५.   निजामती सेवा ऐन, २०४९ अनुसार कुन अवस्थामा निजामती कर्मचारीलाई २ वर्षदेखि ५ वर्षसम्म बढुवा रोक्का गर्ने वा २ देखि ५ तलब रोक्का गर्ने सामान्य सजाय गर्न सकिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । (१०)

१६.   सार्वजनिक सेवा प्रवाह भन्नाले के बुझ्नुहुन्छ ? सार्वजनिक सेवाप्रवाहको क्रममा सेवाप्रदायकका अधिकार र दायित्वहरु उल्लेख गर्नुहोस् । (२+ =१० )